पाल्पाको रुप्सेमा बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा स्वास्थ्य चौकीको भवन तथा बर्थिङ सेन्टरको उद्घाटन भएको छ । स्वास्थ्यचौकीको एक कार्यक्रमका बीच पाल्पा क्षेत्र नं १ का सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा सांसद रानाले स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य संस्थाबाट सेवा लिन सेवाग्राहीसँग आग्रह गरे ।

करिब २ करोड ७ लाखको लगानीमा निर्मित भवनबाट गाउँपालिकाले बर्थिङ सेन्टरसहितको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । अध्यक्ष थापाले स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउने र सुत्केरी हुने महिलाका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप २ हजार ५ सय दिने गरेको जानकारी दिए ।
गाउँपालिकाका वडा नं. २ का अध्यक्ष जनक जिरेलले गरिब, असहाय र पिछडिएका क्षेत्रका व्यक्तिको स्वास्थ्योपचारका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

स्वास्थ्यचौकी नहँुदा गाउँवासी तानसेन नगरपालिकामा रहेको स्वास्थ्य संस्थामा जान बाध्य थिए । स्वास्थ्य चौकीमा सेवा सुरु भएसँगै मातृ र शिशु मृत्युदर कम हुने, शून्य होम डेलिभरीलाई सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर चिदीले बताए ।  कार्यक्रममा प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्य, रमा घर्ती, प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल र लुम्बिनी मेडिकल कलेजका कृष्ण पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय