रहेनन् डा.श्यामबहादुर पाण्डे

हेल्थपोस्ट
प्रकाशित
२०७५ कार्तिक २१ गते १२:०६

बरिष्ठ फिजिसियान डा.श्यामबहादुर पाण्डेको ७७ वर्षको उमेरमा मतिष्कघातबाट निधन भएको छ । ५४ वर्ष चिकित्सा सेवामा व्यातित गरेका डा.पाण्डे पछिल्लो समय बयोधा अस्पतालमा कार्यरत थिए ।

लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित उनलाई मतिष्कघातपछि बयोधा अस्पतालमै लगिएको थियो । मंगलबार राति उनको निधन भएको हो । २०२० देखि२०६९ सम्म नेपाली सेनामा चिकित्सकको रुपमा काम गरेका उनले अवकासपछिको समयमा बिएण्डबी, नर्भिक अस्पतालमा समेत काम गरेका थिए । रोयर फिजिसियानको रुपमा समेत उनले अढाई दशक काम गरेका थिए ।

चिकित्सा जीवनमा सैनीक चिकित्सकको रुपमा पछि पनि देशका विभिन्न ठाउँमा पुगेर सेवा दिएका उनी हिम्मतिला चिकित्सकको रुपमा चिनिन्थे । पाण्डेले १९९६३ लखनउ मेडिकल कलेज पटनाबाट एमबिबिएस गरेका थिए ।

मनमोहन कार्डियोथेरासिस तथा भ्यास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका उपप्रध्यापक डा. भगवान कोइरालाका अनुसार पाण्डे एक कुशल चिकित्सक मात्र नभएर उनको दख्खलता कार्डियोलोजीमा पनि थियो । उनी कार्डियोलोजीको रुपमाभन्दा जनरल फिजिसिनका रुपमा बढी परिचित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय