जाडो अर्थात् छालाको शत्रु समय

जाडो महिनाको सुरुवातसँगै हावामा जलवाष्प कम हुने तथा मौसम चिसो हुने भएकाले मानिसको छाला सुक्खा हुने समस्या बढी मात्रामा देखापर्छ । साथै, जाडोको समयमा बाथरोगसम्बन्धी समस्यासमेत देखापर्ने गर्छ । बाथरोगीले जाडोयाममा बिहानको समयमा पानी धेरै चलाएमा तथा पन्जाको प्रयोग नगरी स्कुटी, बाइक चलाएमा हातका औँला निलो हुने, दुख्ने घाउ आउनेजस्ता समस्या देखिन्छन् ।

बाथरोगीले जाडोमा चिसो पानी चलाउँदा पन्जा लगाउन तथा चिसोबाट बच्न अत्यावश्यक हुन्छ । बाथरोग नभएका पनि कतिपयलाई चिसो पानीमा बढी खेलेमा छालामा एलर्जी हुने गर्छ भने कसै–कसैमा औँलाहरू सुन्निने समस्या देखापर्छ । जाडोमा देखिने छालाको समस्याबाट बच्नका लागि मुख्यतः चिसोबाट बच्नु आवश्यक छ । गर्मीमा पसिना धेरै आउने तथा हावामा जलवाष्प बढी हुने भएकाले चिल्लोका कारण छालामा विभिन्न प्रकारका रोग देखापर्ने गर्छन् । तर, जाडोमा छालामा सुक्खापनका कारण विभिन्न समस्या आउँछन् । जाडोमा छाला फुस्रो हुने, बच्चा तथा उमेर ढल्किएकाहरूमा हड्डी दुख्नेलगायत समस्यासमेत देखापर्छन् ।

छालाको हेरचाह गर्ने निहुँमा धेरै मात्रामा चिल्लोपदार्थको प्रयोग गर्नु त्यति राम्रो होइन । अनुहारबाहेक शरीरका अन्य भागमा भने जाडोयाममा तेलको प्रयोग गर्नु राम्रो मानिन्छ । तेल छालाका लागि सस्तो तथा सर्वसुलभ औषधि हो ।जाडोयाममा कतिपयलाई घाममा बस्नाले अनुहारमा दाद, चाया पर्नेलगायत समस्या देखापर्ने गर्छन् ।

कतिपयमा छाला सुक्खा भएर माछाको कत्लाजस्तो आउने गर्छ । यस्ता समस्याबाट बच्नका लागि जाडोमा न्यानो लुगा लगाउनुका अतिरिक्त चिल्लोको मात्रा कम भएको लोसनको प्रयोग गर्न सकिन्छ । तर, छालाको हेरचाह गर्ने निहुँमा धेरै मात्रामा चिल्लोपदार्थको प्रयोग गर्नु त्यति राम्रो होइन । अनुहारबाहेक शरीरका अन्य भागमा भने जाडोयाममा तेलको प्रयोग गर्नु राम्रो मानिन्छ । तेल छालाका लागि सस्तो तथा सर्वसुलभ औषधि हो ।जाडोयाममा कतिपयलाई घाममा बस्नाले अनुहारमा दाद, चाया पर्नेलगायत समस्या देखापर्ने गर्छन् । यसबाट बच्नका लागि छालारोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

गर्मी सकिएर जाडो सुरु हुनेवेला अर्थात् असोज–कात्तिकको समयमा अर्को प्रमुख समस्याका रूपमा ठेउला पनि देखापर्ने गरेको पाइन्छ । यसका साथै छालामा अन्य भाइरल इन्फेक्सनहरू पनि देखिन सक्छन् । मौसम परिवर्तन हुने समयमा बढी मात्रामा छालामा समस्या देखिने भएकाले गर्मी सकिएर जाडो सुरु हुने तथा जाडो सकिएर गर्मी सुरु हुने समयमा छालाको सुरक्षामा विशेष सजगता अपनाउनुपर्छ । यसवेला भाइरसका कारण हुने छालाको इन्फेक्सनबाट बच्नु जरुरी छ ।

ठेउलाको मौसम सुरु भएको छ । जाडोयाममा बच्चालाई छालाको समस्याबाट जोगाउन नियमित तेल तथा मोइस्चराइजिङ क्रिम लगाइदिनु राम्रो मानिन्छ । छालाका लागि घिउ बनाउनुअघिको नौनीको प्रयोग अत्यन्त राम्रो मानिन्छ । यसको प्रयोगले छाला सुक्खा हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो सस्तो र भरपर्दो विकल्प हो ।

सामान्य मानिसले बिहानको कलिलो घाममा १ घण्टा बस्नु राम्रो मानिन्छ । दिउँसो १० बजेपछिको घाममा परावैजनी किरण बढी हुने भएकाले त्यसपश्चात्को घाममा बस्नु मानव शरीरका लागि राम्रो मानिँदैन । १० बजेपछिको घाममा बस्दा छालामा चाउरीपन बढी हुने, हात, गाला तथा शरीरका विभिन्न ठाउँका छालामा मुसाजस्तो कोठीहरू देखापर्ने गर्छ ।

जाडोमा बढी घाममा बस्नेहरूलाई विभिन्न प्रकारका एलर्जीले सताएको पनि पाइन्छ । कतिपयलाई जाडोमा लगाउने विभिन्न प्रकारका लुगाका कारण पनि एलर्जीे हुने गर्छ । ऊनको स्वेटर तथा कपडा, भुवादार ट्राउजर लगाउँदा पनि एलर्जी हुने गर्छ । यस्तो समस्या हुनेले कटन वा सुतीको भित्री वस्त्र लगाएर मात्रै बाहिर त्यस्ता कपडा लगाउनु राम्रो मानिन्छ ।

घाम मानव शरीरका एकातिर नभई नहुने औषधि हो भने अर्कोतिर विष । घामबाट प्राप्त हुने भिटामिन डीले शरीरका हड्डीहरू मजबुत बनाउँछ । क्याल्सियमले बच्चाको शारीरिक वृद्धि–विकासमा सहयोग पु-याउँछ । तर, घामबाट परावैजनी किरण बढी प्राप्त भएमा त्यसले मानव शरीरमा असर पुर्याउँछ । तसर्थ, घाम मानव शरीरलाई पर्याप्त मात्रामा चाहिन्छ, तर अत्यधिक भने होइन ।

सामान्य मानिसले बिहानको कलिलो घाममा १ घण्टा बस्नु राम्रो मानिन्छ । दिउँसो १० बजेपछिको घाममा परावैजनी किरण बढी हुने भएकाले त्यसपश्चात्को घाममा बस्नु मानव शरीरका लागि राम्रो मानिँदैन । १० बजेपछिको घाममा बस्दा छालामा चाउरीपन बढी हुने, हात, गाला तथा शरीरका विभिन्न ठाउँका छालामा मुसाजस्तो कोठीहरू देखापर्ने गर्छ । विशेषगरी गोरो मानिसलाई १० बजेपछिको घामको हानिकारक किरणका कारण छालाको क्यान्सरसमेत हुने गर्छ । गहुँगोरो छालामा भने घामका कारण हुने क्यान्सरको सम्भावना कम हुन्छ । नेपालमा जति पनि मानिसमा भिटामिन डीको परीक्षण गरिएको छ, सबैमा चाहिने लेभलभन्दा कम नै छ । नेपालीको घाममा बस्ने चलन कम हुँदै गएका कारण पनि यस्तो भएको हुन सक्छ ।

वीर अस्पतालमा कार्यरत डा.कायस्थसँग लक्ष्मी चौलागाईंले गरेकाे कुराकानीमा अाधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय