बाँझोपन : उपचार र रोकथाम

डा. नूतन शर्मा स्त्रीरोग विशेषज्ञ
प्रकाशित
२०७५ कार्तिक १४ गते १५:००

परिचय
सामान्यतया दम्पतीले एक वर्षसम्म परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ । बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्काेपटक बच्चा बसेको हुँदैन । कुनै बाँझोपन जन्मैदेखि हुन्छ भने कुनै पछि मात्र हुने गर्छ ।

जन्मैदेखि हुने (प्राइमरी) बाँझोपनमा पाठेघर नहुने, डिम्बाशयको विकास राम्रोसँग नहुने, पाठेघरको इन्फेक्सन भएर ट्युब ब्लक भएर हुने, उमेर कटेर डिम्बाशयमा अण्डा नै कम हुने तथा श्रीमान्को शुक्रकीट नै कम हुने अथवा शुक्रकीट नहुनेजस्ता कुराहरू पर्छन् ।

एउटा राम्रो बच्चा बस्नका लागि महिनावारीको बीचको समयमा अथवा महिनावारी भएको १४ देखि १८ दिनको बीचमा कुनै एउटा अण्डा बन्छ उक्त अण्डा डिम्बाशयबाट फुट्छ । फुटेको अण्डा ट्युबमा जान्छ र त्यहाँ बस्छ, त्यसै समयमा दम्पतीबीच शारीरिक सम्बन्ध हुन्छ भने ट्युबमा शुक्रकीट र अण्डको मिलन हुन्छ र बच्चा बन्छ । उक्त बच्चा करिब ४ देखि ५ दिनको समयान्तरमा पाठेघरमा आएर बस्छ ।

पाठेघरमा विभिन्न प्रकारका संक्रमण भएर अथवा ट्युब बन्द भएर बच्चा भएन अथवा दोस्रो बच्चा जन्माउने वेला उमेर ३५ वर्ष नाघिसक्यो अथवा डिम्बको उत्पादन नै बन्द भइसक्यो अथवा श्रीमान्लाई लागेको कुनै रोगका कारण उसको प्रजनन क्षमतामा कमी आयो भने सेकेन्डरी बाँझोपनको समस्या आउन सक्छ । पाठेघरमा मासु पलाएको खण्डमा पनि बच्चा बस्न गाह्रो हुन्छ । साथै, पहिलो र दोस्रो बच्चाको जन्मान्तर धेरै राखेमा पनि सेकेन्डरी बाँझोपनको अवस्था आउन सक्छ ।

उपचार विधि
बाँझोपन एक रोग नभई लक्षण मात्रै हो । बाँझोपनको समस्या लिएर स्त्रीरोग विशेषज्ञका आउने दम्पतीमा बाँझोपन डाइनोक्स गरिन्छ । यस्तो गर्ने समयमा कार्यतालिका परीक्षण गरिन्छ । एउटा राम्रो बच्चा बस्नका लागि महिनावारीको बीचको समयमा अथवा महिनावारी भएको १४ देखि १८ दिनको बीचमा कुनै एउटा अण्डा बन्छ उक्त अण्डा डिम्बाशयबाट फुट्छ । फुटेको अण्डा ट्युबमा जान्छ र त्यहाँ बस्छ, त्यसै समयमा दम्पतीबीच शारीरिक सम्बन्ध हुन्छ भने ट्युबमा शुक्रकीट र अण्डको मिलन हुन्छ र बच्चा बन्छ । उक्त बच्चा करिब ४ देखि ५ दिनको समयान्तरमा पाठेघरमा आएर बस्छ । यो प्रजननको सामान्य प्रक्रिया हो । यदि डिम्बाशयमा अण्डा कम छ तथा डिम्बाशयमा कुनै पनि रोग छ भने बच्चा बस्दैन । साथै, ट्युब ब्लक भएको छ भने पनि बच्चा बस्दैन । पाठेघरमा फ्याबरोइट अथवा मासु पलाएको छ भने पनि बच्चा बस्दैन । कुनै पनि मानिसलाई थाइराइटको समस्या छ भने पनि बच्चा बस्दैन । स्त्रीरोग विशेषज्ञको परामर्शमा विभिन्न परीक्षण गरेपश्चात् तथा एक विशेष टेस्ट इएमएचको परीक्षण गरेपश्चात् सम्पूर्ण कुरा पत्ता लाग्छ ।

कुनै पनि दम्पतीमा शारीरिक सम्बन्धका लागि उपयुक्त समय नमिलेर बच्चा नभएको हुन सक्छ । कतिपय अवस्थामा थुप्रै अण्डा हुँदाहुँदै पनि अण्डा नबनेको कारण बच्चा हुँदैन । त्यस्तो अवस्थामा बिरामीको तौल अस्वाभाविक बढ्ने तथा कपाल छिटो–छिटो बढ्नेलगायत समस्या देखापर्ने गर्छन् । यस्तो अवस्थामा चिकित्सकले अण्डा बनाउनका लागि उपचार गर्ने गर्छन् ।

इएमएच परीक्षणले डिम्बाशयमा कति अण्डा छ तथा महिलामा गर्भाधारणको क्षमता कति छ भनी पत्ता लाग्छ । कुनै महिलामा कमै उमेरमा पनि डिम्बाशय छिटै सुक्छ, जसले अण्डा उत्पादन हुन सक्दैन । अण्डा उत्पादनलाई बढाउन मिल्दैन । कुनै पनि स्त्रीमा जन्मैदेखि सीमित मात्रामा अण्डा उत्पादन हुन्छ । उक्त अण्डा कसैको छिटो नै सकिन्छ भने कसैको ढिलो सकिन्छ । कसैको अण्डा ४५ वर्षसम्म पनि रहन्छ भने कसैको ३५ वर्ष नपुग्दै बन्द हुन सक्छ ।

कसैको पाठेघरमा फोहोर पानी बग्ने समस्या थियो र त्यसको उपचार नभएर तथा विभिन्न प्रजननरोगको उपचार नभएर पनि अण्डा उत्पादनमा कमी आउने गर्छ । अल्ट्रासाउन्ड गरेर पाठेघरमा के–कस्ता समस्या छन् पत्ता लगाउन सकिन्छ । श्रीमान्को शुक्रकीट परीक्षण गरेर पनि कतिपय कुरा थाहा पाउन सकिन्छ । साथै, हर्माेन परीक्षण गरेपछि मात्रै हामी एउटा निष्कर्षमा आउने गर्छौं । त्यसपश्चात् मात्रै बिरामीको कहाँ गडबडी छ भन्ने पत्ता लाग्छ ।

कुनै पनि दम्पतीमा शारीरिक सम्बन्धका लागि उपयुक्त समय नमिलेर बच्चा नभएको हुन सक्छ । कतिपय अवस्थामा थुप्रै अण्डा हुँदाहुँदै पनि अण्डा नबनेको कारण बच्चा हुँदैन । त्यस्तो अवस्थामा बिरामीको तौल अस्वाभाविक बढ्ने तथा कपाल छिटो–छिटो बढ्नेलगायत समस्या देखापर्ने गर्छन् । यस्तो अवस्थामा चिकित्सकले अण्डा बनाउनका लागि उपचार गर्ने गर्छन् ।

कतिपय बिरामीलाई यस उपचार विधिले पनि काम नगर्ने हुन्छ । जस्तै, दुईवटा ट्युब ब्लक छ भने बच्चा बस्न सक्दैन । त्यसैगरी, महिलाको पाठेघरमा अण्डा नै छैन भने पनि बच्चा बस्न सक्दैन । शुक्रकीटको मात्रा नै छैन वा एकदमै कम छ भने पनि बच्चा बस्न सक्दैन ।

यस्तो समस्यामा हामीले उपचारका क्रममा अण्डा दिने गर्छौं । यस्ता समस्या भएका बिरामीले खानाको मात्रा घटाउनुपर्ने हुन्छ । कुन कारणले बाँझोपनको समस्या आएको हो, त्यसैको उपचार गर्दा बच्चा हुन्छ । त्यसैगरी महिनावारीको दुई दिनमा एउटा अल्ट्रासाउन्ड गरेर डिम्बाशय ठिक छ कि छैन भनी पत्ता लगाइन्छ । त्यसैगरी महिनावारी भएको ७ अथवा ८ दिनदेखि डिम्बाशयको अल्ट्रासाउन्ड गर्दै गएर अण्डा कति बढ्दै गयो भनी पत्ता लगाउन सकिन्छ । उक्त समयमा अण्डा फुट्ने सुई दिने, सोही समयमै शारीरिक सम्बन्ध राख्न लगाएमा यस्तो प्रकारको बाँझोपनको समस्या हल हुन सक्छ । यो उपचार विधिले ४ महिनासम्म पनि गर्भ रहेन भने हामीले आइयुआई गर्छौं । जस्तै, कसैको श्रीमान्मा शुक्रकीटको मात्रा कम छ भने त्यस्तो अवस्थामा उनीहरूले शारीरिक सम्बन्ध राख्नुको विकल्पमा हामीले जुन दिन अण्डा फुट्ने सुई दिन्छौँ । त्यसपश्चात् बिरामीको श्रीमान्को शुक्रकीट लिएर वास गरेर राम्रो शुक्रकीट मात्र छानेर पाठेघरमा हालिदिने गर्छौं ।

कतिपय बिरामीलाई यस उपचार विधिले पनि काम नगर्ने हुन्छ । जस्तै, दुईवटा ट्युब ब्लक छ भने बच्चा बस्न सक्दैन । त्यसैगरी, महिलाको पाठेघरमा अण्डा नै छैन भने पनि बच्चा बस्न सक्दैन । शुक्रकीटको मात्रा नै छैन वा एकदमै कम छ भने पनि बच्चा बस्न सक्दैन । कतिपय बिरामीलाई आइयुआईले पनि हुँदैन भने कतिपयलाई आइभिएफ नै चाहिने पनि हुन्छ । आइभिएफमा उसको ट्युब ब्लक भएको छ भने सुई दिएर ८ देखि १० वटा अण्डा बनाएर बिरामीलाई बेहोस बनाएर तथा सबै अण्डा निकालेर श्रीमान्को शुक्रकीट लिएर बच्चा बनाएर इन्क्युबेटरमा ३ दिन बढाएर राम्रो बच्चा छानेर पाठेघरमा हाल्ने गरिन्छ । यो आइभिएफ हो । यो टेस्टट्युब बेबी हो । यो प्रविधि बढी सफल छ । यदि कसैमा शुक्रकीटको मात्रा एकदमै कम छ भने इक्सी प्रविधिबाट पनि बच्चा जन्माउन सकिन्छ । टेस्टट्युब बेबी पनि शतप्रतिशत सफल भने हुन्न । यो ४० देखि ५० प्रतिशत मात्रै सफल हुने गर्छ । यदि १० जनाले गरेमा ४–५ जनामा मात्रै सफल हुन्छन् ।

बाँझोपन रोकथामका उपाय
बाँझोपनका कारण मानिसमा आर्थिक, सामाजिक, मनोवैज्ञानिकलागायत विभिन्न समस्या आउने भएकाले यसको रोकथाम एकदमै महत्वपूर्ण मानिन्छ ।
– उपयुक्त समयमा विवाह गर्ने ।
महिलाले २२ देखि २९ वर्ष उमेरभित्रै बिहे गरेर बच्चा पाउनु राम्रो मानिन्छ ।
– प्रजनन अंगहरूमा विभिन्न संक्रमण भएमा समयमै उपचार गराउनुपर्छ ।
– असुरक्षित गर्भपतन नगराउने ।
– समयमै बच्चा जन्माउने योजना बनाउने ।
– परिवारनियोजनका साधनहरूमध्ये कन्डमको प्रयोग गर्ने ।

One thought on “बाँझोपन : उपचार र रोकथाम

  1. Mero bibaha vayako 6 years vayo kunai pani sadhan use gareko pani 6ina Bach ha vako 6ina upachar garauda sabai thakai 6 van6 mahinayari regular 6ina k garni hola

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय