आत्मबलले तानेको प्रधानमन्त्रीको स्वास्थ्य

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष स्वास्थ्य अवस्था (मिर्गौला प्रत्यारोपण) अनुसार सकेसम्म भिडभाडबाट टाढै बस्नुपर्छ । भिडभाडमा जानैपरेको अवस्थामा मास्क लगाउनुका साथै खानपान, निद्रा वा प्रर्याप्त आरामजस्ता कुरामा पनि उत्तिकै ध्यान पुर्याउनु आवश्यक छ । तर, प्रधानमन्त्रीको सक्रिय व्यवहार र दैनिकीले नै उनको स्वास्थ्यमा जोखिम थपिरहेको छ । तर, उनको बोली, व्यवहार र सक्रियतामा त्यसको छनक कतै भेटिन्न ।

रुघाखोकीबाट सुरु भएको श्वासमार्गको संक्रमणले श्वासप्रश्वासमा समस्या देखिएको थियो । यो समस्या हल गर्न दिइएको दमको औषधिले सुगर २०० भन्दा बढी पुगेको थियो । ‘दम निको पार्न स्टेरोइड दिनुप-यो, सुगर बढेपछि संक्रमणको जोखिम भयो, अनि अस्पताल भर्ना गरिएको हो,’ उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन् ।

चिकित्सकहरूले भने पछिल्लो दिनमा स्वास्थ्य राम्रो भएकै कारण पनि ओलीको आत्मबल बढेको दाबी गर्ने गरेका छन् । ओलीको स्वास्थ्यअवस्थाका आधारमा कम्तीमा ८ घण्टा निद्रासहित १८ घण्टा आराम चाहिने हो । तर, उनको सक्रियता ठिक उल्टो छ ।
पछिल्लो समय उनी मौसमी रुघाखोकी र श्वासप्रश्वास मार्गमा संक्रमणपछि मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । यसअघि ओलीलाई चिकित्सकले प्रर्याप्त आराम गर्न सुझाब दिए पनि उनी मन्त्रिपरिषद् बैठक, परराष्ट्रसम्बन्धी डेलिगेसन टोलीसँग लामो छलफल गरेका थिए ।
रुघाखोकीबाट सुरु भएको श्वासमार्गको संक्रमणले श्वासप्रश्वासमा समस्या देखिएको थियो । यो समस्या हल गर्न दिइएको दमको औषधिले सुगर २०० भन्दा बढी पुगेको थियो । ‘दम निको पार्न स्टेरोइड दिनुप-यो, सुगर बढेपछि संक्रमणको जोखिम भयो, अनि अस्पताल भर्ना गरिएको हो,’ उपचारमा संलग्न डा. दिव्यासिंह शाहले भनिन् ।

पछिल्लो संक्रमणलाई पनि चिकित्सकले विशेष अवस्थाको व्यक्तिले स्वास्थ्यमा अपनाउनुपर्ने सावधानीको अभावको परिणाम भएको बताएका छन् । ‘प्रत्यारोपण गरेका मानिस स्पेसल पपुलेसन हुन्, तर प्रधानमन्त्रीको दैनिक सक्रियता हेर्दा कतै पनि त्यस्तो पाइँदैन,’ चिकित्सकहरू बताउँछन् । उपचारमा संलग्न अधिकांश चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा ओलीमा रहेको आत्मबलले स्वास्थ्य सन्तुलन कायम गर्न निकै सहयोग गरेको बताए । ‘राति ११÷१२ बजेसम्म काम गर्नुहुन्छ, भेटघाट, भाषण, छलफलमा दिनभर सक्रिय हुनुहुन्छ’ एक चिकित्सकले भने, ‘उहाँको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधि र उमेर हेर्दा त्यो विशेष नै हो’ ।

६७ वर्षे ओली अहिले नियमित रूपमा ६ प्रकारका औषधि सेवन गर्छन् । मधुमेह, उच्चरक्तचापदेखि मिर्गौला प्रत्यारोपण गरेको बिरामीले खानैपर्ने ‘इम्युनोसप्रेसन’देखि शक्तिवर्धक स्टेरोइटसमेत सेवन गर्नुपर्छ ।

सामान्यतः अंग प्रत्यारोपण गरेको व्यक्तिले लिएको अंग शरीरले सधैँ ‘रिजेक्ट’ गर्न खोज्छ । त्यो रिजेक्सन रोक्न इम्युनोसप्रेसन सेवन गर्नुपर्छ । शरीरमा बढी रोगप्रतिरोधात्मक क्षमता हुँदा पनि शरीरले प्रत्यारोपण गरिएको अंग रिजेक्सन गर्ने र प्रतिरोधात्मक क्षमता कम हुँदा पनि कडाखालका संक्रमणको त्रास हुन्छ ।

सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीमा २०१४ देखि नै हातमा फंगल्स इन्फेक्सन देखिएको थियो । कडा इन्फेक्सनको उपचार ७ महिनासम्म नियमित ‘ड्रेसिङ’ र एन्टिबायोटिक्स सेवनपछि सफल भएको थियो ।

बारम्बार संक्रमण हुनु, सुगर, मेनेन्जाइटिस सबै यही प्रतिरोधात्मक क्षमता कम हुँदाको असर भएको चिकित्सकहरू बताउँछन् । लामो समयसम्म स्टेरोइड सेवनले पनि हड्डी कमजोर हुने समस्या अस्टिअपरोसी, आँखाको दृष्टिमा समस्या, प्रतिरोधात्मक क्षमता कम भएर कडा संक्रमणको समेत जोखिम हुन्छ ।

सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीमा २०१४ देखि नै हातमा फंगल्स इन्फेक्सन देखिएको थियो । कडा इन्फेक्सनको उपचार ७ महिनासम्म नियमित ‘ड्रेसिङ’ र एन्टिबायोटिक्स सेवनपछि सफल भएको थियो ।
आरामको कमीबाहेक खानपानमा ओली एकदमै अनुशासित छन् । सकेसम्म ब्रेकफास्ट, लन्च र डिनरसमेत घरैमा गर्न रुचाउँछन् । कहिलेकाहीँ अण्डा खाए पनि मासुमा खासै मन गर्दैनन् उनी । ‘खाने बानी ठिक छ, प्रर्याप्त आराम र भिडभाड, भेटघाट घटाउन सकिएको छैन,’ ती चिकित्सकले भने, ‘भेट र समस्या सुनाउन आउनेले भन्दा बढी उहाँ नै बोल्नुपर्छ, नर्मल मान्छे नै थाक्छ, उनको ज्यानले त धन्न धानेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय