आइसियूबाहिर ५ रुपैयाँ

डा. शम्भु खनाल रेजिडेन्ट डाक्टर इन्टर्नल मेडिसिन, त्रिवि शिक्षण अस्पताल
प्रकाशित
२०७५ कार्तिक ९ गते १६:१३

केही मलिन अनुहारहरू एउटा आइसियूकक्षबाहिर प्रतीक्षामा छन्, आफन्तको प्रतीक्षामा, कहिले निको भएर पुनः भेट्न पाइन्छ भन्ने आशमा । वेला–वेला माइकिङबाट आवाज आउँछ, ‘फलानोको मान्छे सम्पर्क राख्नू !’ सबैजना सतर्क हुन्छन् । कान तिखा हुन्छन् केही क्षण । आफ्नो बिरामीको अपडेटका लागि बोलाएको हो कि भनेर । भित्र जटिल रोगसँग लडिरहेका छन् ती सबै मलिन व्यक्तिका जीवनका आत्मीय पात्रहरू । कोही मृत्युसँग लडिरहेका छन्, कोही सुधारको क्रममा । सबैका मनमा भय छ, स्वजनलाई फर्काएर लैजान पाइने होइन कि भनेर । आशा पनि छ, सघन उपचारको । सबै बिरामीका मुटुका गतिविधि मनिटरमा प्रकाशित हुन्छन् । ती मनिटरका कर्कस आवाज पनि सुनिन्छन् । ती कर्कस आवाज बेडमा सुतिरहेका बिरामीको आर्तनादजस्तो प्रतीत हुन्छन् वेला–वेला ।

त्यो पैसाको कुटुरोमा निरीहता झल्किन्छ, गरिबीको कथा भेटिन्छ । जीवनका भोगाइ अनुमान लगाउन सकिन्छ । पैसा नहुँदाको दारुण अवस्था देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘देशको अवस्था’ बुझिन्छ । ती बुबाले पुराना ५ रुपैयाँका नोट गनिराखेकै समयमा तारे होटेलमा कति राष्ट्रको ढुकुटीबाट फजुल खर्च भएका होलान् । कतै बिटोका बिटो पैसा टेबुलमुनिबाट आदनप्रदान भइरहेको होला । कमिसन बाँडिँदै होला । अडिटका नाममा पर्सेन्ट छुट्याइँदै होला । पर्सेन्ट नछुट्टिए बेरुजु हुने गज्जबको चलन ! त्यसको भुक्तभोगी म ।

त्यही प्रतीक्षारत व्यक्तिका माझ एक अन्दाजी ६० वर्षका नमिलेको ढाकाटोपी, मैलो कमिज, रङ उडेको पाइन्ट र पुरानो कोट लगाएका वृद्ध छन् । चाउरी परेको अनुहारमा खोप्ल्टा परेका गाला छन् । दुब्लो ज्यानमा हातखुट्टाका नसा गज्जबसँग देखिन्छन् । इस्टकोट पनि लगाएका छन्, धेरै पुरानो हुनुपर्छ, दुई ठाउँ टालेको । गोल्डस्टारको जीर्ण जुत्ताले अगाडि भागमा मुख खोलेजस्तो देखिन्छ । हाँसेको हो कि रोएको, पत्तै नपाइने ।

ती बुबाको अनुहार मलिन छ, सबैभन्दा निराश । यत्रो अस्पतालमा के–कता भनेर थाहा पाउँदैनन् । एउटै काम फत्ते गर्न धेरै समय बिताउँछन् । धेरै टाढाबाट आफ्नी छोरी बिरामी भएर ल्याएका छन् । छोरीलाई एक्कासि खुट्टा र हात चलाउन गाह्रो भएको थियो । कमजोरी भएको थियो र बिस्तारै बढ्दै गएर घाँटी उठाउन पनि नसक्ने भएकी छिन् । श्वास फेर्नै कठिनाइ हुँदै थियो । रोगको प्रकृतिले गर्दा एउटा महँगो औषधि चलाउनुपर्ने भएको छ ।

‘बुबा ! छोरीको अवस्थाले गर्दा एउटा औषधि चलाउनुपर्ने देखिन्छ । अलि महँगो पर्छ । जतिसक्दो छिटो चलाउन सके ज्यान बचाउन सकिन्छ । के गर्ने बुबा, आशा त्यही ओक्तोमा छ । ………’ म मन गह्रौँ बनाउँदै भन्छु । उनको अवस्था हेरेर त्यो उपाय होला भन्ने कुरामा सन्देह छ मेरो मनमा । मिल्नेसम्म अस्पतालबाट छुट मिलाइसकिएको थियो । बाँकी मेरो हातमा केही थिएन । सबै कुरा भनेर म भित्र जान्छु ।

केही समयमा खाजा खानुपर्ला भनेर निस्किन्छु । आइसियूबाहिर तिनै बुबा एउटा कुनामा बसेका रहेछन् । उनी गन्दै थिए, आफ्नो भित्री खल्तीबाट कुटुरो निकाली । त्यो कुटुरोको सहारामा उनी आएका थिए काठमाडौंसम्म । म एक क्षण अडिन्छु । ५ रुपैयाँको नोट गन्दै छन् । त्यो सानो मुठो पैसामा ५ रुपैयाँका नोट धेरै छन् । त्यो दृश्य देखेर मेरा मनमा प्रश्नहरूको ट्राफिक जाम हुन्छ । हजारौँ खर्च हुने आइसियूबाहिर त्यो सानो कुटुरो पैसाको के दम ! भर्खर भुड्की फोरेर निकालेजस्तो लाग्ने । राष्ट्रबैंकको भुड्की भए केही हुन्थ्यो होला ।

त्यो पैसाको कुटुरोमा निरीहता झल्किन्छ, गरिबीको कथा भेटिन्छ । जीवनका भोगाइ अनुमान लगाउन सकिन्छ । पैसा नहुँदाको दारुण अवस्था देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा ‘देशको अवस्था’ बुझिन्छ । ती बुबाले पुराना ५ रुपैयाँका नोट गनिराखेकै समयमा तारे होटेलमा कति राष्ट्रको ढुकुटीबाट फजुल खर्च भएका होलान् । कतै बिटोका बिटो पैसा टेबुलमुनिबाट आदनप्रदान भइरहेको होला । कमिसन बाँडिँदै होला । अडिटका नाममा पर्सेन्ट छुट्याइँदै होला । पर्सेन्ट नछुट्टिए बेरुजु हुने गज्जबको चलन ! त्यसको भुक्तभोगी म ।

बिरामीका आफन्तको आफ्नै कथा छ । अचकल्टो निद्रा उनीहरूको पनि हुन्छ । घरजस्तो चयन त के नै होला र ! उनीहरू पनि ड्युटीमै छन् । ड्युटी चलेकै छ सबैको । यस्तो प्रतीत हुन्छ, हस्पिटल भनेको ड्युटीको घर, नामकरण पनि ड्युटीघर गर्नुपर्ला ।

स्वास्थ्य सेवामा ब्रह्मलुट भनेर कथा बनाउन सजिलो छ । ती बुबाको अवस्थालाई समाचार बनाउन सजिलो छ । उपचारलाई सहज बनाउन कहाँबाट पहल हुनुपर्ने हो, मैले बुझेको छैन । अहिलेको अवस्था हेर्दा स्वास्थ्य क्षेत्रलाई सकेसम्म पेलेर लगे सहज हुनेजस्तो देखिन्छ, सबैको बुझाइमा । कानुनले पेलेर स्वास्थ्यमा कार्यरत सबैलाई वकिल भएर काम गर्ने वातावरण बन्दै छ । कहाँ, के गर्दा कानुनबाट बाँचिन्छ भन्ने ध्याउन्न । प्रेरणाभन्दा दिक्दारीपन बढी ।

हरेक बेडमा तन्ना फेरिन्छन् । दिसा–पिसाब व्यवस्थापन गरिन्छ । बिरामीका कपडा फेरिन्छन् । शरीर सफा गरिन्छ पुछेर । कपाल कोरिन्छ । हरेक समयमा कोही न कोहीका आँखा मनिटरमा परिरहन्छन्, कतै सीधा धर्को देखाउने त होइन भनेर । जानेबुझेसम्म औषधि मिलाइन्छ । सबैको व्यस्तता छ, कोही खाली बसेको देखिन्न । आ–आफ्ना काममा सबै व्यस्त । कोही न कोही सदा खटिएकै छ । त्यसैले त यो चलेको छ । तर पनि अझै पेल्नुपर्छ यी डाक्टरजतिलाई !

सबैका आफ्नै समस्या, आफ्नै कर्तव्य, आफ्नै कथा । प्रत्येक व्यक्ति एउटा सिंगो उपन्यास । तर, त्यो ५ रुपैयाँ नोटको कथाव्यथा कसले बुझ्ने ? के राष्ट्रले निःशुल्क उपचार गराउने क्षमता राख्छ त ? हरेक कुरामा शुल्क अवश्य लाग्छ, निःशुल्क भन्ने हुँदैन, एउटा खाडल पुर्न अर्को खाडल बनेजस्तै हो ।

बिरामीका आफन्तको आफ्नै कथा छ । अचकल्टो निद्रा उनीहरूको पनि हुन्छ । घरजस्तो चयन त के नै होला र ! उनीहरू पनि ड्युटीमै छन् । ड्युटी चलेकै छ सबैको । यस्तो प्रतीत हुन्छ, हस्पिटल भनेको ड्युटीको घर, नामकरण पनि ड्युटीघर गर्नुपर्ला ।

सबैका आफ्नै समस्या, आफ्नै कर्तव्य, आफ्नै कथा । प्रत्येक व्यक्ति एउटा सिंगो उपन्यास । तर, त्यो ५ रुपैयाँ नोटको कथाव्यथा कसले बुझ्ने ? के राष्ट्रले निःशुल्क उपचार गराउने क्षमता राख्छ त ? हरेक कुरामा शुल्क अवश्य लाग्छ, निःशुल्क भन्ने हुँदैन, एउटा खाडल पुर्न अर्को खाडल बनेजस्तै हो । त्यही पनि निःशुल्क शब्दको लोकप्रियता कहिल्यै छाड्ने भएन नेतागणले, व्यवस्थापनको मात्र खाँचो हो । सिफारिस भएपछि सबैलाई ‘विपन्नको’ सुविधा हुने देश हो । रोग लागेपछि सिफारिस भइहाल्यो । डाक्टरलाई मात्र पेलेर त्यो ५ रुपैयाँको कथाको समाधान हुँदैन । त्यस्ता कथा हामी दिनहुँ देख्छौँ, भोग्छौँ । तर, ती विवशताका कथाहरू धेरै यतै ओझेल भएर जान्छन् ।

पावरमा भएकालाई लोकप्रियताका लागि स्टन्ट गरे भोटको खेती भयो नै, हेर्दा, सुन्दा आकर्षक बाली । तर, बिउ भने मक्किएको । राम्रो बलियो सिस्टमको बिउ रोप्ने कि सपना बाँडेरै, डाक्टरलाई कुण्ठित पारेरै स्वास्थ्य सेवा चलाउने ? जिम्मा सबै पावरमा भएका मान्यजनहरूलाई । आफूलाई त फेरि अर्को ५ रुपैयाँको कथा हेर्नु नै छ, हरेक दिन ।

3 thoughts on “आइसियूबाहिर ५ रुपैयाँ

  1. टाढा बाट उपचार गर्न आउदा बिरामि आफन्तको यात्रा र बस्न खान मै अनावश्यक खर्च हुन्छ त्यसैले स्थानिय स्तर मै सघन उपचार सहितको स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व हो। यदि सरकारले साच्चै चाहने हो भने हरेक तहमा पुर्ण निशुल्क स्वास्थ्य सेवा दिन धेरै गार्हो छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय