मिर्गौला प्रत्यारोपणमा नेपाल पछाडि छैन

नेपालमा पिसाबसम्बन्धी कस्ता रोग बढी भेटिने गरेका छन् ?
मिर्गौलासम्बन्धी चिकित्सकहरू विशेषगरी दुई प्रकारका हुन्छन्– एउटा नेफ्रोलोजिस्ट, अर्काे युरोलोजिस्ट । उपचार प्रक्रियाका मूत्रनली, पिसाबथैलीलगायत एउटै अंगको भए पनि नेफ्रोलोजीले विशेषगरी मिर्गौला फेललगायत अन्य औषधिबाट उपचार हुने रोग हेर्ने गर्छ भने युरोलोजीले त्यससम्बन्धी शल्यक्रियाका उपचारहरू गर्ने गर्छ । युरोलोजी भनेको मूत्रनली तथा मिर्गौलासम्बन्धी शल्यचिकित्सा विधा हो ।
मिर्गौलारोग, पत्थरीसम्बन्धी क्यान्सरलगायत बिरामीसमेत युरोलोजीले हेर्ने गरेको छ । त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागमा दैनिक करिब २ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

हामीले अपनाएका सानातिना अस्वस्थकर जीवनशैलीका कारण पनि हामी यस्ता रोगको सिकार हुने गरेका हौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसले रोकथामको उपायमा भन्दा पनि उपचारमा बढी महत्व दिएजस्तो मलाई लाग्छ ।

हामीले सामान्य युरोलोजी सेवा नै प्रदान गरिरहेका छौँ । यसका लागि विशिष्टीकृत सेवा भने छैन । नेपालको तराई क्षेत्रमा पत्थरीसम्बन्धी रोगहरू बढी हुने गर्छन् । मौसमका कारणले पनि यस्तो भएको हो । हामीकहाँ आउने धेरै बिरामी मिर्गौला, पिसाबथैलीमा वा पिसाबनलीमा पत्थरी भएका हुन्छन् । त्यसपश्चात् पिसाबको संक्रमण भएर आउने बिरामीको संख्या अत्यधिक छ । पिसाब संक्रमणको समस्या भएका भर्खरै जन्मिएका बच्चादेखि, नवविवाहित तथा बूढाबूढी उपचारका लागि आउने गरेका छन् । तेस्रो भनेको पिसाबसम्बन्धी मिर्गौला, युरेटर, प्रोस्टेटलगायत क्यान्सर भएका बिरामीसमेत हामीकहाँ आउने गरेका छन् । वर्तमान समयमा यिनै तीन रोगका बिरामी यहाँ आउने गरेका छन् ।

उपचारका क्रममा सामान्य चेकजाँच र औषधिले निको हुने अवस्था र सर्जरीमा जानुपर्ने अवस्था कुन–कुन हुन् ?
बिरामीले चिकित्सकलाई भेटेर रोगबारे जानकारी दिनु आवश्यक हुन्छ । सबैभन्दा पहिले संक्रमण हुनुको कारण पत्ता लगाउनु अत्यावश्यक मानिन्छ । होइन भने केही समय औषधि खाएर निको भए पनि फेरि उक्त रोगले दुःख दिन सक्छ, जुन प्रायः बच्चामा हुने गर्छ । त्यसका लागि युरोलोजिस्टको सल्लाहमा काम गर्नुपर्ने हुन्छ ।

नेपालमा युरोलोजीमा देखिएका समस्याहरू के–के छन् ?
नेपालमा युरोलोजीमा देखिएका विभिन्न समस्यामध्ये पिसाबमा हुने संक्रमण एक हो । यसबारे सा–साना कुरामा समेत जनचेतनाको अभाव हुँदा मानिस रोगको सिकार हुने गरेका हुन् ।
हामीले अपनाएका सानातिना अस्वस्थकर जीवनशैलीका कारण पनि हामी यस्ता रोगको सिकार हुने गरेका हौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा मानिसले रोकथामको उपायमा भन्दा पनि उपचारमा बढी महत्व दिएजस्तो मलाई लाग्छ । नेपालका विभिन्न अस्पतालमा पछिल्लो समय युरोलोजीका बिरामीको संख्या धेरै नै बढेको छ ।

यहाँ आउने बिरामीले पाउने सेवा र विदेशमा गएर उपचार गराउनेले पाउने सेवामा कुनै पनि फरक छैन । आवश्यकताअनुसार सबै बिरामीलाई सेवा दिन नसके पनि प्रविधिको हिसाबमा हामीसँग सबैखाले प्रविधि उपलब्ध छन् ।

नेपालमा सर्जरीका लागि के–कस्ता प्रविधिको विकास भएका छन् ?
सबैभन्दा पहिलो जानुपर्ने कुरा नै यही हो । पछिल्ला १०–१५ वर्षमा नेपालमा सर्जरीको विकास द्रुत गतिमा भएको छ । ल्याब्रस्कोपिक सर्जरी, मिनिमल्ली इनभेजिब सर्जरी, जसमा पिसाबनलीको मुखबाट वा बाटोबाट गएर मिर्गौलाको पत्थरलाई धुलो बनाउने गरिन्छ । त्रिवि शिक्षण अस्पतालमा हामीले धेरै कोसिस गरेर एउटा ‘स्टेट अफ द आर्ट’को विकास गर्नुपर्छ भन्ने अवधारणामा अस्पताल र हाम्रो टिम रहेको छ । चाहे सिंगापुरमा भएका प्रविधि होऊन्, चाहे जर्मनीमा बनेका होऊन्, यस अस्पतालमा पछिल्ला २ वर्षमा सबैखाले प्रविधि उपलब्ध छन् ।
त्यसकारण अहिले पहिलेजस्तो सबै सर्जरी बिरामीलाई चिरेर नै गर्नुपर्छ भन्ने पनि अनिवार्य छैन । पहिले–पहिले म आफैँले पनि, सर्जरी अभ्यासका क्रममा प्रोस्टेटको सर्जरी, मिर्गौलाको पत्थरीको सर्जरीलगायत सबै सर्जरी चिरेर गर्ने गरिन्थ्यो । अहिले भएको प्राविधिक विकासले कतिपय सर्जरीका क्रममा चिर्नुनपर्ने बनाइदिएको छ । अहिले हामीसँग युरोलोजीका लागि सम्पूर्ण प्रविधि उपलब्ध छन् । जस्तै, पेटका लागि टिओआरपी प्रविधि, लेजर प्रविधि छन् ।

बिरामीको अत्यधिक चापका कारण सरकारी अस्पतालमा छिटो उपचार सेवा दिन सकिएको छैन । बिरामीले पाउने उपचार सेवाका हिसाबले सरकारी तथा निजी अस्पतालमा कुनै फरक छैन ।

यहाँ आउने बिरामीले पाउने सेवा र विदेशमा गएर उपचार गराउनेले पाउने सेवामा कुनै पनि फरक छैन । आवश्यकताअनुसार सबै बिरामीलाई सेवा दिन नसके पनि प्रविधिको हिसाबमा हामीसँग सबैखाले प्रविधि उपलब्ध छन् ।
हामीले यहाँ हप्तामा दुईवटा मिर्गौला प्रत्यारोपण पनि गर्ने गरेका छौँ । प्रत्यारोपणका जोखिमहरूलाई हामीले प्रभावकारी रूपमै व्यवस्थापन गरि नै रहेका छौँ । हामीकहाँ नेपालभरबाट नै युरोलोजीसम्बन्धी बिरामी रेफर भएर आएका हुन्छन् । मैलै दैनिक सयदेखि १ सय ५० को संख्यामा ओपिडी बिरामी हेर्ने गरेकोमा १५ देखि २० प्रतिशत बिरामीलाई शल्यक्रिया आवश्यक पर्छ । मेरो कुरा गर्नुपर्दा मैलै हप्तामा ६०–७० जनाको शल्यक्रिया गर्नुपर्ने मागमा १० जनाभन्दा बढीका लागि शल्यक्रिया कक्ष पाउँदिन । यही कारणले गर्दा नै सरकारी अस्पतालमा आवश्यकताअनुसारको उपचार सेवा प्रदान गर्न नसकिएको हो ।

हामीले युरोलोजीमा २ युनिट चलाएकोमा अस्पतालमा जम्मा ३५ बेड पाएका छौँ । यो एकदमै कम हो । जनशक्तिभन्दा पनि यस अस्पतालको आवश्यकता भौतिक पूर्वाधार नै हो ।

बिरामीको अत्यधिक चापका कारण सरकारी अस्पतालमा छिटो उपचार सेवा दिन सकिएको छैन । बिरामीले पाउने उपचार सेवाका हिसाबले सरकारी तथा निजी अस्पतालमा कुनै फरक छैन । अन्य सुविधामा सरकारी अस्पतालमा केही कमी होला, तर डाक्टरले गर्ने हेरचाहको कुरामा केही फरक छैन । सरकारी अस्पतालले मागअनुसारको उपचार सेवा उपलब्ध गराउन नसकेको भने म स्विकार्छु । बिरामी भर्ना गर्ने बेड अभावका कारण सरकारी अस्पतालले मागअनुसारको उपचार सुविधा प्रदान गर्न नसकेका हुन् ।
हामीले युरोलोजीमा २ युनिट चलाएकोमा अस्पतालमा जम्मा ३५ बेड पाएका छौँ । यो एकदमै कम हो । जनशक्तिभन्दा पनि यस अस्पतालको आवश्यकता भौतिक पूर्वाधार नै हो ।
हाम्रो आवश्यकता भनेको छुट्टै किड्नी सेन्टर हो, जसमा ३–४ वटा अप्रेसन थिएटर हुनुपर्छ । युरोलोजी, नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपणको एक विशिष्टीकृत केन्द्र स्थापना गर्न सकेमा युरोलोजी सेवामा प्रभावकारिता बढाउन सकिन्थ्यो । सीमित स्थानमा रहेको युरोलोजी सेवामा पनि कहिले मेरो एउटा मान्छेको उपचार गरिदिनुप¥यो भन्दै नेताले त कहिले निर्देशकले फोन गर्छन्, हामीले सर्वसाधारण जनतालाई हेर्नु कि कसलाई ? त्यसैले सेवाको प्रभावकारिता बढाउनका लागि सरकारले अस्पतालको भौतिक संरचना निर्माणमा ध्यान दिनु आवश्यक छ ।

नेपालमा प्रत्यारोपणको नेतृत्व सरकार आफैँले गरेको हुनाले यसमा पहुँचको कुरा नै आउँदैन । सरकारले प्रत्यारोपणका लागि दिने रकम नै पर्याप्त छ । पैसा नलाग्ने भएपछि त्यसमा सबैको पहुँच छ । प्रत्यारोपणका लागि सरकारले दिएको उपचार खर्च पर्याप्त छ । डायलाइसिस निःशुल्क छ ।

उपचारका लागि विदेश जानुपर्ने अवस्था छ कि छैन ?
जसरी छोरालाई राम्रो संस्कार दिनका लागि बाबुआमा संस्कारमा बस्नुपर्ने हुन्छ, त्यसरी नै जनतालाई संस्कार सिकाउनका लागि नेताहरू संस्कारमा बस्नुपर्ने हुन्छ । मैलै थुप्रै नेताहरूको विदेशमा उपचार गराएको फाइल पढेको छु । नेताहरूले नेपालमै उपचार गराएमा स्वदेशमै गुणस्तरीय सेवा पाउन सकिन्छ भन्ने विश्वास जनमानसमा पर्न जान्छ । निजी सम्पत्ति तथा पैसा खर्चिएर जहाँ पनि जान सकिन्छ, तर सार्वजनिक सम्पत्तिबाट उपचारका लागि बाहिर जानुचाहिँ राम्रो होइन । नेतृत्व तहका मानिसहरू उपचारका लागि विदेश जाँदा नेपालका अस्पतालहरूमा उपचारको गुणस्तर राम्रो छैन भन्ने भान जनमानसमा पर्न जान्छ । विदेशमा उपचार गर्नुलाई सक्षमतासँग जोड्ने गरिन्छ । नेपालमा हालसम्म १ हजार ५ सयदेखि २ हजारसम्म मिर्गौला प्रत्यारोपण भइसकेका छन् भने के नेपाल उपचारको क्षेत्रमा असक्षम होला र ? युरोलोजीलाई चाहिने सामानमध्ये हामीसँग एउटा रोबर्ट सेवा उपलब्ध छैन, तर त्यसले गर्ने काम ल्याक्स्कोपीले हुने गर्छ । भारत र नेपालको उपचारमा नभएको भनेको रोबर्ट सुविधा मात्रै हो । त्यसबाहेक नेपालको केन्द्रीयस्तरको अस्पतालमा उपचारका सबै प्रविधि उपलब्ध छन् । पछिल्ला वर्षहरूमा नेपालमा पनि थुप्रै प्राविधिक विकास भएका छन् र मानिसहरू त्यसबारे जान्ने पनि भएका छन् ।

मिर्गौला प्रत्यारोपणमा नेपालीको पहुँच कस्तो छ ?
नेपालमा प्रत्यारोपणको नेतृत्व सरकार आफैँले गरेको हुनाले यसमा पहुँचको कुरा नै आउँदैन । सरकारले प्रत्यारोपणका लागि दिने रकम नै पर्याप्त छ । पैसा नलाग्ने भएपछि त्यसमा सबैको पहुँच छ । प्रत्यारोपणका लागि सरकारले दिएको उपचार खर्च पर्याप्त छ । डायलाइसिस निःशुल्क छ । मिर्गौलारोगीका लागि सरकारले गरेका प्रयास प्रशंसायोग्य छन् । प्रत्यारोपणका लागि मान्छेको सक्षमता नै महत्वपूर्ण कुरा हो ।
नेपालमा कुल ६० जना विशिष्टीकृत युरोसर्जन उपलब्ध छन्, तर १ सय ३ जनाले युरोलोजी सेवा प्रदान गर्ने गरेका छन् । यसमा सामान्य युरोसर्जनलाई समेत समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय