स्वास्थ्यकेन्द्रलाई अस्पताल बनाइने

हेल्थपोस्ट
प्रकाशित
२०७५ कार्तिक ५ गते १३:१८

काठमाडौंको टोखा नगरपालिकाले प्राथमिक स्वास्थ्यकेन्द्रलाई १५ शय्याको नगर अस्पतालमा परिणत गर्ने भएको छ । नगरपालिकाको २ नम्बर वडामा स्वास्थ्यकेन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको नगरपालिकाका मेयर प्रकाश अधिकारी बताउँछन् ।

नगरपालिकाका स्वास्थ्यसंस्थाले कतिपय स्तरीय सेवा प्रदान गर्दै आएका भए पनि स्वास्थ्यसंस्थामा सेवाग्राहीको विश्वास कम भएका कारण उपचारका लागि नगरवासी अन्यत्र अस्पतालमा जाने गरेकाले अस्पताल बनाउन लागिएको अधिकारीको भनाइ छ ।

नगरपालिकाको चालू आर्थिक वर्षको कुल बजेट ५३ करोड छ, जसमध्ये स्वास्थ्य क्षेत्रले करिब २५ लाख रूपैयाँ पाएको छ । उक्त बजेटबाट नगरपालिकाले महिलामा हुने स्तन तथा पाठेघर क्यान्सरबारे विशेष जनचेतना अभिवृद्धि कार्यक्रम चलाएको छ । त्यस्तै, किशोरी शिक्षालाई विशेष ध्यान दिई नगरपालिकाअन्तर्गतका ८ वटै सामुदायिक विद्यालयमा आइरन चक्की तथा सेनिटरी प्याड वितरण गरिँदै आएको छ ।

७० वर्ष उमेर पुगेका नगरवासीलाई नगरपालिकाले घरमै गई स्वास्थ्यजाँच सुविधा प्रदान गर्नुका साथै औषधिसमेत वितरण गर्दै आएको मेयर अधिकारीको दाबी छ । उनका अनुसार नगरपालिकाअन्तर्गत ११ वटा वडाका करिब १ हजार ५ सय ज्येष्ठ नागरिकलाई उक्त सेवा प्रदान गरिएको छ । ज्येष्ठ नागरिकले स्वास्थ्यसंस्थासम्म आउनका लागि विभिन्न कठिनाइको सामना गर्नुपर्ने अवस्था नआओस् भनेर नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको टोखा नगरपालिकाका स्वास्थ्य सह–संयोजक कोश बंगा बताउँछन् ।

नगरपालिकाको चालू आर्थिक वर्षको कुल बजेट ५३ करोड छ, जसमध्ये स्वास्थ्य क्षेत्रले करिब २५ लाख रूपैयाँ पाएको छ । उक्त बजेटबाट नगरपालिकाले महिलामा हुने स्तन तथा पाठेघर क्यान्सरबारे विशेष जनचेतना अभिवृद्धि कार्यक्रम चलाएको छ । त्यस्तै, किशोरी शिक्षालाई विशेष ध्यान दिई नगरपालिकाअन्तर्गतका ८ वटै सामुदायिक विद्यालयमा आइरन चक्की तथा सेनिटरी प्याड वितरण गरिँदै आएको छ । उक्त कार्यक्रमका लागि नेपाल सरकारले २५ हजार रूपैयाँ सहयोग गरेको छ भने अपुग रकम नगरपालिकाले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेको छ । नगरपालिकाले आइरन चक्की र सेनिटरी प्याड वितरणमा वार्षिक ५०–५० हजार रूपैयाँ खर्चिने गरेको छ ।
महिनावारीको समयमा समेत ढुक्कसँग विद्यालय आउने वातावरण बनाउन तथा महिनावारीलाई व्यवस्थित बनाउनमा कार्यक्रम लक्षित रहेको मेयर अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय