‘सुत्केरीसँग सहकारी भेट’ उदाहरणीय

हेल्थपोस्ट नेपाल
पवित्रा शर्मा ज्ञवाली दोस्रोपटक सुत्केरी हुँदा सहकारीका प्रतिनिधिहरू सुत्केरी भेटमा ।

सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई लक्षित गरी सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम उदाहरणीय बनेका छन् । त्यस्ता कार्यक्रमलाई धेरैजसो स्थानीय तहले स्वास्थ्य कार्यक्रमअन्तर्गत राखेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको ‘सुत्केरीसँग सहकारी भेट’ कार्यक्रम त्यसको एउटा उदाहरण हो । प्रदेश ५ मै सबैभन्दा बढी सदस्य रहेको उक्त सहकारीले ९ वर्षदेखि सुत्केरीसँग सहकारी भेट कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

सुत्केरीको घरसम्म पुगेर एक–एक थान बेबी ब्ल्यांकेट, संस्थाको पहिचान हुने कप र खुत्रुके उपहारका रूपमा दिइन्छ । यी समानको मूल्य करिब ७ सय ५० रूपैयाँबराबर हुन्छ । बच्चाका लागि ब्ल्यांकेट, बच्चाको भविष्यका लागि खुत्रुके, आमालाई दूध तथा झोलिलो पदार्थ खान कप उपयोगी हुने सहकारीको बुझाइ छ ।

 

आमा र बच्चाको स्वास्थ्यमा घरपरिवारको ध्यान पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको सहकारीका व्यवस्थापक रनबहादुर थापा बताउँछन् । आफ्नो कुनै पनि सदस्य सुत्केरी भए सहकारीको एक महिला प्रतिनिधि र छरछिमेकमा रहेका महिला सदस्य भेला भई सुत्केरीको घरसम्म पुगी उपहार र परामर्श दिने गरिएको थापाले बताए । उनका अनुसार सुत्केरीको घरसम्म पुगेर एक–एक थान बेबी ब्ल्यांकेट, संस्थाको पहिचान हुने कप र खुत्रुके उपहारका रूपमा दिइन्छ । यी समानको मूल्य करिब ७ सय ५० रूपैयाँबराबर हुन्छ । बच्चाका लागि ब्ल्यांकेट, बच्चाको भविष्यका लागि खुत्रुके, आमालाई दूध तथा झोलिलो पदार्थ खान कप उपयोगी हुने सहकारीको बुझाइ छ ।

सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रम ।

सहकारीबाट पुग्ने महिला प्रतिनिधिले सुत्केरीको रेखदेख गर्ने व्यक्तिका साथै परिवारका सदस्यहरूलाई राखी सुत्केरी र बच्चाको स्वास्थ्य, बच्चाको खोप, सरसफाइ र पोषणका विषयमा जानकारी लिने र दिने गर्छन् । ०६७ देखि सुरु गरिएको कार्यक्रममा सुत्केरीलाई हर्लिक्स र भिटामिन उपहार दिने गरिएकोमा ०७३ देखि भने परिवर्तन गरिएको छ । स्वास्थ्य सामग्रीको मापदण्ड नपुग्ने हो कि भन्ने लागेपछि उपहारको वस्तु परिवर्तन गरिएको थापाले बताए ।

 

१२ हजार सेयर सदस्य रहेको सहकारीमा महिला सदस्य मात्र ८ हजार ८ सय छन् । सुत्केरी भेट कार्यक्रमबाट भादौ मसान्तसम्म ५ सय ४७ जना लाभान्वित भएको सहकारीले जनाएको छ ।

 

कार्यक्रमले महिला सेयर सदस्यमा उत्साह थपेको सहकारीकी समूह परिचालक अनिता चौधरी बताउँछिन् । कार्यक्रमले सहकारीप्रति सदस्यहरूको आत्मीयता बढ्नुका साथै आमा–शिशुको स्वास्थ्य सावधानी र शिशुलाई बचत गर्ने बाटो खोलिदिएको ३ वर्षदेखि परिचालक रहेकी चौधरीले बताइन् ।

१२ हजार सेयर सदस्य रहेको सहकारीमा महिला सदस्य मात्र ८ हजार ८ सय छन् । सुत्केरी भेट कार्यक्रमबाट भादौ मसान्तसम्म ५ सय ४७ जना लाभान्वित भएको सहकारीले जनाएको छ । सहकारीले सामाजिक संघसंस्थासँगको समन्वयमा आँखा शिविर, रक्तदान, पाठेघर परीक्षण, किड्नी परीक्षण, ल्याब परीक्षणलगायत शिविरहरू आयोजना गर्ने गरेको सहकारीकी अध्यक्ष ज्ञानु पौडेलले बताइन् ।

 



Leave a Reply

Your email address will not be published.