चन्दाको आधा दसैँ अस्पतालमा

चन्दा थापा, स्टाफ नर्स, लुम्बिनी अञ्चल अस्पताल, बुटवल

यी हँसिली र फुर्तिली देखिने नर्सले स्वास्थ्य संस्थामा काम गर्न थालेको ११ बर्ष लाग्यो । सकिएका १० दसैँमध्ये आधा दशै अस्पतालमा बिताई सकेकी छिन उनले । यो दसैँ मा पनि उनलाई अस्पतालमा विदा छैन् ।
बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत चन्दा थापाको अवस्था हो यो । बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा उनको बसोबास छ । उनी जस्तै स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको अवस्था पनि यस्तैयस्तै छ । जसले दसैँ जस्तो चाडपर्वमा पनि बिरामीको सेवामा आफुलाई समर्पित गरिरहेका छन् ।

चाडपर्वमा लामो विदा लिएर परिवारसँगै मनाउन नपाएपनि २०६५ सालदेखि अस्पतालमा काम गर्न शुरु गरेकी चन्दालाई स्वास्थ्यकर्मी हुनुमा गर्व छ । सेवा दिन अवसर स्वास्थ्यकर्मी भएको कारण पाइएको उनी बताउँछिन् । अरुले भन्दा राम्रो गर्छु भन्ने विश्वास आफुमा रहेको र सेवा दिन पाएकोमा खुसी लाग्ने गरेको चन्दाको भनाई छ । खुसीकाबीच पनि घरपायक भन्दा टाढा जागीर रहदा चाडपर्वको समयमा नरमाइलो लाग्ने गरेको उनको अनुभव छ । उनले पहिलो पटक नियुक्ति लिई गुल्मीको जिल्ला अस्पतालबाट सरकारी जागिर शुरु गरेकी थिइन् । त्यहाँको अस्पतालमा रहँदाको पहिलो बर्षको दसैँ मनाउन उनले पाइनन् । त्यस बर्ष दसैँ मनाउन घर आउन नपाउँदा साह्ै मन दुखेको उनले सम्झिइन् । जागिर शुरु गरेपछि आधा जति दसैँ अस्पतालमा बित्यो चन्दाले भनिन्, तर गुल्मीको अस्पतालमा रहँदा मनाउन नपाएको दसैँ को नरमाइलो सम्झना अहिले पनि आइरहन्छ ।

जागिरको आधा दसैँ अस्पतालमा बितेपनि अरु दसैँमा पनि २÷३ दिनको विदा लिएर दसैँ मनाउने गरेको चन्दा बताउँछिन् । हामी स्वास्थ्यका कर्मचारी त्यही छोटो विदा पाउदा पनि खुसी हुनुपर्ने चन्दाले भनिन् । अस्पतालमा रहेका शाखाहरुमा कर्मचारीको संख्या हेरी चाडपर्वमा पालो गरी विदा मिलाउने गरेको उनको भनाई छ । दसैँ मा छुट्टी बसे तिहारमा ड्यूटी गर्ने, दसैँमा ड्यूटी बसे तिहारमा छ्ट्टी बस्ने पालो गरेका छौं चन्दाले भनिन् । उनले यसपटकको दसैँ मा आफुले ड्यूटी गर्ने पालो परेको सुनाईन् ।

बुटवलको क्यानन अग्रेजी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी उनले स्टाफ नर्सको पढाई भने पाल्पाको तानसेनमा रहेको तानसेन नसिंह स्कुलबाट पढेकी हुन् । बि एनको पढाई भने उनले बुटवलको मायादेवी टेक्निकल कलेजमा अध्ययन गरेकी हुन् ।
स्टाफ नर्स पदको दरबन्दीमा रहेकी उनले बि एन तहको पढाई, एक बर्षको तालिम र अनुभवका कारण अस्पतालको अप्रेशन थिएटर शाखामा एनएस थेसिया सहायकको भूमिकामा छिन् । चन्दा अविवाहित नर्स हुन् । उनको चार दिदी बहिनी र एक दाई भएपनि दिदीहरुको बिहे भइसकेको छ भने दाई विदेशमा छन् । बुबा, आमा, दिदी भिनाजु, दिदीको एक छोरी र चन्दा सहित छ जना सगोलमा बस्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय