यो वर्ष पहिलोपटक आफैँ जमरा राखेँ

जहिलेदेखि थाहा पाइयो, त्यसवेलादेखिका अरू सबै कुरा बिर्से पनि दसैँ जस्ताको तस्तै ताजै छ । एक त विद्यार्थी कालमा २ महिना छुट्टी यत्तिकै रमाइलो लाग्ने भइहाल्यो । बुबाको जग्गा–जमिन र सानोबुबाहरू चितवनमा भएकाले हामी दसैँ बिदामा चितवन जान्थ्यौँ । खोला, जंगल, माछा मार्ने आदप्राकृतिक कुराको सामीप्यका कारण हामीलाई हरेक वर्ष त्यो २ महिना कहिले आउँछ जस्तो लाग्थ्यो । पछि अध्ययनमा लागेपछि लगभग व्यस्त नै हुनुपर्ने, छुट्टी पनि कम पाइने भएकाले त्यस्तो धेरै समय बिताउन पाइएन ।

पछि स्वास्थ्य क्षेत्रमा काममा यति धेरै मग्न भइयो कि, कुनै दिन पनि यस्तो लागेन कि मैले छुट्टी मनाउन पाइनँ । वर्षाैं यसरी नै बिते । घरमा पनि मैले खासै जिम्मेवारी लिइनँ । भर्खर जन्मेको शिशुजस्तो स्वतन्त्र, जसले जे ल्याउँछ त्यही खायो, यसरी लामो समय बितेछ । मलाई आफ्नै घरका धेरै कुरा थाहा भएनछन् यी वर्षहरूमा ।

तर, अहिले म एउटा उच्चतम पदमा पुगेर पेसाबाट अवकाशप्राप्त जीवन बिताइरहेकी छु । कुनै मिटिङमा जानु छैन, कतै केही बोल्ने तयारी गर्नु छैन, त्यसैले यो वर्ष फेरि बच्चावेलाजस्तै दसैँ मनाइरहेको छु । निस्फिक्री ।
पढ्न थालेपछि भने बच्चामा जस्तो गरी दसैँ मनाउन पाइएन । म भारतको बिहारमा पढेँ । त्यहाँ दसैँलाई खासै महत्व दिइँदैन, बिदा पनि हुँदैनथ्यो, घर पनि आइँदैनथ्यो ।

दसैँका वेला मादकपदार्थ सेवन गर्ने हाम्रो प्रचलन, दुर्घटना बढ्ने हुनाले बिरामी झन् बढ्थे । डेलिभरीले पनि दसैँ भन्दैन । त्यसैले कतिपय अवस्थामा त दसैँ भन्ने नै बिर्सन्थ्यौँ । पछिल्ला वर्षहरूमा म यति धेरै व्यस्त भएछु कि, आफ्नो घरमा बुबा (राष्ट्रकवि माधवप्रसाद घिमिरे) बिरामी हुँदा पनि कहिल्यै समय दिइनँ । भनिन्छ नि– चिकित्सकले घरको बिरामीलाई नजरअन्दाज गर्छ ।

चिकित्सक पेसामा लागिसकेपछि त झन् के कुरा गर्नु, कहिले कहाँ पोस्टिङ हुन्छ, कहिले कहाँ । म सुरुवातका वर्ष (०४६÷४७) मा बाग्लुङ जिल्ला अस्पतालमा इन्चार्ज भएर गएँ । त्यतिवेला दसैँ भनेर घर आउन पाइएन । त्यसपछि धनगढी गएँ, त्यतिवेला पनि त्यस्तै भयो । मान्छे धेरै हुँदैनथे । हाम्रो पेसामा सिनियरलाई अत्यन्तै सम्मान गर्ने चलन छ । सिनियरले जे भन्यो, त्यो मान्थ्यौँ, अहिले पनि मान्छन् सबैले ।

दसैँका वेला मादकपदार्थ सेवन गर्ने हाम्रो प्रचलन, दुर्घटना बढ्ने हुनाले बिरामी झन् बढ्थे । डेलिभरीले पनि दसैँ भन्दैन । त्यसैले कतिपय अवस्थामा त दसैँ भन्ने नै बिर्सन्थ्यौँ । पछिल्ला वर्षहरूमा म यति धेरै व्यस्त भएछु कि, आफ्नो घरमा बुबा (राष्ट्रकवि माधवप्रसाद घिमिरे) बिरामी हुँदा पनि कहिल्यै समय दिइनँ । भनिन्छ नि– चिकित्सकले घरको बिरामीलाई नजरअन्दाज गर्छ । त्यस्तै भयो । अवकाश पाएपछि बल्ल मैले आफ्नो बुबालाई राम्रोसँग हेरेँ । अहिले म बुबाको स्वास्थ्यमा धेरै ध्यान दिइरहेकी छु । उहाँको स्वास्थ्य अहिले अलिक खस्केको छ ।

रमाइलो कुरा त मैले अहिलेसम्म घरमा जमरा नै राखेकी रहेनछु । मलाई जमरा राख्ने विधि पनि थाहा रहेनछ । ठाउँ–ठाउँमा पोस्टिङ हुन्थ्यो, घरमा सासुहरूले नै राख्नुहुन्थ्यो । पछि सहयोगीले राख्नुहुन्थ्यो, संयोगवश यो वर्ष मैले जमरा राख्नुप¥यो । मलाई केही विधि नआएर सहयोगीले सिकाइदिएर मैले राखेँ । म जे गर्छु, शतप्रतिशत गर्छु । म अहिले नवरात्रिभर हरेक दिन चण्डीपाठ गरिरहेकी छु । निकै उत्साहित छु यो दसैँलाई लिएर ।

पूर्वसचिव डा.रेग्मी, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ हुन् ।

प्रस्तुति : गीता सापकोटा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय