बाल्यकालको दसैँ सम्झँदा उडेर त्यहीँ पुगौँ लाग्छ

बच्चामा दसैँ कहिले आउला भनेर कुरेर बसिन्थ्यो । त्यतिवेला अहिलेजस्तो होइन, दसैँमा मात्र लुगा, जुत्ता किन्ने, खसी काट्ने चलन हुन्थ्यो । दसैँ आएपछि जताततै पिङ हाल्ने, चंगा उडाउने, लंगुरबुर्जा खेल्ने, त्यो सझँदा अहिले उडेर त्यहीँ पुगौँझैँ हुन्छ ।

पहिलेको सम्झँदा अहिलेको दसैँमा केही चार्म छैन । अहिले सबै कुरा चाहेका वेला उपलब्ध छ । बच्चाहरू पनि कम्प्युटरमै बढी व्यस्त छन् । सामूहिक खेल, भेटघाटजस्ता कुराहरू अहिले प्राथमिकतामा पर्दैनन्, पहिलेजस्तो सम्भव पनि छैन ।

त्यतिवेला कम्प्यटुर, मोबाइल केही थिएन । त्यसैले पनि होला, गाउँमा सबैजना भेला हुने, लामो समय स्कुल पनि बिदा हुने भएकाले सबैजना सामूहिक रूपमा खेल्ने गरिन्थ्यो । अहिले सम्झँदा लाग्छ– त्यो निकै महत्वपूर्ण रहेछ । पछि अन्दाजी ७–८ वर्ष युकेमा (१९७७–१९८५) बस्दा सबै कुरा बिर्सनुपर्यो । पढाइमा अत्यन्तै समय दिनुपर्ने भएकाले त्यो समय खासै याद आएन ।

पहिलेको सम्झँदा अहिलेको दसैँमा केही चार्म छैन । अहिले सबै कुरा चाहेका वेला उपलब्ध छ । बच्चाहरू पनि कम्प्युटरमै बढी व्यस्त छन् । सामूहिक खेल, भेटघाटजस्ता कुराहरू अहिले प्राथमिकतामा पर्दैनन्, पहिलेजस्तो सम्भव पनि छैन ।

अहिले त यस्तो विकृति आइसक्यो कि, आफन्त भेटघाट पनि गाह्रो, दसैँमा अत्यन्तै आर्थिक भार आदि कुराले गर्दा मानिसहरू दसैँसित भाग्ने चलन बढिरहेको छ । संस्कृतिमा यसखालको बोझ आउनु र विरक्तता देखिनु राम्रो कुरा होइन । हामी सामान्य रूपमा संस्कारलाई निरन्तरता दिँदै सम्भव भएसम्म आफन्तसँग जमघट गरेर दसैँ मनाउँछौँ सधैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय