दसैँमा बचाएको बच्चा अहिले डाक्टर भइसक्यो

आजकल दसैँको रौनक पहिलेजस्तो लाग्दैन । सानोमा कहिले आउला भन्ने उत्सुकता हुन्थ्यो । चंगा उडाउने, पिङ खेल्ने, खसी किन्न जाने गरेर महिनादिन बित्थ्यो । अहिले दसैँ भन्नेबित्तिकै कि तास, कि मासु । म स्वास्थ्य क्षेत्रको मानिस भएर पनि होला, पछिल्लो समय दसैँमा देखिएको प्रवृत्ति राम्रो लाग्दैन । स्वास्थ्यका हिसाबले यति धेरै खसी खानु राम्रो होइन । मासु नै खान मन लागे कुखुरा, माछा तथा अन्य सेतो मासु खान सकिन्छ ।

मैले टीका थाप्न लागेका वेला बिएन्डबी अस्पतालबाट फोन आयो । एउटा बच्चा ब्लड क्यान्सर भएर एकदमै सिरियस अवस्थामा रगत छाद्दै अस्पताल ल्याइएको थियो । बाँच्ने आशै मारिसकिएको अवस्था थियो । तर, समयमै पुग्न पाइयो, भगवान्को कृपाले बच्चा बाँच्यो । अहिले त्यो बच्चा आफैँ डाक्टर भइसकेको छ र क्यान्सरकै डाक्टर बन्छु भनेर लागिपरेको छ । म टीका लगाउन लागेको भए सायद ऊ बाँच्थ्यो कि बाँच्दैनथ्यो ।

बच्चा छँदाको दसैँ सम्झँदा मलाई कहाली लाग्ने एउटा कुरा दसैँमा बोकाको बलि दिने प्रचलन हो । अहिले पनि म खसी–बोका काटेको हेर्न सक्दिनँ । मर्नेवेला उनीहरूको छटपटाहट देखेर भित्रैदेखि मन हुँडलिन्छ । एकपटक म बलि दिएको हेर्न नसकेर नक्सालबाट भागेर पशुपति गएँ । ३–४ घण्टा पशुपतिमा बसेँ, अनि पछि खै को आफन्त लिन गएपछि फर्किएँ । त्यो घटनापछि मैले ३–४ वर्ष माया लागेर मासु खान सकिनँ । पछि हाम्रो संस्कारमा मासुलाई अत्यन्तै डिलिसियस खानाका रूपमा लिने चलन भएकाले आमाले काउलीमा मासु मिसाएर दिनुहुन्थ्यो, म मासु छानेर काउली मात्रै खान्थेँ ।

चिकित्सक भएपछि त धेरै पेसातिरै लगाव भयो, संस्कृति निरन्तरताका लागि मात्रै आफन्तसँग मिलेर चाड मान्थ्यौँ । दसैँ, तिहार केही नभनी काममा कुदेका धेरै घटना छन् । अहिले पनि सम्झने एउटा घटना छ– मैले टीका थाप्न लागेका वेला बिएन्डबी अस्पतालबाट फोन आयो । एउटा बच्चा ब्लड क्यान्सर भएर एकदमै सिरियस अवस्थामा रगत छाद्दै अस्पताल ल्याइएको थियो । बाँच्ने आशै मारिसकिएको अवस्था थियो । तर, समयमै पुग्न पाइयो, भगवान्को कृपाले बच्चा बाँच्यो । अहिले त्यो बच्चा आफैँ डाक्टर भइसकेको छ र क्यान्सरकै डाक्टर बन्छु भनेर लागिपरेको छ । म टीका लगाउन लागेको भए सायद ऊ बाँच्थ्यो कि बाँच्दैनथ्यो । पछि म फर्केर आएर टीका लगाएँ । मलाई गर्व लाग्छ, आफ्नो पेसाको धर्म निभाउन सकेकोमा ।

यो वर्ष मेरो छोरा ठूलो दुर्घटनाबाट बचेर भर्खरै निको हुँदै छ । म आफैँ पनि डाक्टर, तर हामी सबै परिवारले आश मारिसकेका थियौँ । एक महिना भेन्टिलेटरमा राख्नुपरेको थियो । तर, भगवान्को कृपाले छोरा पूर्ण रूपमा निको भयो । त्यसैले उसको दोस्रो जुनी हो भनेर हामी सबै परिवार यो वर्ष छोरासँग बसेर दसैँ मनाउन उत्साहित छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय