पालो मिचेर टीका थापेर अस्पताल दौडिएँ

मलाई उतिसारो चाडबाड लाग्दैन, अहिले र पहिले पनि । तर, बाल्यकालमा दसैँ भन्नासाथ नयाँ लुगा पाइने हुनाले त्यसकै पर्खाइमा दसैँको कौतुहल लाग्थ्यो । घरमा सबैजना दसैँको चहल–पहलमा व्यस्त हुँदा आफूलाई भने नयाँ लुगा पाइन्छ भन्ने कुराको मात्रै याद हुन्थ्यो ।
बिस्तारै जब म मेडिकल अध्ययनमा लागेँ, पढाइतिर निकै व्यस्त हुनुपर्ने भएकाले घरपरिवारसँग खासै रमाउन पाइनँ । अध्ययनकै क्रममा ०४५ देखि ०५४ सम्म चीन बसेँ । त्यो अवधिमा त दसैँ मान्ने कुरै भएन । नेपाल फर्केपछि मेरो पहिलो कार्यथलो बाँसबारीस्थित गंगालाल अस्पताल बन्यो । म त्यहाँको पहिलो बिरामी जाँच्ने डाक्टर हुँ । सुरुवातका वर्षमा अहिलेजस्तो प्रशस्त डाक्टर थिएनन् । ०५५ देखि ०६२ सम्मको अवधिमा ‘ड्युटी अफ’ भन्ने र अस्पताल नगएको समय कहिल्यै भएन । ती वर्षहरूमा मुस्किलले समय मिलाएर टीका मात्र थाप्न घर पुग्थेँ । टीका थापेपछि फेरि अस्पताल पुगिहाल्थेँ । कतिपय अवस्थामा टीका लगाउनेक्रम चल्दाचल्दै अस्पतालबाट फोन आएपछि आफ्नो पालो नआउँदै टीका लगाएर अस्पताल कुद्थेँ ।

यसवर्ष हाम्रो अनुभूतिछैन, यद्यपि म आमालाई भेट्न जन्मथलो बाग्लुङ जाँदै छु । टीका नभए पनि यो दसैँ म आमासँग बिताउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय