डाक्टरमाथि पूर्वसांसदको आक्रमण, चिकित्सक संघको निन्दा

कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा.अमित पण्डितमाथि पूर्व सासंद दिवानसिंह विष्टले आक्रमण गरेका छन् । अश्विन २६ गते विहान ७ः३० बजे डा.पण्डितले थलकेदार स्वास्थ्य क्लिनिकमा उपचारको लागि ल्याइएको विरामीलाई अक्सिजन दिई उपचार गरेका थिए ।

विरामीको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि धनगढी लैजान सल्लाह दिदै रिफर गर्न लागिएको अवस्थामा पूर्व सांसद विष्ट डा. पण्डितमाथि आक्रमण गरेको नेपाल चिकितसक संघले जनाएको छ । संघले चिकित्सक माथी नै शारीरिक हमला गर्ने, कुटपीटमा संलग्न हुनु अत्यन्तै निन्दनीय र लज्जास्पद घटना भन्दै निन्दा गरेको छ ।

आक्रमणकारी जुनसुकै ओहदाका व्यक्ति भएपनि दोषीमाथि अबिलम्ब छानबिन गरी कानूनी दायरामा ल्याउन संघले माग गरेको छ । घटनाविरोधमा संघको धनगढी शाखाबाट हुने जस्तोसुकै विरोधका कार्यक्रममा संघ केन्द्रीय कार्यालयको ऐक्यबद्धता रहने महासचिव डा.लोचन कार्कीले बताए । संघसँगै घटनाको श्रीपुरा स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति र नेपाल चिकित्सक संघ चनगढी शाखाले समेत विरोध जनाएको छ । चनगढी दोसीमाथि कारवाही नभएर काममा फर्किन नसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय