‘माहुरी रोज्ने कि लामखुट्टेको नाश ?’

कोल्टीस्थित स्वास्थ्य केन्द्रमा थन्किएको विषादी तस्बिर : प्रकाश सिंहको फेसबुकवालबाट

उच्च हिमाली जिल्ला बाजुरामा केही वर्षदेखि औलो फैलिरहेको छ । लामखुट्टेको टोकाइबाट फैलने औलोका बिरामी प्रत्येक महिना देखापरिरहेका छन् । रोग नियन्त्रणका लागि औलो प्रभावित क्षेत्रमा विषादी छर्किने योजना रहेपछि स्थानीय सरकारले बजेट विनियोजन र स्थानीय रूपमा सहजीकरण नगरेको सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार बढी रोग फैलिएको समयमा विषादी छर्किन नसक्दा बाजुरा पुगेको विषादी ३ महिनादेखि कोल्टी स्वास्थ्यकेन्द्रमा थन्किएको छ ।

औलो नियन्त्रणका लागि विषादी छर्कंदा कम्तीमा तीन साता मौरी स्थानान्तरण गर्नुपर्छ । उनले रोगको जोखिमबारे प्रर्याप्त जनचेतनाको कमी र कृषकलाई त्यति लामो समयसम्म मौरी कहाँ लाने भन्ने विषयले समस्या पर्दा विषादी छर्कन समस्या उत्पन्न भएको बताए । ‘माहुरी रोज्ने कि मच्छरको नाश ?’ उनले भने ।

सुरुमा तराई क्षेत्रमा देखिने औलो पछिल्ला दिनमा हिमाली र उच्च पहाडी जिल्लाहरूमा समेत देखिन थालेको छ । पछिल्लोपटक बाजुरामा साउनमा २०, भदौमा २० र असोजमा ५ जनामा औलो देखापरिसकेको छ । प्रत्येक स्वास्थ्यसंस्थामा एक–दुईजना बिरामी आइरहेका छन् । अधिकांशमा कडा मानिने फाल्सिफेरम प्रकारको औलो बढी देखिएको छ, जसमा मृत्युदर बढी छ । निर्देशक डा. अवस्थीका अनुसार स्थानीय सरकारले विषादी छर्कन आवश्यक ३ लाख बजेटसमेत छुट्याएको छैन ।
उनका अनुसार औलो नियन्त्रणमा दोस्रो प्रमुख समस्याका रूपमा बाजुराको कोल्टी क्षेत्रका अधिकांश घरका मौरीपालन रहेको छ । औलो नियन्त्रणका लागि विषादी छर्कंदा कम्तीमा तीन साता मौरी स्थानान्तरण गर्नुपर्छ । उनले रोगको जोखिमबारे प्रर्याप्त जनचेतनाको कमी र कृषकलाई त्यति लामो समयसम्म मौरी कहाँ लाने भन्ने विषयले समस्या पर्दा विषादी छर्कन समस्या उत्पन्न भएको बताए । ‘माहुरी रोज्ने कि मच्छरको नाश ?’ उनले भने ।

‘बरु बजेट जहाँबाट भए पनि जोहो गरौँला, स्थानीयलाई विषादी छर्किनुपर्छ, केही दिन माहुरी सारिदिनुस् भनेर स्थानीय सरकारले नै मनाउने प्रयास गर्नुपर्छ,’

उनले स्थानीयको सहयोगविना रोग नियन्त्रणमा कठिनाइ हुन्छ । ‘बरु बजेट जहाँबाट भए पनि जोहो गरौँला, स्थानीयलाई विषादी छर्किनुपर्छ, केही दिन माहुरी सारिदिनुस् भनेर स्थानीय सरकारले नै मनाउने प्रयास गर्नुपर्छ,’ डा.अवस्थीले भने । छर्किसकेका केही वडामा समेत ‘विषादी छर्केपछि उडुस बढी पर्याे, छर्किन दिन्नौँ’ भन्ने गुनासो आइरहेको अवस्थीले बताए । यस्तो अवस्थामा गाउँपालिकाले नै समन्वय गर्नुपर्ने उनको भनाइ छ ।  लामखुट्टे मार्ने विषादी छर्कनका लागि विषादी, छर्ने सामग्री र जानशक्तिसमेत पनि छ । उनले चिसो बढेसँगै क्रमशः लामखुट्टे र औलो घटे पनि फागुन, चैत लागेपछि बढ्दै जाने भएकाले फागुनतिरै विषादी छर्किनुपर्ने बताए ।

पछिल्ला दिनमा सुदूरपश्चिम क्षेत्रभरि नै औलोको प्रकोप देखापरिरहेको छ । प्रदेश सरकारका अनुसार भारतको बरेली जिल्लामा औलोको महामारी देखिएकाले सो क्षेत्र भएर दसैँ–तिहारमा नेपाल फर्किनेहरूसँगै रोग भित्रिन सक्ने जोखिम छ । प्रदेश निर्देशनालयका अनुसार चाडपर्वसँगै महामारी भित्रिन सक्ने जोखिमलाई मध्यनजर गरेर नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिएको छ । चेकजाँचका क्रममा ज्वरोका बिरामी भेटिएमा मलेरियाको जाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय