तिलौराकोट हेल्थपोस्टलाई सेभ द चिल्ड्रेनको सामग्री

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज २७ गते १३:१२

कपिलवस्तु नगरपालिकाको गोबरी गाउँमा रहेको तिलौराकोट हेल्थपोस्टलाई स्वास्थ्योपकरण सामग्ररी हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा चौकीका लागि ४ लाखबराबरको सामग्री हस्तान्तरण गरिएको हो । हेल्थपोस्ट व्यवस्थापन समितिका संयोजक रामदिनेश यादव र इन्चार्ज विकास झालाई कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह र सेभ द चिल्ड्रेनका जिल्ला संयोजक परमानन्द मण्डलले एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका हुन् ।

हेल्थपोस्टका अनुसार हस्तान्तरित सामग्रीमा बेबी वार्नर, पेनग्विन सक्सन, नेबुलाइजर, अक्सिजन सिलिन्डर सेट, अटोक्लेभ, विभिन्न उमेर समूहलाई आवश्यक बिपी सेट, युपिटी किट र पेरी प्याड छन् । उपलब्ध उपकरण र सामग्रीले प्रसूति सेवालाई प्रभावकारी बनाउन पूर्ण सहयोग पुर्याउनुका साथै सामान्य जटिलता व्यवस्थापन, बच्चाको तापक्रम व्यवस्थापनसँगै प्रसूति सेवाको प्रभावकारितामा समेत वृद्धि गर्ने बताइएको छ । सेभ द चिल्ड्रेनले तिलौराकोट हेल्थपोस्टसहित बरकलपुर, शिवराज र चनई हेल्थपोस्टमा समेत विभिन्न उपकरण र सामग्री वितरण गरेको जिल्ला संयोजक परमानन्द मण्डल जानकारी दिए ।
हेल्थपोस्टमा प्रयोगशाला सेवा सञ्चालन गर्न सके सेवा थप प्रभावकारी हुने हेल्थपोस्टका इन्चार्ज केशव झाले बताए ।

कपिलवस्तु नगरपालिकाको पहलमा हेल्थपोस्टमा ती सामग्री उपलब्ध गराइएको जिल्ला मण्डलको भनाइ छ । उपलब्ध सामग्रीले हेल्थपोस्टको प्रसूति सेवामा प्रभावकारिता आउने समितिका संयोजक तथा वडाध्यक्ष रामदिनेश यादवको दाबी छ । हेल्थपोस्टमा प्रयोगशाला सेवा सञ्चालनका लागी आवश्यक सहयोग गर्न वडासँग समन्वय गरी अगाडि बढे नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख किरण सिंहले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय