शौचालय अभावमा ७५ प्रतिशत छात्रा विद्यालय छाड्न बाध्य

परशुराम यादव/कपिलवस्तु
प्रकाशित
२०७५ असोज २६ गते १७:१४

विद्यालयमा शौचालय नभएकै कारण ७५ प्रतिशत बालिकाले विद्यालय छाड्ने गरेको एक अध्ययनले देखाएको छ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयमा गरिएको अध्ययनले शौचालय अभावमा तीनचौथाइ छात्रा विद्यालय छाड्न बाध्य भएको देखाएको हो ।

अध्ययन गरिएको दिन १८ असोजमा विद्यालयमा कुल विद्यार्थीको २८ प्रतिशत मात्र बालबालिका उपस्थित थिए । समुदायमा एकवर्षे वैकल्पिक कक्षा अध्ययन गरी क्षमताअनुसारको कक्षामा भर्ना भएका १२ देखि १५ वर्ष उमेर समूहका २० जना बालिकामध्ये ५ जना मात्र विद्यालयमा उपस्थित थिए । उपस्थित बालिकासँग छलफल गर्दा अधिकांश साथीहरूले विद्यालय छाडिसकेको जानकारी उनीहरूले गराएका छन् । विद्यालयको समस्याबारे सोधपुछ गर्दा उनीहरूले जीर्ण शौचालय देखाउँदै शौचालयकै कारण बालिकाहरू विद्यालयमा टिक्न नसकेको कुरा औँल्याएका छन् ।

जीर्ण शौचालय नै विद्यालयको प्रमुख समस्या रहेको कक्षा ६ मा अध्ययनरत बालिका उर्मिला पासीले बताइन् । ‘केटाहरू त दिसा–पिसाब लाग्दा विद्यालयको छेउमा जान्छन्, तर केटीले खुला ठाउँमा कसरी जाने ?’ विद्यालयकी छात्रा अनिता लोधले उल्टै प्रश्न गरिन् ।

जीर्ण शौचालय नै विद्यालयको प्रमुख समस्या रहेको कक्षा ६ मा अध्ययनरत बालिका उर्मिला पासीले बताइन् । ‘केटाहरू त दिसा–पिसाब लाग्दा विद्यालयको छेउमा जान्छन्, तर केटीले खुला ठाउँमा कसरी जाने ?’ विद्यालयकी छात्रा अनिता लोधले उल्टै प्रश्न गरिन् । शौचालयबारे विद्यालयका कार्यरत शिक्षिकाहरू आफूलाई झन् गाह्रो भएको बताउँछन् । चालयअभावमा छात्राहरू मात्र नभएर आफूहरू पनि अत्यन्त पीडामा रहेको शिक्षिका सत्यभामा बर्माको गुनासो छ । ‘सरहरू लोटा लिएर विद्यालयवरिपरिका खेतमा जाने गर्नुहुन्छ । हामी के गर्ने ? विद्यालय प्रशासन र व्यवस्थापन समिति महिलाको समस्याप्रति संवेदनशील छैन,’ उनको अरोप थियो । महिनावारीको समयमा विद्यालयमा सफा शौचालय नहुँदा भोग्नुपरेको समस्या विकराल रहेको दुखेसो बालविकासकी शिक्षिका लालमती कोहाँरको छ ।

नेपालमा अहिले पानीसहितको सफा शौचालय अभियान सञ्चालनमै छ । तर, कतिपय सामुदायिक विद्यालयामा शौचालयको दुरावस्थाले सरकारी अभियानलाई गिज्याइरहेको छ । बालअधिकार, महिलाअधिकार, अनिवार्य शिक्षा, स्वच्छतालगायतका नाममा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालन हुँदै आएका मोटो बजेटका कार्यक्रमहरूको नाजुक कार्यान्वयन अवस्थाको सजीव चित्र राष्ट्रिय निमाविमा देख्न सकिन्छ ।

छात्रा शौचालय निर्माणका लागि गत वर्ष शिक्षा विकास तथा समन्वय एकाइबाट रकम पनि आएको थियो, तर विवादका कारण शौचालय निर्माण हुन सकेन । वडामा विद्यालय जाने उमेरका करिब १७ सय बालबालिका छन्, तर विद्यालय भने प्राथमिकस्तरको १ र निम्नमाध्यमिकस्तरको १ मात्र छन् । विद्यालयको तथ्यांकअनुसार ४ सयभन्दा बढी विद्यार्थी छैनन्, त्यसमा पनि २८ प्रतिशतको मात्र विद्यालयमा उपस्थिति देखिन्छ । गत वर्ष वैकल्पिक कक्षा पढेर आएका २० जना बालिकामध्ये ५ जना मात्र विद्यलाय आउने गरेका छन् । यसवर्ष ११ देखि १५ वर्षका ५३ बालिका वैकल्पिक कक्षामा अध्ययन गरिरहेका छन् । उनीहरूलाई विद्यालयमा फर्काउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गरिए पनि शौचालयकै कारण विद्यालय छड्नु गम्भीर विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय