सेभ द चिल्ड्रेन र मेडिसिटी अस्पतालबीच सम्झौता

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज २३ गते ११:००

अस्पतालमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटी बीच विशेष सम्झौता भएको हो । सम्झौतामा सेभ द चिल्ड्रेनकी डेप्युटि कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

बालबालिकाको क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेनका कर्मचारीका लागि स्वास्थ्य सेवा प्रदान गर्न गर्नेगरी सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।
अस्पतालले सेभ द चिल्डे«नले चलाएको सामाजिक अभियानमा समेत साथ दिने जनाएको छ ।

देशैभरका विभिन्न अवस्थामा रहेका बालबालिकासम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालबीचको सम्झौता महत्वपूर्ण हुने भनाई सेभ द चिल्ड्रेनका मदन ज्ञवालीको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय