नेत्र ज्योति संघ कपिलवस्तुको सभापतिमा रमेश शर्मा

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज २१ गते ९:५८

नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको सभापतीमा रमेश शर्मा निर्वाचित भएका छन् । नेत्र ज्योती संघको पाँचौ अधिवेशनले शर्मालाई सभापतिमा चयन गरेको हो । संघको सभापतिमा पाँच जनाको उम्मेदवार भएपछि मतदान प्रक्रियाबाट चयन गरिएको हो । शर्माले ६५ मत ल्याएका थियो । शर्मा यस अघि संघको सदस्य तथा तत्कालिन जिल्ला विकास समिति, कपिलवस्तुका सभापति थिए ।
संघको महिला सदस्यमा रिता मिश्र शर्मा र माधुरी श्रेष्ठले बिजयी भएका छन् । संघको दुई जना महिला सदस्यको लागि चार जना बीच चुनावी प्रतिपर्धा भएको थियो । यस्तै कार्य समितिको खुला तर्फको १० जना सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । जसमा मनोज कुमार श्रीवास्तव, गोपाल भण्डारी, प्रेम मोहन सिंह, कृष्णकेश श्रेष्ठ, बलराम घिमिरे, ज्ञानेन्द्रमणि त्रिपाठी, राजकुमार मिश्रा, धिरेन्द्र बर्मा, जर्नादन पराजुली, राजेश उपाध्याय निवाचित भएका छन् ।

संघको पाँचौ अधिबेशनका लागि चुनाव भएको हो । शनिबार विहान १० बजे देखि साझ ५ बजे सम्म चुनाव भएकोमा राती १२ बजे मात्र मतगणना सकिएको थियो । संघमा २ सय २३ सदस्य रहेकोमा चुनावमा १ सय ९२ जनाको मत खसेको निर्वाचन समितिले जनाएको छ । पाँचौ अधिवेशनबाट कुल खसेको १९२ मतमा सबै भन्दा बढि १७० मत मधेश मिडिया सोसाइटीका अध्यक्ष मनोज श्रीवास्तवले ल्याएका छन् ।

तीन कामलाई प्राथमिकता दिन्छुः शर्मा
सभापतिमा निर्वाचित शर्माले आफ्नो कार्यकालमा तीन कामलाई प्राथमिकताका साथ अगाडी बढाउने प्रतिवद्दता जनाए । तौलिहवामा रहेको आँखा उपचार केन्द्रलाई जमिन र भवन तथा सेवा थप गरी अस्पतालको रुपमा स्तर उन्नती गर्ने, वाणगंगा नगरपालिका, महाराजगंज नगरपालिका र मायादेवी गाउँपालिकामा सेवा विस्तार गर्ने, नेत्र ज्योती संघ र आँखा उपचार केन्द्रको काम कार्वाहीको प्रणालीको विकास गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय