पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार/ज्यालादारी कर्मचारीलाई स्थायी गरिने, सहमतिपछि आन्दोलन फिर्ता

हेल्थपोष्ट
प्रकाशित
२०७५ असोज १९ गते १४:३०

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार÷ज्यालादारी कर्मचारीलाई स्थायी गर्ने सहमति, आन्दोलन फिर्ता
हेल्थपोस्ट

प्राज्ञिक कार्यक्रम सञ्चालनमा समेत नआइसकेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई प्रक्रिया पु¥याएर स्थायी गर्ने सहमति प्रतिष्ठान प्रशासनले गरेको छ । त्यसैगरी ०६४ मा स्थायी भएका कर्मचारीको एक तह वृद्धि गर्नेसमेत सहमति भएको छ । एक साताभन्दा लामो हडताललगायत विरोधका कार्यक्रममार्फत आन्दोलनमा रहेका कर्मचारीसँग शुक्रबार विश्वविद्यालय प्रशासनले यस्तो सहमति गरेको हो ।

सहमतिअनुसार प्रतिष्ठानतर्फ दोस्रो सभाअघिदेखि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न प्रतिष्ठानका तर्फबाट आगामी सभा बैठकबाट स्वीकृति गराई एक हप्ताभित्र एकपटकका लागि सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको छ ।

सम्पूर्ण कर्मचारीलाई स्थायी गर्नुपर्ने प्रमुख मागसहित लामो समयदेखि चरणबद्ध आन्दोलन चलिरहेको थियो । आन्दोलनकारी र प्रशासनबीच शुक्रबार सहमति भएको छ । विश्वविद्यालयका उपकुलपति डा. बुद्धिबहादुर थापाको उपस्थितिमा भएको वार्तापछि दुवै पक्षबीच तीनबुँदे सहमति भएको हो ।
सहमतिअनुसार प्रतिष्ठानतर्फ दोस्रो सभाअघिदेखि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न प्रतिष्ठानका तर्फबाट आगामी सभा बैठकबाट स्वीकृति गराई एक हप्ताभित्र एकपटकका लागि सीमित आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति भएको छ ।

त्यसैगरी ०६४ मा स्थायी भएका कर्मचारीको १ साउन ०७५ देखि लागू हुने गरी समायोजन तथा १ साउनदेखि नै लागू हुने गरी एक तह वृद्धि असोज मसान्तसम्म गरिसक्नेसमेत सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत कर्मचारीले शुक्रबारदेखि विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सहमतिपत्रमा प्रतिष्ठानका तर्फबाट डिन नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा. अर्जुन आचार्यले हस्ताक्षर गरेका छन् । कर्मचारीका तर्फबाट अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, डा. दिनेशकुमार विकलगायत ८ जनाले हस्ताक्षर गरेका छन् ।

One thought on “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका करार/ज्यालादारी कर्मचारीलाई स्थायी गरिने, सहमतिपछि आन्दोलन फिर्ता

  1. अब यो प्रतिष्ठान पनि डुब्ने भयो । न्याम्स मा झै यहा पनि प्रश्न पत्र सुरुमै बाडेर घर बाट उत्तर ल्याएर लोक सेवा को प्रतिनिधि एक कुना मा मो मो ख्वाएर जाच लिएर पास गर्ने होला । so sorry to my nation. पहिला सोर्स फोर्स लगाउ जागिर खाउ हड्ताल गर अदालत जाउ पैसा ख्वाउ जागिर पड्काउ, जय होस सबैको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय