विज्ञापनमा चिकित्सकलाई अत्यन्त तुच्छ रूपमा चित्रण गरिएको छ

डाक्टरलाई ‘तुच्छ चित्रण गर्ने’ विज्ञापनविरुद्ध आज तकका सम्पादकलाई डाक्टरले देखाए पत्रमार्फत ऐना

आदरणीय सम्पादक महोदय,

तपाईंको च्यानलमा प्रसारण भइरहेको एउटा विज्ञापनमा चिकित्सकलाई अत्यन्त तुच्छ रूपमा चित्रण गरिएको छ । विज्ञापनमा भनिन्छ, ‘जब इलाज करने वालों की सोंच ही विमार पड जाये तो सच दिखाना जरुरी हैं ।’ (जब उपचार गर्नेवालाको सोच नै रोगी छ भने सही के हो बुझाउन जरुरी हुन्छ ।)

सारा समाजलाई एउटै ब्रसले पेन्ट गर्नु वास्तवमै आपत्तिजनक र अस्वीकार्य छ । म यस्ता केही कठोर वास्तविकता यहाँ प्रस्तुत गर्न चाहन्छु, जसले यस्ता विज्ञापन टिभीमा प्रसारण गर्नु किन गलत छ भन्ने पुष्टि गर्नेछन् ।
सर,
प्रस्ट छ, भारतीय चिकित्सकहरूको कडा मिहिनेत, सीप, लगाव र प्रतिबद्धताका कारण नै अहिले भारत दक्षिण एसियामा सिंगापुर र थाइल्यान्डपछि तेस्रो मेडिकल टुरिजम गन्तव्यका रूपमा उदीयमान छ । यो मात्र होइन कि, मेडिकल टुरिजन अहिले भारतमा बर्सेनि २० प्रतिशतले अगाडि बढिरहेको छ ।

आदरणीय सर,
भारतीय चिकित्सकहरू अहिले विश्वभरि नै जहाँ जान्छन्, सम्मानित भइरहेका छन् । एक अमेरिकी अध्ययनले देखाएको छ कि– भारतीय चिकित्सकले उपचार गरेका बिरामी अन्य देशका चिकित्सकले उपचार गरेका बिरामीको तुलनामा बढी बाँच्छन् ।
अस्ट्रेलिया (भारतभन्दा धेरै सानो राज्य)मा बिरामीले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न १ वर्षभन्दा बढी समय पर्खनुपर्छ । तर, भारतमा कुनै पनि अस्पतालमा बिरामीले विशेषज्ञ चिकित्सकसँग भेट्न यति लामो समय पर्खनुपर्ने तपाईंले विरलै सुन्नुभएको होला ।
यो भारतमा मात्रै होला, तपाईंजस्तो च्यानल र आमीर खानजस्ताको हिपोक्रेसीका कारण भारतीयहरूलाई राक्षसका रूपमा चित्रित गरिएको छ, जुन वास्तवमै होइन । अधिकांश भारतीय चिकित्सक इथिक्स, नैतिक मूल्य र इमानदारीका साथ काम गरिरहेका छन् । तर, तपाईंजस्ता च्यानलहरूले जे गरिरहनुभएको छ, वास्तवमै गैरकानुनी, अनैतिक र आपत्तिजनक छ ।
‘जब न्युज दिखाने वाले विक जाये तो सच दिखाना जरुरी हैं’

पख्नुस्, म यहाँ केही ऐना देखाउनेछु ।
१. के तपाईंहरूसँग विज्ञापनको निश्चित समयका लागि निश्चित स्लटको एमआरपी तोकिएको छ ? यदि छ भने यो दिनभरिका लागि एउटै छ कि फरक छ ?
जब कि, कुनै पनि अस्पतालमा कुनै पनि निश्चित चेकजाँचको मूल्य सधैँ एकनास हुन्छ, न कि कुनै महामारीका वेला हामी मूल्य बढाउँछौँ । बिरामीलाई अधिक आवश्यक परेका वेला बरु हामीले बिरामीको सेवामा निर्धारित समयभन्दा बढी नै काम गरेका हुन्छौँ । जब कुनै ठाउँमा महामारी अथवा ठूलो संख्यामा एउटै समस्याबाट प्रभावित हुन्छन्, अधिकांश चिकित्सकहरू दिनरात नभनी निःशुल्क सेवामा खटिएका हुन्छन् । तपाईंजस्ता च्यानलले कहिल्यै त्यस्तो अवसर छोड्नुहुन्छ– टिआरपीका लागि ?

२. के सबै च्यानलले निश्चित ग्राहकलक्षित विज्ञापनको एउटै मूल्यदर तोक्छन् ? या यो च्यानलैपिच्छे फरक पर्छ ?
तर, हामी त्यसो गर्दैनौँ । हामी सबै बिरामीका लागि एउटै मूल्य तोक्छौँ । प्रोसिड्युरको करिब–करिब सबैजसो अस्पतालमा शुल्क लगभग मिल्छ ।

३. तपाईं, अनि त्यस्तै धेरै च्यानलहरूमा प्राइम टाइममा मनगणन्ते वकवासहरू देखाइन्छन्, जसले वास्तविकता नै तोडमोड गरी भाषणद्वारा जनतालाई गलत उपचार विधितर्फ निर्देशित गरिरहेका हुन्छन् । बरु जनतालाई त्यस्ता ठगहरूबारे सचेत गराउनका लागि प्लेटफर्म प्रदान गर्नु त कता हो कता । त्यस्ता प्रतिष्ठित न्युज च्यानलका विज्ञापनका कारण धेरै सोझासाझा जनता त्यस्ता ठगको चंगुलमा फस्न पुगेका छन्, जुन वास्तवमै सत्यमाथिको धोका हो ।
तर, हामी चिकित्सक कहिल्यै ‘इजी मनी’का लागि त्यस्ता अनैतिक क्रियाकलापमा संलग्न हुँदैनौँ ।

४. तपाईंजस्ता च्यानलले अजरुद्दिन, अजय जडेजाजस्ता घृणित क्रिकेटरलाई ल्याएर हिरो बनाउनुहुन्छ । त्यस्ता म्याच फिक्सरका दोषीले तपाईंहरूको सुसज्जित स्टुडियोमा आरामदायी तरिकाले बसेर क्रिकेटबारे उपदेश दिँदा उदीयमान क्रिकेटर र क्रिकेटप्रेमीले कसरी लिन्छन् होला ।
तर, हामी चिकित्सक कहिल्यै यस्ता अनैतिक क्रियाकलाप गर्दैनौँ ।

५. तपाईंजस्ता च्यानलले शत्रु राष्ट्रबाट गेस्ट बोलाएर राष्ट्रविरुद्ध उचाइ दिनुहुन्छ, मात्र टिआरपीका लागि । यो लाखौँ देशभक्त भारतीयको राष्ट्रप्रेमको क्रूर हत्या हो, जो आफ्नो मातृभूमिविरुद्धका गतिविधि दिनहुँ सुन्न बाध्य छन् । के यसले भारतभित्रै भारतविरोधी गतिविधिलाई बलियो बनाउँदैन ?
हामी पेसागत रूपमा यस्ता देशविरोधी गतिविधि कहिल्यै गर्दैनौँ ।

६. खोजमूलक पत्रकारिताका नाममा तपाईंहरूजस्ता च्यानलले स्टिङ अप्रेसन चलाउनुहुन्छ र त्यस्ता स्टिङपीडितको ब्ल्याकमेलिङ गर्नुहुन्छ । यदि तिनीहरू तपाईंहरूका अन्यायपूर्ण मागमा सती गएनन् भने त्यो स्टिङ प्रसारण गर्नुहुन्छ । यदि माग पूरा भयो भने त्यो स्टिङ ट्र्यासमा जान्छ ।
हामी चिकित्सक कहिल्यै त्यस्तो गर्दैनौँ ।

यस्तो लिस्ट त लामै छ आदरणीय सर ! यी त केही हामीजस्ता बाहिरियाले समेत थाहा पाउने उदाहरण मात्र हुन् । तपाईंहरूजस्ता क्रान्तिकारी च्यानल र धेरै राजनीतिक पार्टीको स्टुडियोभित्र गोप्य सम्झौता के हुन्छ, त्यो त पब्लिकसम्म कहिल्यै पुग्दैन । तपाईंहरू आफैँ आफूलाई लोकतन्त्रको चौथो अंगका रूपमा घोषणा गर्नुहुन्छ, जब कि वास्तवमा तपाईंहरू ब्ल्याकमेलरहरूको झुन्ड भएर पनि राजनीतिक दलसँगको नेक्ससका कारण फ्रिली घुम्नुहुन्छ ।
नोबेल पेसाविरुद्ध यस्ता झुट फैलाउन बन्द गर्नुहोस्, जुन तपाईंहरूको भन्दा कैयौँ गुना राम्रो छ ।

तपाईको आज्ञाकारी

डा.राज शेखर यादव
एमडी/मेडिसिन

नोटः आज तकले बनाएको एउटा टेलिभिजन विज्ञापनमा डाक्टरले विरामीलाई औषधि किन्नका लागि तोकिएकै औषधि पसल पठाएको र औषधिले नै राम्रो भइरहेको छ भनिरहेका एक जना विरामी शल्यक्रिया नै गर्नुपर्छ भनिरहेको दृश्य देखिने विज्ञापनलाई लिएर उनले लेखेको पत्र सेप्टेम्बरमा प्रकाशित भएको थियो । जुन आजतकको वेइभसाइटमा समेत छ । :सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय