सुमी र टाइम कम्पनीका एन्टिबायोटिक्समा सम्झौताविपरीत केमिकल, सरकारले औषधि नलिने

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज १६ गते १७:०३

सरकारले निःशुल्क वितरण गर्ने एन्टिबायोटिक्स डक्सिसाइक्लिनमा सम्झौताअनुसारको गुणस्तरको केमिकल नराखिएको भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको छ ।  २ करोड क्याप्सुल आपूर्तिका लागि थापागाउँस्थित इमरेल्ड फर्माले एउटा स्पेसिफिकेसन पेस गरेर अर्कै औषधि आयात गरेको थियो । आपूर्तिकर्ताले टाइम्स र सुमी कम्पनीबाट उत्पादित डक्सिसाइक्लिन पहिलो चरणमा ५० हजार क्याप्सुल दिएका थिए ।

त्यसको परीक्षण गरेर हेर्दा भनिएभन्दा फरक प्रकृतिको चिनियाँ केमिकल हालेको भेटिएको थियो । सोलगत्तै मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले आपूर्तिकर्तालाई पत्राचार गरेर औषधि नलिने जानकारी गराएको छ ।
पत्रमा २ करोड क्याप्सुलमध्ये १ करोड सप्लाई गर्न २०१७ मा भएको टेक्निकल स्पेसिफिकेसनमा भएको प्रावधानमा फरक पर्न गएको उल्लेख छ ।

सरकारले औषधि लिने प्रक्रिया अगाडि बढाउँदा गुणस्तरको सुनिश्चिता तथा सार्वजनिक खरिद प्रक्रियाको मर्मअनुकूल नहुने भन्दै डब्लुएचओ जिएमपी उत्पादित (एपिआई) प्रयोग गरी उत्पादन भएको डक्सिसाइक्लिन क्याप्सुल १०० एमजी सम्झौताविपरीत भएको जनाएको छ । सरकारले इमरेल्डले आपूर्ति गर्न खोजेको औषधि आपूर्ति गर्दा गुणस्तर सुनिश्चित नहुने भएकाले लिन नहुने बेहोरा ८ असोज ०७५ मा गरेको र सोहीअनुसार कम्पनीलाई जानकारी गराएको छ ।

5 thoughts on “सुमी र टाइम कम्पनीका एन्टिबायोटिक्समा सम्झौताविपरीत केमिकल, सरकारले औषधि नलिने

  1. ON Line News मा औषधी सप्लाई सम्बन्धमा प्रकाशित समाचार प्रति यस कम्पनीको ध्यान आकृष्ट भएको छ ।
    यो कम्पनी औषधीहरु उत्पादन गरी नेपालमा विक्रि वितरण गर्ने उद्येश्यले स्थापित कम्पनी हो । यसले उत्पादन गर्ने औषधहरु औषधी व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार उत्पादन हुने गर्दछ′ । हामीले उत्पादन गर्ने औषधीहरुको गुणस्तरको मापदण्ड औषधी व्यवस्था विभागबाट नियमित रुपमा हुने गरेको छ ।
    स्वास्थ्य सेवा विभागबाट मिति …………… मा प्रकाशित संचना बमोजिम एण्टी बायोटिक्स डकसिसाइक्लिन औषधी सल्पाई गर्न यस कम्पनीले पनि टेण्डर दिएको थियो । त्यसमा माफा गरिएको औषधी र यस कम्पनीले सप्लाई गर्ने औषधी व्यवस्था विभागले तोकेको मापदण्ड अनुसारको नै रहेको छ ।
    नेपालमा उत्पादन हुने औषधीहरु औषधी कम्पनीहरुले औषधी व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार नै उत्पादन गर्ने गरेको छन् र ती औषधीहरु आम नेपाली सवैले उपयोग गरी रहेका छन् । एन्टी बायोटिक्स डकसिसाइक्लिन औषधी पनि त्यसरी नै उत्पादन मै बिक्री वितरण भै रहेको औषधी हो । यदि औषधी व्यवस्था विभागले औषधी उत्पादनका लािग तोकेको मापदण्ड अपुर्ण भए उत्पादनको मापदण्ड औषधी व्यवस्था विभागबाटै परिवर्तन हुनुप¥यो त्यसो नगरी औषधी उत्पादन गर्ने मापदण्ड निर्धारण गर्ने निकायले तोकेको मापदण्ड अनुसार उत्पादन भएको औषधी लाई कम गुणस्तरको भनि रेगुलेटिङ्ग अथोरिटिकै तालुक निकायले स्वास्थ्य मन्त्रालय भन्नु लज्जााजनक विषय रहेको प्रतिकृया व्यक्त गर्दछु ।

    भवदीय

    सीता पोखरेल
    प्रशासन प्रमुख
    सुमी फर्मास्युटिकल्स प्रा.लि.

  2. Sumy pharmaceuticals prati lagayeko yo abhadra lanxanko ma ghor ninda gardaxu kin ki ma 7 years jati yo organisationma kaam gareko ra dherae thauma tendarma pani medicine haliyo yahaka top levelka doctorle pani ramrae proscribed garyo yasko production system dekhiliyer molecules sammako bisesta thaha xa strile product cardiovascular product suger product production garne organisationle manab hitmae raher karya garxan……

  3. यस्ता फाल्तु र अाधारहीन समाचार छापिएकाेमा दुख लागेकाे छ।परीक्षण गरेर चिनियाँ अथवा भारतीय केमिकल पता लगाउन सकिदैन।संसारका अाधा अाैषधीकाे कच्चा पदार्थ चिनमा बन्छ।नेपालकाे सार्बजनिक खरीदमा अाफनाे स्वार्थका लागी हालीने स्पेसिफिकेशन नमिलेकाे हाे।याेअाैषधीकाे गुणस्तर संसारकाे जुनसुकै प्रयाेगशालामा परीक्षण गरे पानि पास हुन्छ।

  4. This is not a ethical way of reporting. Prior to publishing better understand the real scenario. The title is not assumed as per the report. Better try to give the solution, if we have on the above said issues. Regarding quality issue, only DDA in case of Nepal can check all. No country biased on importing RMPM.
    Thanks.

  5. सुमी फर्मास्युटिकल्सले उत्पादन गर्दै आइरहेको औषधी ODIDOX ( Doxycycline Hcl) मा त्यस्तो गुणस्तरहिन तत्वको प्रयोग भएको भन्ने कुरामा म पनि असहमत छु! बिगत लामो समय देखी उक्त संस्था अन्तर्गतको Quality Control मा काम गरेको अनुभव छ! हचुवाको भरमा कुन देशको केमिकल प्रयोग भएको हो भन्ने कुरा भन्नु असुहाउँदो छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय