२३ वर्षदेखि डायलाइसिसको भर

नेपालमै डायलाइसिस सेवा सुरु भएको तीन दशक भयो । असनका राजु तुलाधर वीर अस्पतालका सबैभन्दा पुराना डायलाइसिस ‘प्यासेन्ट’हुन्, जो २३ वर्षदेखि निरन्तर डायलाइसिस गराइरहेका छन् । यो नै उनको जीवन धान्ने एक मात्र विकल्प हो ।
शरीरको महत्वपूर्ण अंग मिर्गौलाले काम गर्न छाडेपछि दुई मात्रै विकल्प हुन्छन्– प्रत्यारोपण वा आजीवन डायलाइसिस । प्रत्यारोणपछिको जीवन जति सहज हुन्छ, डायलाइसिसको भरमा जीवन धान्न शारीरिक र स्वास्थ्यका दृष्टिले निकै कष्टप्रद मानिन्छ । तर, यी प्रतिकूलतासँग संघर्ष गरेरै जीवनरूपी रथ हाँकिरहेका छन् तुलाधर । त्यति मात्रै होइन, उनी अरूलाई डायलाइसिस उपचार सेवासँगै आफ्नै व्यवसायसमेत अगाडि बढाइरहेका छन् ।

सेवा सुरु गरेको ३० वर्ष पुगेको अवसर पारेर वीर अस्पतालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनी अतिथिका रूपमा बोलाइएका थिए । ५५ वर्षका भए तुलाधर । उनी वीर अस्पतालको नेफ्रोलोजी विभागले प्रदान गर्दै आएको हेमोडायलाइसिस सेवा २३ वर्षदेखि प्रयोग गर्दै आएका छन् । सम्भवतः उनी वीर अस्पतालमा सबैभन्दा लामो समय नियमित सेवा लिने बिरामी हुन् ।

२३ वर्षअघि एकदमै ज्वरो आउने तथा शरीरमा सन्चो नभएजस्तो अनुभव भएपछि स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुगेको हिजैजस्तो लाग्छ उनलाई । ‘स्वास्थ्य परीक्षणपश्चात् थाहा भयो, मेरा दुईवटै मिर्गौला फेल भएका रहेछन्,’ उनी सम्झन्छन् । त्यतिवेला नेपालमा मिर्गौला प्रत्यारोपण कल्पनाबाहिरको कुरा थियो । ‘ट्रन्सप्लान्ट गर्छु भनेर भारत पनि गएँ,’ उनी सम्झन्छन् ।

सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

त्यतिवेला उनका दिदीबहिनीले मिर्गौला दिने पनि भनेका थिए, तर पछि दिएनन् । अझै पनि उनलाई ट्रान्सप्लान्ट गराउने मन छ, तर अंग दिन चाहने र मिल्ने कुराको संयोग जुरेको छैन । मिर्गौला ट्रान्सप्लान्ट महँगो हुनाले पनि डायलाइसिस गरेर बस्नुपरेको उनको भनाइ छ ।सुरुमा वीर अस्पतालमै पनि डायलाइसिस सेवा महँगो थियो ।

वीरमा मासिक १५–२० हजारसम्म खर्च हुन्थ्यो भने अन्य निजी अस्पतालमा डायलाइसिस गर्नुपरेमा ५० हजार रूपैयाँ तिर्नुपथ्र्यो, जुन मध्यम वर्गीय परिवारका लागि पहुँचको विषय थिएन । डायलाइसिस हप्ताको दुईपटक गर्नुपर्ने हुन्छ ।
पछि मिर्गौलारोगी संगठित भएर डायलाइसिस निःशुल्क गर्न माग गर्न थाले । सरकारले पनि यो सेवा निःशुल्क बनाएको हो । यस दौरान उनले डायलाइसिसका लागि खेतबारी, घर तथा भएको सम्पूर्ण सम्पत्ति उपचारमा सके । ‘असनमा भएको एउटा घर पनि बेचेर डायलाइसिसका लागि खर्च जुटाएँ,’ उनी भन्छन् ।

तुलाधरका एउटा छोरा छन् । बिरामी हुनुपूर्व उनी आफैँले खोलेको गार्मेन्टमा काम गर्थे । दुवै मिर्गौला फेल भएको थाहा भएपछि उनले सम्पूर्ण व्यवसाय छाडे । व्यवसाय बेचेर आएको पैसासमेत डायलाइसिसमै खर्च भयो । ०५३ मा डायलाइसिस सुरु गरेपछि ०५८ सम्म त कुनै पनि काम गर्न सकेनन् उनले । ‘मानसिक रूपमा पनि तनाव मात्रै हुन्थ्यो,’ उनी सम्झन्छन् ।
यस्तो रोग लागेपछि आर्थिक संकटको स्थिति देखापर्ने भएकाले पनि होला, घरपरिवारबाट जति सहयोग पाउनुपथ्र्याे, त्यति नपाएको उनको गुनासो छ । ‘आर्थिक अभाव सिर्जना गर्ने भएकाले परिवारका सदस्यहरू पनि टाढा भएजस्तो अनुभव हुँदोरहेछ’ उनले भने । उपचारका लागि परिवार तथा नातेदारबाट कुनै पनि प्रकारको आर्थिक तथा अन्य सहयोग प्राप्त नभएको उनको दुखेसो छ । उनी भन्छन्, ‘सहयोगका लागि कसैसँग खासै अपेक्षा पनि गरिन ।’

अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

सरकारले डायलाइसिस सेवा निःशुल्क नगराउँदासम्म उनीजस्ता धेरै बिरामीलाई एउटा डायलाइसिस पूरा भएपश्चात् अर्काे डायलाइसिस कसरी गर्ने भन्ने चिन्ताको विषय बन्ने गरेको थियो । तर, अहिले निःशुल्क भएपछि त्यो चिन्ता हटेको छ । तर, अझै पनि सरकारले मिर्गौलापीडितले खाने औषधि भने निःशुल्क गराएको छैन, जुन अहिले समस्या बनेको तुलाधरको भनाइ छ ।
३ वर्षदेखि उनले आफूजस्तै मिर्गौलारोगीको समस्यालाई मध्यनजर गरी पार्टनरसिपमा काठमाडौंको गोंगबुमा डायलाइसिस सेन्टरसमेत खोलेका छन् । सो सेन्टरमा सयभन्दा बढी बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । ‘मेरो रोग नै त्यही भएकाले र मेरो योजनामा साथ दिने साथी भेटिएकाले पनि मलाई उक्त सेन्टर खोल्नका लागि थप प्रेरणा प्राप्त भयो,’ उनी भन्छन् ।
विगतभन्दा अहिले मिर्गौला फेल भएका बिरामीको संख्या बढी भएको उनको अनुभव छ । कतिपय बिरामीको डायलाइसिस गर्ने ठाउँ नपाएर अकालमै मृत्यु हुने गरेकाले उनमा सेन्टर खोल्ने सोच आएको थियो ।सबै मिलेर बैंकबाट ऋण लिएर उक्त सेन्टरको स्थापना गरेको उनी बताउँछन् । डायलाइसिसमा रहनेमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न प्रकारका रोगले छिटै आक्रमण गर्छ । सधैँ बिरामी भइरहने मान्छे भनेर पनि परिवारले खासै सहयोग नगरेको अनुभव उनको छ ।
अहिले उनका लागि अस्पताल नै घरजस्तै भइसकेको छ । नर्सहरूले गर्ने असल व्यवहारले पनि उनलाई अस्पताल नै घर लागेको हो । ‘अहिले त लाग्छ, म नर्सहरूको सद्भावका कारण नै बाँचिरहेको छु,’ उनी भन्छन्, ‘डाक्टरहरूले गर्ने व्यवहारबाट पनि म सन्तुष्ट छु ।’

डायलाइसिस गराइरहेका बिरामीले सकेसम्म झोल भएको खानेकुरामा एकदमै सतर्क हुनुपर्ने उनी बताउँछन् । बढी झोल भएको खानेकुरा खाएमा मेसिनको सहायताले अतिरिक्त पानी निकाल्नुपर्ने हुनाले ठोस खानेकुरा बढी उपयुक्त हुन्छ ।
अहिले उनको उपचार र रेखदेख डाक्टर रजनी हाडाले गरिरहेकी छिन् । हाडाको व्यवहार र सहयोगप्रति पनि उनी अभारी छन् ।
आफू डायलाइसिसको भरमा बाँचे पनि उनी डायलाइसिस गराउन आउनेहरूलाई ट्रान्सप्लान्ट नै गराउनका लागि सल्लाह दिन्छन् ।‘डायलाइसिसले रोग निको हुने होइन,’ उनी भन्छन्, ‘कष्टकर जीवन जिउनुभन्दा यथासम्भव ट्रान्सप्लान्टकै बाटो रोज्न मेरो सल्लाह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय