नेफामा कांग्रेस निकटका जनस्वास्थ्यकर्मी विजयी (मतसहित)

जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा)को नेतृत्वमा योपटक पनि कांग्रेस निकटको पेशागत समूहले नै जित हात पारेको छ । केही अन्तरकलहबीच पनि सत्तापक्षीय वाम गठबन्धन साझा प्यानल बनाएर मैदानमा उत्रिएको सत्ता निकटको प्रगतिशील समूहका उमेदवारलाई हटाउँदै अध्यक्ष पदमा पुराना पूर्व जनस्वास्थ्य प्रशसन श्रीकृष्ण भट्ट विजयी भएका छन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारीमा जित हात पारेको पेशागत समूहले सचिव र तीन सदस्य भने प्रगतिशीलको पोल्टामा छाड्न परेको छ । शनिबार सम्पन्न मतदानको परिणामअनुसार भट्टले ६०४ मत ल्याए । प्रगतिशील समूहका मोहनकृष्ण श्रेष्ठले ५२७ मत ल्याएका थिए । २८ वर्ष पुरानो संस्था नेफामा नेतृत्व हत्याउन सत्ताको व्यापक दुरुपयोग गरे पनि अन्ततः मतपरिणाम आफूहरुकै पक्षमा आएको भनाई पेशागत समूहको छ ।

मत परिणामअनुसार उपाध्यक्ष पदमा कृष्णमान शाक्य, महासचिव महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तर २७३ ले विजयी भए ।

यसैगरी सचिवमा दिपेन्द्र खड्का, कोषध्यक्षमा विनोद जोशी, सह कोषध्यक्षमा सञ्जिवकुमार साह विजयी भएका छन् । समावेशी सदस्य तर्फ विमला भट्ट, रोशन लामा र प्रजिता मालि विजयी भएका छन् ।
सदस्यमा कमल रानाभाट, कैलश श्रेष्ठ, निधुराम टंगाल, राजनबाबु सिलवाल, रामचन्द्र साह र रविकान्त मिश्र विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय