नर्भिकले सय बेडको छुट्टै अस्पताल बनाउने दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने दावी

हेल्थपोस्ट नेपाल

 

नर्भिक इन्टरनेशनल हस्पिटलले सय बेडको नयाँ भवनसहित हस्पिटललाई दक्षिण–पूर्वी एशियाकै सर्वेत्कृष्ट अस्पताल बनाउने घोषणा गरेको छ ।
नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले विश्व मुटु दिवस २०१८ समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । अस्पतालले अति विशिष्ट क्रायो सेवासहित कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरुगर्ने जनाएको छ । उनले विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठन भएको समेत बताए ।
प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको भन्दै सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । चौधरीले अस्पताललाई दक्षीण एसियानै नमूना अस्पताल बनाउने प्रण गरे ।
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरू सहित करिब २०० जना विशिष्ट व्यतित्वलाईसमेत सहभागी गराइएको थियो ।
अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.यादवदेव भट्टले नर्भिकको मुटुरोग विभागलाई नेपाली जनताको उच्चतम् सेवाका खातिर नयाँ उचाईमा पु¥याउने योजना रहेको बताए । हृदयाघात पश्चात् बिरामीको ज्यान बचाउन गरिने एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपका लागि अमेरिकन कार्डियाक एशोसियनले निर्धारित गरेको (प्रक्रिया सकेर बिरामी शय्यामा सार्ने) समय घटाएर नेपालले मुटुरोग सेवाको गुणस्तरको प्रमाणित गरेको बताए । एशोसियासनले सो समय ९० मिनेट तोकेपनि नर्भिकको उक्त समय(धेरैजसो केसहरूमा) केवल ६० मिनेट मात्रै रहेकोले नर्भिकको दावी गरे ।
अर्का मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवालले विरामीहरु मात्रै नभएर स्वस्थ व्यक्तिले समेत स्वस्थकर भोजन र उपयुक्त जीवनशैली अपनाउनुपर्ने बताए ।
कार्यक्रममा केही विरामीले नर्भिकमा जटिल मुटुरोगको उपचार गराउदाको अनुभव सुनाएका थिए । विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् । विश्व मुटु दिवस नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा मनाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *