मुटु दिवसमा वाकाथन

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज १३ गते १८:०७

काठमाडौ क्षेत्र नं ४ सासंद कार्यलयले पिपल्स हेल्थ अभियान अन्र्तगत मुटुरोग दिवसको अवसरमा वाकाथन कार्यक्रम गरेको छ । मुटु रोग नियन्त्रण भार कम गर्न हिड्नुको महत्वबारे जनचेतना बढाउने उदेश्यले वाकाथन आयोजना गरिएको हो । विश्व मुटु महासंघको अह्वानमा २९ सेप्टेम्बरमा मनाईने विश्व मुटु दिवसका विभिन्न संघ संस्थासहित अस्पतालहरुसमेतले मनाएका थिए ।
पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौ क्षेत्र नं ४ का सासंद गगन थापाको नेतृत्वमा गौशालाबाट सुरुभएको वाकाथन पशुपति परिसर, विश्वरुपा हुँदै गौरीघाटबाट कैलाश डाँडाहुँदै पुनः गौशाला पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमलाई संवोधन गर्दै थापाले खानापान र जीवनशैलीमा ख्याल नगर्दा विश्वमा ठूलो जनसंख्या मुटुरोगको जोखिमा फस्दै गएको भन्दै जीवनशैली परिवर्तनका लागि सबैसँग आग्रह गरे । थापाले धेरैजसो मानिसमा मुटुरोग बृद्ध अवस्थामा मात्रै लाग्छ भन्ने भ्रममा रहेर जोखिमपूर्ण व्यवहार अपनाउँदा युवा अवस्थामै ज्यान जाने घटनासमेत बढ्दै गएको बताए ।
थापाले व्यक्ति र परिवार स्वास्थ्य रहेमात्रै देश स्वास्थ रहेने भन्दै स्वास्थ्यप्रति सजग रहन आम नागरिकसँग आह्वान गरेका थिए ।
त्यसैगरी ग्रान्डी इन्टरनेशनल हस्पिटलले पनि मुटु दिवसको अवसर पारेर विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको छ । अस्पतालले औपचारिक कार्यक्रमसँग स्वास्थ्य जाँच, परामर्श कार्यक्रम, विभिन्न स्टलमार्फपनि जनचेतना जगाउँने कार्यक्रम गरेको अस्पतालका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा.ओममुर्ति अनिलले बताए ।
अस्पतालमा आयोजित कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरे, नेपाल राष्टर् बैंकका गर्भनर चिरञ्जिवी नेपाल, कलाकार हरिवंश आचार्य, अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेलगायतले मुटुरोग र यसबाट बच्ने विधिबारे धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय