‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’मार्फत घरघरमा सेवा पु-याउँदै बूढानीलकण्ठ

हेल्थपोस्ट नेपाल

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले रोग लाग्न नदिन अभियान चलाएको छ । यसका लागि नगरपालिकाले विगत १ वर्षदेखि ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ सञ्चालन गर्दै आएको हो ।

केन्द्रले रोग लाग्नुभन्दा पहिले नै नगरपालिकावासीलाई स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन गर्ने गरेको छ । सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले नगरपालिकाभित्रका सर्वसाधारणलाई निःशुल्क उपचार सेवा दिँदै आएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए । सो कार्यक्रम सञ्चालनका लागि सरकारले बूढानीलकण्ठ नगरपालिकालाई एक वरिष्ठ चिकित्सक, जनस्वास्थ्य अधिकृत ल्याब टेक्निसियन, स्टाफ नर्स, कम्प्युटर सहायकको व्यवस्था गरिदिएको छ ।

केन्द्रले रोग लाग्नुभन्दा पहिले नै नगरपालिकावासीलाई स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन गर्ने गरेको छ ।

स्वास्थ्यकेन्द्रको प्रभावकारिता वृद्धि गर्न नगरपालिकाले ४४ लाखको औषधि खरिद गर्नुका साथै स्वास्थ्यचौकीको भवनमा ल्याबका सामग्री जडान गरेको छ । खरेलले भने, ‘स्वास्थ्यकेन्द्रले बूढानीलकण्ठ नगरपालिकाभित्रका जनता बिरामी भएर सिकिस्त हुने अवस्थामा नपुगून् भन्नका लागि नगरपालिकाले स्थापना गरेको यस केन्द्रले जनस्वास्थ्यसम्बन्धी सुझाब दिने गरेको छ ।’

अन्य जिल्लामा पूर्वाधार विकास नभएका कारण ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ सञ्चालनको स्वीकृति नभएकाले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले मात्र केन्द्र सञ्चालनका लागि स्वीकृति पाएको नगरप्रमुख खरेल बताउँछन् ।

स्वास्थ्यकेन्द्रले बूढानीलकण्ठ नगरपालिकावासीको स्वास्थ्य परीक्षणका साथै नगरपालिकाभित्र कुन रोगका कति बिरामी छन्, बजारमा खाद्यान्न, मासु, र खानेपानीको अवस्था के–कस्तो छ भन्ने विषयमा समय–समयमा अध्ययन गरिरहेको नगरप्रमुख उद्धव खरेलले बताए । नगरपालिकामा स्वास्थ्य क्षेत्रका नीति–निर्माणको काममा पनि सहरी स्वास्थ्य क्षेत्रका नीति–निर्माणको काममा पनि सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले सहयोग गर्ने खरेलले बताए । स्वास्थ्यमन्त्री गगन थापाको समयमा मन्त्रालयले नेपालका सबै जिल्लामा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
अन्य जिल्लामा पूर्वाधार विकास नभएका कारण ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ सञ्चालनको स्वीकृति नभएकाले काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले मात्र केन्द्र सञ्चालनका लागि स्वीकृति पाएको नगरप्रमुख खरेल बताउँछन् ।

काठमाडौं महानगरपालिकाले १० र बूढानीलकण्ठ नगरपालिकाले २ वटा केन्द्र सञ्चालनको अनुमति पाएका हुन् । काठमाडौं महानगरपालिकाले केन्द्र सञ्चालनको स्वीकृति पाए पनि सञ्चालन गर्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाले भने २ वटा सहरी स्वास्थ्यकेन्द्र सञ्चालन गरेको मेयर खरेल बताउँछन् ।
नेपाल सरकारले केन्द्रलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि दुवै केन्द्रलाई ४०–४० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाको वडा नं. ११ कपनमा तथा वडा नं. ३ चपलीमा केन्द्र सञ्चालनमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *