विश्वलाई बालमोटोपनको त्रास, महासभाको प्रमुख स्वास्थ्य एजेन्डा

संयुक्त राष्ट्रसंघको २७ सेप्टेम्बरमा हुने तेस्रो उच्चस्तरीय बैठक नसर्ने रोगको रोकथाम र निवारणमा केन्द्रित हुने भएको छ । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा बस्ने उच्चस्तरीय बैठक नसर्ने रोगमा केन्द्रित हुने राष्ट्रसंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यौवनावस्थामा मुटुरोग, फोक्सोको समस्या, क्यान्सर, मधुमेहजस्ता समस्याबाट हुने मृत्यु घटाउन भएका प्रयास र उपलब्धिबारे छलफल हुनेछ ।बैठकमा विभिन्न साइड इभेन्टहरू हुनेछन् । सम्बन्धित विषयमा केन्द्रित रहेर विभिन्न देशले कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । कार्यक्रममा दुईवटा इभेन्ट पोषणसम्बन्धी हुनेछन् ।

पछिल्लो समय पश्चिमा देशहरू पनि बालमोटोपनबाट नराम्ररी प्रभावित भइरहेको तथ्य सार्वजनिक भइरहेका छन् । त्यसैले यो सभामा बालमोटोपनसँग सम्बन्धित खाद्यान्न र यसको रोकथामका उपायबारे छलफल हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनअनुसार ४० भन्दा बढी युरोपिन क्षेत्रका देशहरूमा ३ लाखभन्दा बढी बालबालिका अधिक तौल तथा मोटोपनबाट प्रभावित छन् । पश्चिमा देशहरू मात्र होइन, विश्वभर नै बालमोटोपन चुनौती बन्दै गएको छ । अस्वस्थ खानपान, कुपोषण, अस्तव्यस्त जीवनशैली, सहरीकरणसँगै न्यून शारीरिक गतिविधि बालमोटोपनका प्रमुख कारण हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशतभन्दा बढी किशोरकिशोरी आवश्यक शारीरिक व्यायाम गर्दैनन् ।

नेपालमा बाल मोटोपन ठूलो समस्यका रुपमा देखापरिनसके पनि पुड्कोपन र ख्याउटेपन प्रमुख पोषण चुनौतीका रुपमा रहेका छन् । झन्डै ४२ प्रतिशत बालबालिका कुषोषित छन् । प्रजनन उमेर समूहका महिला मोटोपनबाट बढी प्रभावित रहेको विभिन्न अध्ययानले देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय