यमी भइन् ‘हेल्दी बेबी’

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज ७ गते ११:२८

बुटवलमा भएको हेल्दी बेबी प्रतियोगितामा बुटवल अमरपथ निवासी सिप्रा वज्राचार्यकी ९ महिनाकी छोरी यमी वज्राचार्यले प्रथम पुरस्कार जितेकी छिन् । २ वर्षमुनिका शिशुबीच गरिएको प्रतियोगितामा ३९ जनालाई पछि पार्दै यमी प्रथम भएकी हुन् ।

प्रतियोगितामा बुटवलकी विम्नी श्रेष्ठका ६ महिनाका छोरा साइमन श्रेष्ठ दोस्रो र बुटवल तीनकुनेकी कौशिला श्रेष्ठका १४ महिनाका छोरा कैलाश श्रेष्ठ तृतीय भए । बबिन अर्याल, सुदीक्षा रिजाल, प्रतीश सारू, सहर्सा कसजूले सान्त्वना स्थान प्राप्त गरे ।

‘सुखी नेपाली, सम्बृद्ध नेपाल : बालअधिकार सबैको सरोकार’ भन्ने मूल नाराका साथ बुटवलमा ‘हेल्दी बेबी अर्थात् स्वस्थ बच्चा’ प्रतियोगिता गरिएको हो । लायन्स क्लब अफ तिलोत्तमा–मायादेवी र नेपाल परिवारनियोजन संघ बुटवल शाखाको संयुक्त आयोजनामा गरिएको सो प्रतियोगितामा बुटवल र आसपास क्षेत्रका ४० जना बालबालिकाको सहभागिता रहेको क्लबकी अध्यक्ष सुमी हमालले जानकारी दिइन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेकाहरूलाई पुरस्कार वितरण गर्दै लायन्स इन्टरनेसनल ३२५ बी२ का डिस्ट्रिक्ट गभर्नर लायन सुनील ओझाले हेल्दी बेबी कार्यक्रमले बालबालिकाको स्वास्थ्यप्रति समाजमा जनचेतना जगाउन सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय