शिरोधाराको उपयोगिता

अच्युतशाली घिमिरे
प्रकाशित
२०७५ असोज ४ गते १७:३९

‘शिरोधारा’ संस्कृतका दुई शब्द ‘शिरस्’ र ‘धारा’ मिली बनेको समस्त शब्द हो, जहाँ ‘शिरस् (शिरो)’को अर्थ शिर (टाउको) र धाराको अर्थ प्रवाह हुन्छ । यो प्राचीन आरोग्य विधि आयुर्वेद चिकित्सा पद्धतिमा एकदम उपयोगी मानिन्छ । शिरोधारामा रोगी र रोगको प्रकृतिअनुसार औषधीय तेल, दूध वा केवल पानीको समेत प्रयोग गर्न सकिन्छ ।

यस अद्भुत प्रक्रियामा व्यक्तिको शिरको त्वचा तथा मस्तिष्कमा औषधीय तेल वा द्रवको पातलो धारा ४ अगुंलमाथिबाट प्रवाहित गरिन्छ, जसका कारण मस्तिष्कको अग्रभागमा तीव्र कम्पन उत्पन्न भई त्यो कम्पन प्रमस्तिष्कद्रवका माध्यमबाट शरीरमा फैलिन्छ । यसकै कारण प्रमस्तिष्क र थेलेमसको अग्रभाग सक्रिय भई सेरेटोनिन र केथेकोलामाइनको मात्रामा सन्तुलन ल्याउँछ । र, अन्ततः शरीरमा असीम शान्ति ल्याई स्वस्थ महसुस गराउँछ ।

ऊध्र्वजत्रूगत रोगमा विशेष प्रभावकारी हुने शिरोधारा अत्यन्तै दैवीय चिकित्सा विधि हो, जसले अन्तज्र्ञान जागृत गर्न मद्दत पु¥याउँछ । तनाव, अनिद्रा, सिरोयसिस, उच्च रक्तचाप, पुरानो शिरोदर्द, माइग्रेन, स्मृतिलोप, टिनिटस, नेत्ररोग, श्रवण क्षमतामा कमीजस्ता रोगमा लाभदायक शिरोधाराले सेन्ट्रल नर्भस सिस्टमको कार्यप्रणालीमा समेत सुधार गर्छ । शरीरमा धातुको उल्लेख्य पोषण गर्दै शिरोधाराले रोगप्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । शिरोधाराले आध्यात्मिक जागरुकता बढाउनुका साथै अनुहारमा चमक ल्याएर सौन्दर्यसमेत बढाउँछ ।

आयुर्वेदका अनुसार वात एवम् पित्तको असन्तुलन भएका व्यक्तिका लागि शिरोधारा उपचार विधि अत्यधिक लाभदायक रहन्छ । जब वात असन्तुलित हुन्छ, व्यक्तिमा भय, असुरक्षाको भावनाजस्ता लक्षण देखिन्छन् । त्यस्तै, जब पित्त असन्तुलित हुन्छ, व्यक्तिमा क्रोध, कुण्ठा, गलत निर्णय लिनेजस्ता लक्षण देखिन्छन् । शरीरमा एकाग्रता कायम गर्न महत्वपूर्ण शिरोधारा दोषको सन्तुलनमा उपयोगी हुन्छ । शिरोधारा यौवन वृद्धि र इन्द्रिय तथा मनको प्रसन्नतामा समेत फलदायी रहन्छ ।

(घिमिरे ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी, चिकित्साशास्त्र अध्ययन संस्थानमा हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय