परिवारनियोजनका साधन प्रयोगमा नेपाल दक्षिणपूर्वी एसियामा आठौँ

नेपालमा पछिल्लो समय बढ्दो गर्भपतन चिन्ताको विषय बन्दै गएको छ । परिवारनियोजनका साधनबारे चेतना र पहुँचको कमी, हेलचक्य्राइँ, बलात्कार, मदिरा तथा लागुऔषधको सेवनपछि जबर्जस्तीमा राखिने यौनसम्बन्धलगायत कारण अनिच्छित गर्भ रहने गरेको छ ।

इच्छाअनुसार नै गर्भधारण गरेर पनि लिंग पहिचानपश्चात् भ्रूण हत्या गर्ने अमानवीय र आपराधिक प्रवृत्तिको विस्तारले गर्भपतनलाई बढावा दिनुका साथै प्राकृतिक सामाजिक वातावरणलाई अस्वस्थ बनाइरहेको छ । आकस्मिक रूपमा बाध्यताले गरिनेभन्दा पनि गर्भपतनलाई सामान्य रूपमा परिवार नियोजनको साधनको रूपमा लिने प्रवृत्ति घातक सिद्ध हुँदै छ । यसमाथि पनि असुरक्षित गर्भपतन प्रमुख स्वास्थ्य समस्याका रूपमा समाजमा फैलँदै छ । अहिले गर्भपतन गराउनेमध्ये आधाभन्दा बढीले असुरक्षित गर्भपतन गर्ने गरेको परिवारनियोजन दिवसका अवसरमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षीणपूर्वी एसियामा परिवार नियोजनाका साधनको प्रयोगका आधारमा ११ देशमध्ये नेपाल सातौ स्थानमा छन् । नेपालभन्दा अगाडि थाइल्याण्ड, श्रीलंका, डिपिआरउत्तरकोरिया, भुटान, वंगलादेश, इन्डोनेशिया र भारत छन् । नेपालभन्दा कम प्रयोगदर भएका देशहरुमा म्यान्मार, माल्दिभ्स, टिमोरलेस्टे मात्र छन् ।

परिवार कल्याण महाशाखाले किशोर–किशोरीको सहभागितामा ‘परिवारनियोजन सेवाको सुनिश्चितता’ नारासहित मंगलबार पाँचौँ राष्ट्रिय परिवारनियोजन दिवस मनाएका छ । कार्यक्रमको महत्व तथा औचित्यबारे प्रकाश पार्दै परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर आरपी विच्छाले परिवारनियोजन परिवारलाई नियोजन गर्ने कुरा मात्र नभई देश विकासको एक महत्वपूर्ण एजेन्डा भएको बतएका छन् ।

नेपालको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी गर्भपतन हुने गरेको तथ्यांकले देखाएको छ । १५ देखि १९ वर्ष उमेर समूहका ३२ प्रतिशतले परिवारनियोजनका साधन अपनाउने नगरेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ ।

परिवारनियोजन तथा स्वास्थ्य प्रजनन शाखा प्रमुख कविता अर्यालका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरी कमै मात्र परिवारनियोजनका साधनको प्रयोग गर्न रुचाउँछन् । नेपालमा औसतमा आधाभन्दा बढी महिलाले २० वर्ष नपुग्दै बिहे गर्छन् । ४ प्रतिशतले त १५ वर्ष नपुग्दै विवाह गर्छन् । अर्यालका अनुसार कतिपय ग्रामीण भेगमा बसोवास गर्ने र अशिक्षित महिलाहरू १४ वर्षअघि नै आमा भइसकेका हुन्छन् ।

नेपालको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी गर्भपतन हुने गरेको तथ्यांकले देखाएको छ । १५ देखि १९ वर्ष उमेर समूहका ३२ प्रतिशतले परिवारनियोजनका साधन अपनाउने नगरेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ ।

नेपालमा अझै पनि ५२ प्रतिशत युवतीको विवाह १८ वर्षभन्दा कम उमेरमा नै हुने गरेको छ । सरकारले सन् २०१५ मा ‘फेमेली प्लानिङ २०२०’ प्रतिबद्धता जनाएको छ । जसअनुसार सन् २०२० सम्ममा परिवारनियोजनका साधनको प्रयोगकर्ता १० लाख पु¥याउने लक्ष्य छ । उक्त लक्ष्यलाई पूरा गर्न परिवारनियोजनको क्षेत्रमा सन् २०२० सम्म प्रत्येक वर्ष ७ प्रतिशतले बजेट बढाउने प्रतिबद्धता सरकारको छ । नेपाल सरकारले विदेशी साझेदार संस्थाहरूसँग सहकार्य गरेर उक्त लक्ष्य हासिल गर्ने योजना बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले परिवारनियोजनले पृथ्वीको आयु कति दिन राख्ने भन्ने निर्णय गर्ने भएकाले यो हल्का विषय नभएको बताए । ‘नेपालमा जनगणना सुरु भएको सय वर्षमा नेपालको जनसंख्या २ करोड १० लाख थपिएको छ,’ उनले भने, ‘विश्वमा वार्षिक १४ करोड मानिसको जन्म हुने गरेको छ, जसले पृथ्वीमाथि अत्यधिक भार बढेकाले परिवारनियोजनले नै पृथ्वीको आयु कति दिन राख्ने भन्ने निर्णय गर्छ ।’
सिंगापुर, दक्षिण कोरिया, अमेरिकाजस्ता विकसित मुलुकले जनसंख्या बढाउन खोजिरहे पनि नेपालजस्तो विकासोन्मुख देशका लागि यो आवश्यक नरहेको उनले बताए । परिवारनियोजन मृत्युदर घटाउने एक उपाय पनि हो । स्वास्थ्य मन्त्रालयको गरिबी घटाउने प्रमुख योजना परिवारनियोजन भएकाले यो चौतर्फी विकासको आधार भएको श्रेष्ठले बताए ।

आधारभूत स्वास्थ्यसम्बन्धी हक नेपालको संविधानमै उल्लेख भएकाले परिवारनियोजन सेवा आधारभूत स्वास्थ्य सेवामा पर्ने उनी बताउँछन् । परिवारनियोजनसम्बन्धी शिक्षा विद्यालयस्तरबाटै दिन स्कुल हेल्थ कार्यक्रमको आवश्यकता रहेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय