पहिलोपटक प्रतिस्पर्धाका आधारमा न्याम्स उपकुलपति सिफारिस, यसरी छानिए तीनजना

हेल्थपोस्ट नेपाल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस भएको छ ।स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा कुलपति एवं प्रधानमन्त्रीले गठन गरेको समितिले विभिन्न प्रक्रियापछि दरखास्त हालेका २२ मध्ये ३ जनाको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि डा. डिएन साह, डा. ढुन्डीराज पौडेल र डा. अजित रायमाझी सिफारिसमा परेका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तीमध्ये एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् । समितिबाट ३ जनाको नाम टुंगो लागेको र अब सहकुलपतिका रुपमा स्वास्थ्यमन्त्रीले कुलपतिलाई सिफारिस गरेर पठाउने समितिका सदस्य डा. सुशीलनाथ प्याकुरेलले बताए ।

विज्ञ समूहमा डा. लोकविक्रम थापा, डा. रमेशकान्त अधिकारी, डा. दामोदर पोखरेल, डा. सेनेन्द्रराज उप्रेती, डा. भगवान कोइराला, डा. केके राई, डा. अञ्जनीकुमार झा, डा. जगदीशप्रसाद अग्रवाल र डा. अर्जुन कार्की थिए ।

सिफारिसमा एक नम्बरमा परेका डा. साह बिपी कोइराला नेत्र अध्ययन केन्द्रका पूर्वनिर्देशक हुन् । डा. पौडेल नेपाल चिकित्सक संघका वर्तमान वरिष्ठ उपाध्यक्ष एवं न्याम्सको नाक, कान, घाँटी विभाग प्रमुख हुन् । डा. रायमाझी कान्ति बाल अस्पतालका पूर्वनिर्देशक हुन् ।
समितिमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्म बास्कोटा सदस्य थिए । समितिले सुरुमै मापदण्ड बनाएर अवधारणासहित निवेदन आह्वान गरेको थियो । सोक्रममा २२ जनाले निवेदन दिए पनि विवादरहित ६ जनाको नाम सर्टलिस्ट गरेर समितिले प्रस्तुतीकरणका लागि बोलाएको थियो ।
सिफारिस गरिएका ३ जनाबाहेक डा. विधाननिधि पौडेल, डा. गेहनाथ बराल र डा. बिपी यादव पहिलो चरणमा छानिएका थिए ।
आइतबार नै ६ जनै उम्मेदवारले प्रस्तुति दिएका थिए । न्याम्सको इतिहासमै पहिलोपटक पारदर्शी प्रक्रियामार्फत स्वतन्त्र विज्ञसमेत राखेर उम्मेदवारहरुको दृष्टिकोण, भावी योजना र कार्यक्रम, कार्यक्षमता, योग्यताको मूल्यांकन गरी ३ जनाको नाम टुंगो लगाइएको हो ।
उपकुलपति छनोटका लागि मन्त्रालयले स्वतन्त्र विज्ञका रुपमा ख्यातिप्राप्त ९ जना चिकित्सकको उपस्थितिमा उम्मेदवारहरुको प्रस्तुति गराएको थियो । विज्ञ समूहमा डा. लोकविक्रम थापा, डा. रमेशकान्त अधिकारी, डा. दामोदर पोखरेल, डा. सेनेन्द्रराज उप्रेती, डा. भगवान कोइराला, डा. केके राई, डा. अञ्जनीकुमार झा, डा. जगदीशप्रसाद अग्रवाल र डा. अर्जुन कार्की थिए ।

आइतबारको प्रस्तुतिमा साहपछाडि गेहनाथ बरालले सबैभन्दा सशक्त प्रस्तुति दिएका थिए । तर, बराल हाल न्याम्समा पिएचडीको विद्यार्थी नै रहेकाले उपकुलपतिमा सिफारिस हुन सकेनन् ।

विज्ञहरुले प्रतिष्ठान हाँक्ने दृष्टिकोण, सुधारको मार्गचित्र, भक्तपुरमा रहेको ५ सय ५० रोपनी जग्गाको समुचित प्रयोग, न्याम्स र अन्य संस्थाको सम्बन्धन, भ्रातृसंगठन र ट्रेड युनियन व्यवस्थापनलगायत विषयमा प्रश्न गरेका थिए । प्रत्येक मूल्यांकनकर्ताले २० पूर्णांकमा प्रस्तुतिकर्ताको मूल्यांकन गरी सिलबन्दी गरेर नम्बर बुझाएका थिए । सोमबार नै सिफारिस समितिको बैठकमा उक्त सिलबन्दी खोलिएको थियो । मूल्यांकनकर्ता र छनोट समितिले दिएको नम्बरसमेत जोडेर ३ जनाको नाम सिफारिस भएको हो ।

स्रोतका अनुसार आइतबारको प्रस्तुतिमा साहपछाडि गेहनाथ बरालले सबैभन्दा सशक्त प्रस्तुति दिएका थिए । तर, बराल हाल न्याम्समा पिएचडीको विद्यार्थी नै रहेकाले उपकुलपतिमा सिफारिस हुन सकेनन् । समितिमा बरालविरुद्ध उजुरी परेपछि छानबिन गर्दा उनी पढिरहेको पाइएपछि अन्य पक्ष सबल भएर पनि उनी छानिन सकेनन् । उनीपछि डा. रायमाझी र ढुन्डी पौडेलको प्रस्तुति बलियो थियो । डा. यादवको प्रस्तुतिमा सबैभन्दा कमजोर मूल्यांकन भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *