अबको लडाइँ रोग र गरिबीविरुद्ध: मन्त्री यादव

हेल्थपोस्ट नेपाल

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विश्वस्तरीय क्यान्सर अस्पताल नेपालमै निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल अर्बुदरोग निवारण संस्थाको ३६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले क्यान्सर रोगले आक्रमण गरेको थाहा पाउन नसकिने र थाहा पाउँदासम्म उपचार नलाग्ने अवस्था आइसक्ने भएका कारण आगामी दिनमा क्यान्सर रोग लाग्नुअगाडि नै रोग लाग्न लागेको थाहा पाउन सकिने उपाय तथा प्रविधिको विकास तथा अनुसन्धान गर्नतर्फ लाग्नुपर्ने बताए । यस्तो प्रविधिको विकास गर्न सकेको खण्डमा बर्सेनि क्यान्सरका कारण मृत्यु हुने मृत्यु रोक्न सकिने उनको दाबी थियो ।

लामो समयदेखि राजनीतिक स्थायित्व तथा गणतन्त्र संस्थागतका निम्ति लड्दै आएका नेपाली जनताको अबको लडाइँ रोग र गरिबीविरुद्ध भएको समेत मन्त्री यादवको भनाइ थियो । रोग र गरिबीको लडाइँलाई जित्नसके मात्रै सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पनाले सार्थकता पाउने उनले बताए ।

दक्षिण एसियामा डाइबिटिज, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग दिन प्रतिदिन बढ्दै गएको मन्त्री यादव बताउँछन् । रोग बढ्नुको मुख्य कारण नेपालीको खानपान र अस्वस्थ जीवशैली भएको उनी बताउँछन् । अत्यधिक मात्रामा रासायनिक वस्तुको प्रयोग भएको खाद्यवस्तुको सेवनका कारण पनि यस्तो भएको उनको भनाइ छ । यसका साथै खानामा पोषणको कमी हुनु, स्वास्थ्य चेतनाको अभावलगायत कारणसमेत क्यान्सर रोगको जोखिम दिन प्रतिदिन बढ्दै गएको हो । नेपाललाई अर्गानिक खेतीतर्फ विकास गर्न सकिएको खण्डमा यस्ता रोगको जोखिम कम गर्न सकिने मन्त्री यादवले बताए ।

लामो समयदेखि राजनीतिक स्थायित्व तथा गणतन्त्र संस्थागतका निम्ति लड्दै आएका नेपाली जनताको अबको लडाइँ रोग र गरिबीविरुद्ध भएको समेत मन्त्री यादवको भनाइ थियो । रोग र गरिबीको लडाइँलाई जित्नसके मात्रै सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पनाले सार्थकता पाउने उनले बताए । यदि मध्यम वर्गका मानिसलाई क्यान्सर लागेमा भएको आर्थिक स्रोत पनि सकिने तथा बिरामी पनि नरहने गरेको छ । क्यान्सरको उपचार अत्यधिक महँगो भएको वर्तमान अवस्थामा कसरी क्यान्सरको उपचारलाई मध्यमवर्गीय जनताको पहुँचमा ल्याउने भन्नेतर्फ सोच्नुपर्ने मन्त्री यादवले बताए । उनले छिमेकी देश भारतमा सरकारले आफ्ना नागरिकलाई क्यान्सर रोगको औषधिको मूल्य १० प्रतिशतमा झारेको उदाहरण दिँदै नेपाल सरकारले समेत त्यसबाट पाठ सिक्नुपर्ने बताए ।

नेपालमै सबैखाले क्यान्सरको उपचार गराउन सक्ने जनशक्ति, प्रयोगशाला, उपकरणसहितको व्यवस्था गर्नु आवश्यक भएकाले आगामी दिनमा क्यान्सरको सम्पूर्ण उपचार गर्न सक्ने उपकरणको विकासका लागि स्वास्थ्य मन्त्रालयले नेपाल सरकारसँग पहल गर्नेसमेत उनले बताए । नेपाली जनताको आयस्तरले ठूला रोगको उपचार सम्भव नभएकाले नेपालमा पनि विकसित मुलुकमा जस्तै बच्चा जन्मनेबित्तिकै स्वास्थ्य बिमा गराउने परिपाटी अनिवार्य गराउन सकेको खण्डमा यस्ता रोगबाट हुने जोखिमबाट बच्न सकिने मन्त्री यादको भनाइ थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले पूर्वसरकारको निर्णयबाट क्यान्सररोगीलाई दिइँदै आएको ५ हजार रुपैयाँ आर्थिक सहयोग वर्तमान सरकारले कटौती गरेको प्रति मन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेपाल अर्बुदरोग निवारण संस्थाले देशभर रहेका ४२ वटा शाखामार्फत क्यान्सरको उपचार, रोकथाम तथा यसबारे जनचेतना फैलाउँदै आएको र ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *