ग्यास्ट्रिकले रिँगटा लाग्दैन, तर तनाव लिएर ग्यास्ट्रिक हुन सक्छ

मेरो उमेर ४० वर्ष, मेरो ब्लड प्रेसर पहिलेदेखि लो थियो, अहिले ठिक छ । हाल ग्यास्ट्रिक पनि छ । अलि बल पर्ने काम गर्दा सामान्यभन्दा बढी पसिना आउँछ, कमजोर महसुस हुन्छ । गर्मीको दिनमा त बेहोस भएर लड्छु जस्तो हुन्छ । ग्यास्ट्रिकको समस्याले पनि रिँगटा लागेजस्तो हुन्छ भन्ने सुनेको छु । मैले के गर्नुपर्ला ? : प्रश्न

सुदन, कलैया–७, बारा

डा. जगदीशप्रसाद अग्रवाल
वरिष्ठ न्युरोलोजिस्ट,
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

सामान्य अवस्थामा लो ब्रल्ड प्रेसर समस्या हुँदैन । सेप्टिसेमिया वा अन्य विशेष अवस्थामा मात्रै यो रोग हो । कम रक्तचाप पनि मानिसलाई नर्मल हुन्छ । पसिना आउने र कमजोर महसुस हुने कारण हर्मोनको गडबडी हुन सक्छ । थाइराइडको जाँच गरेर हेर्दा राम्रो हुन्छ । त्यसबाहेक मानसिक तनावले पनि यस्तो हुन्छ । ग्यास्ट्रिकले रिँगटा लाग्दैन, तर तनाव लिएर ग्यास्ट्रिक हुन सक्छ । तपाईंमा क्लिनिकल समस्या केही नभए पनि नियमित योग, व्यायाम गर्ने, अनिदो नबस्ने र चिन्ताको कारण पत्ता लगाएर कम गर्नुभए पनि धेरै फाइदा हुन सक्छ । हर्मोनको जाँचबाट पनि समस्या नदेखिएमा मनोचिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय