कान्तिका डाक्टरमाथि ‘हातपात गर्ने’ प्रहरी नियन्त्रणमा

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३१ गते १६:४५

कान्ति अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिरामीका आफन्तलाई पक्राउ गरेको छ । शुक्रबार साँझ करिब साढे ७ बजे अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत डा. मुकुन्दकुमार देवमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले प्रभात पोख्रेललाई हिरासतमा राखेको हो ।

महाराजगन्ज प्रहरी वृत्तका डिएसपी फणिन्द्र प्रसाईंका अनुसार डाक्टरमाथि हातपात गरेको भन्दै अस्पताल प्रशासनले नै जाहेरी दिएपछि उनलाई शुक्रबारै नियन्त्रणमा लिइएको हो । ‘म्याद थप गरेर सार्वजनिक अपराधमा कारबाही प्रक्रिया अगाडि बढ्छ,’ प्रसाईंले भने ।
पोख्रेलमाथि अनड्युटी डाक्टरमाथि हातपात गरेको आरोप छ ।

शुक्रबार इमर्जेन्सीमा लामो लाइन भएको अवस्थामा पोख्रेलले १ घण्टासम्म पर्खिंदा पनि आफ्नो बच्चालाई नहेरेको भन्दै डा. देवमाथि आक्रमण प्रयास गरेको चिकित्सहरुको भनाइ छ । सोलगत्तै आकस्मिक कक्षमा तनाव उत्पन्न भएको थियो । उनले टिकट टेबुलमा फालेर डाक्टरलाई धकेलेको महाराजगन्ज प्रहरीका असइ सुरेश खत्रीले बताए । पोख्रेललाई कडा कारबाही गर्न माग गर्दै आइतबार नै कान्ति अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले प्रहरी कार्यालय पुगेर निवेदन दिएको आवासीय चिकित्सक डा. सनी सिपाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय