न्याम्सबाटै उपकुलपति हुनुपर्छ भन्ने अडानप्रति निजी क्षेत्रका डाक्टरको आपत्ति
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त उपकुलपतिमा प्रतिष्ठान अन्तर्गतकै चिकित्सकलाई नियुक्ति गरिनुपर्ने धारणाप्रति निजी क्षेत्रमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । नन् गभरमेन्ट डक्टर्स एसोसियसन (एनगोदान)का अध्यक्ष डा.यामप्रसाद दुवाले एउटा अस्पतालमा कार्यरत चिकित्सकबाट मात्रै प्रतिष्ठानजस्तो गरिमामय संस्थाको उपकुलपति हुनुपर्छ भन्ने मान्यताप्र्रति आपत्ति जनाएका हुन् ।
न्याम्समा कार्यरत चिकित्सक, प्राध्यापक र सरकारी चिकित्सक संघले सयुक्त रुपमा त्यहीं कार्यरतबाट उपकुलपति नियुक्ती हुनुपर्ने माग राखेपछि निजी क्षेत्रमा कार्यरत चिकित्सकहरुको यस्तो प्रतिक्रिया आएको हो ।यसअघि शुक्रबारै वीरमा कार्यरत चिकित्सकहरुले उपकुलपति न्याम्सबाहिरबाट हुन नहुने भन्दै मन्त्रालय घेराऊ कार्यक्रम राखेका थिए । उनीहरुले न्याम्सबाहिरबाट उपकूलपति नियुक्ति भए आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।
‘वीरमा जागिर खाएर दिनभरी बाहिर काम गर्ने मान्छे नै उपकुलपति हुनुपर्छ भन्न मिल्दैन, उपकुलपति त, कति पेपर प्रिजेन्ट गर्यो, कति गाइड गर्यो, कति प्रशासनिक क्षमता छ भन्ने आधारमा पो हुनुपर्छ, दुवाले भने ।’
डा.दुवाकाअनुसार एन गोदानको शुक्रबार बसेको बैठकले देशभर यति ठूलो संख्यामा चिकित्सक कार्यरत रहँदा केही सीमित व्यक्तिबाट मात्रै उपकुलपति नियुक्ति गर्न नहुने विषयमा छलफल भएको बताए । ‘वीरमा जागिर खाएर दिनभरी बाहिर काम गर्ने मान्छे नै उपकुलपति हुनुपर्छ भन्न मिल्दैन, ‘उपकुलपति त, कति पेपर प्रिजेन्ट गर्यो, कति गाइड गर्यो, कति प्रशासनिक क्षमता छ भन्ने आधारमा पो हुनुपर्छ, दुवाले भने ।’
उनले अहिले वीरमा कार्यरत भएका चिकित्सकहरु पनि सरकारी सेवाबाट पहुँचका आधारमा केन्द्रीय अस्पतालमा सरुवा भएर आइपुगेको आरोप लगाउँदै त्यो नै उपकुलपति हुन नसक्ने भएको समेत बताए । दुवाका अनुसार देशभर क्रियाशील चिकित्सकमध्ये १८ हजार हाराहारीमा चिकित्सक नीजि क्षेत्रमा कार्यरत छन् । सरकारी सेवामा २ हजार ५ सय हाराहारीमा चिकित्सक कार्यरत छन् ।
Kati paper published Kati IF journal ma hernu parcha