घरमै डाक्टर बोलाउन ‘डकनक’

हेल्थपोस्ट नेपाल
प्राविधिको प्रयोगबाट सहजै रुपमा घरमै बसीबसी चिकित्सक बोलाउनदेखि प्रयोगशाला जाँच, औषधि, एम्बुलेन्सजस्ता महत्वपूर्ण सेवा लिन सकिने नयाँ मोवाइल एप्स ‘डकनक’ सुरु भएको छ ।
डाक्टर अन डिमाण्ड (डकनक)ले मोबाइल एप्लिकेशनमार्फत् उपचार, औषधि, एम्बुलेन्स, प्याथोलोजी रिपोर्ट घरमै ल्याइदिने सुविधासहितको नयाँ एप सार्वजनिक गरेको हो ।
डकनकमार्फत् संवेदनशील स्वास्थ्यसँग जोडिएका विषयहरू डाक्टर, नर्सजस्ता जनशक्ति खोज्न, औषधि मगाउन, एम्बुलेन्स बोलाउनदेखि प्रयोगशाला जाँचका लागि समेत घरैमा बसी–बसी सेवा प्रदायकलाई बोलाउन वा सेवास्थलमा समय लिन सक्नुहुन्छ ।
डकनकका कार्यकारी प्रमुख क्षितिज गौतमले पछिल्लो समय प्रविधि जीवनको अभिन्न अंग भएसँगै प्रविधिको सही प्रयोग गर्न डकनक एप ल्याएको बताए ।
स्वास्थ्यसँग जोडिएका विषयहरू डाक्टर, नर्सजस्ता जनशक्ति खोज्न, औषधि मगाउन, एम्बुलेन्स बोलाउनदेखि प्रयोगशाला परीक्षणका लागि घरमै सेवाप्रदायकलाई बोलाउन वा सेवास्थलमा समय लिनसमेत एपमार्फत् मिल्ने उनले बताए । यसले सहरी क्षेत्रमा लामो ट्राफिक जामका कारण अस्पतालसम्म पुग्न जटिल भएको अवस्थामा समयको बचत र सहज सेवाका लागि डकनक प्रभावकारी हुने विश्वास गौतमको छ ।
यो एउटा मोबाइल एप्लिकेसन हो, जसको सहायताले सहजै आवश्यक परेका व्यक्तिले चाहेको स्थानमा डाक्टर झिकाउन वा डाक्टर रहेको ठाउँमै पुगेर सेवा लिन समय यकिन गर्न (एपोइन्मेन्टलिन) सक्छन् ।
प्रविधि जीवनको अभिन्न अंग बनेको छ । प्रविधिको सही प्रयोगबाट हामी दैनिक जीवनलाई धेरै सहज बनाउन सक्छौँ । तपाईं डकनकमार्फत् संवेदनशील स्वास्थ्यसँग जोडिएका विषयहरू डाक्टर, नर्सजस्ता जनशक्ति खोज्न, औषधि मगाउन, एम्बुलेन्स बोलाउनदेखि प्रयोगशाला जाँचका लागि समेत घरैमा बसी–बसी सेवा प्रदायकलाई बोलाउन वा सेवास्थलमा समय लिन सक्नुहुन्छ । सहरी क्षेत्रमा लामो ट्राफिक जामका कारण पनि अस्पतालसम्म पुग्न जटिल हुन सक्छ । यस्तो अवस्थामा समयको बचत र सहज सेवाका लागि डकनक प्रभावकारी हुनेछ । सहज स्वास्थ्य सेवाका लागि सहयोग होस् भन्ने हेतुले तयार पारिएको मोबाइल एप्लिकेसन हो, डकनक । यो एप्लिकेसन ‘डक्टर अन डिमान्डप्रालि’ नामक कम्पनी अन्तर्गत छ ।
के हो डकनक?
यो एउटा मोबाइल एप्लिकेसन हो, जसको सहायताले सहजै आवश्यक परेका व्यक्तिले चाहेको स्थानमा डाक्टर झिकाउन वा डाक्टर रहेको ठाउँमै पुगेर सेवा लिन समय यकिन गर्न (एपोइन्मेन्टलिन) सक्छन् । घर होस् वा कार्यालय वा अन्य कुनै आकस्मिक परेको ठाउँ, तपाईं एपमार्फत् सुविधा लिन सक्नुहुन्छ । आफूलाई मात्र नभएर एपको सहायताले तपाईं अरू कसैका लागिसमेत् यस्तो सेवा लिइ दिन सक्नुहुन्छ । स्वास्थ्यसेवा प्रदायक व्यक्ति वा संस्था र सेवाग्राही दुवै पक्ष एपमार्फत् जोडिएका हुन्छन्,जसले गर्दा दुवै पक्ष लाभान्वित हुन्छन् ।
डकनकका सेवाहरू
डाक्टर भेट्ने/बोलाउने
कुनै विषयमा स्वास्थ्य परीक्षण वा नियमित जाँचका लागि आफ्नो सबैभन्दा नजिक रहेको डाक्टरलाई बोलाउन सक्नुहुन्छ । यो एप्लिकेसनमा रजिस्ट्रर भएका डाक्टरहरूमध्ये सबैभन्दा नजिकमा उपलब्ध डाक्टरको सेवा लिन सक्नुहुन्छ । घरैमा बसी–बसी आफूले चाहेको विशेषज्ञसँग भेटका लागि समय बुक गर्न सहजै सक्नुहुन्छ ।
नोटः अत्यावश्यक अवस्था वा तत्कालै उच्च तहको सेवा चाहिने अवस्थामा भने यो सुविधा प्रयोग नगर्नुहोला ।
आकस्मिक सेवा
आकस्मिक अवस्थामा तपाईंको नजिकै रहेको एम्बुलेन्स बोलाउनका लागि यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ । यो एप्लिकेसनभित्र ‘एम्बुलेन्स’ अप्सनमा गएर लोकेशन दिनासाथ सिस्टमले नै नजिकको एम्बुलेन्ससम्म यो खबर पु¥याउँछ ।
औषधिमगाउन
यो एप्लिकेसनबाट औषधि मगाउन (अर्डर गर्न) समेत सकिन्छ । डाक्टरले लेखेको अक्षर टाइप गरेर वा प्रेस्क्रिप्सनको फोटो खिचेर सिस्टममा अपलोड गरेर पनि चाहिएको औषधि घरैमा मगाउन सक्नुहुन्छ ।
प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) 
यो एप्लिकेसनको सहायताले प्रयोगशाला परीक्षण सेवासमेत लिन सकिन्छ । घरमै बसी–बसी आफूलाई चाहिने जाँच सेवा अर्डर गरे पनि डकनकका कर्मचारी नमूना संकलनका लागि तपाईंको घरमै आइपुग्छन् । नमुना संकलन मात्रै होइन, रिपोर्ट लिनसमेत तपाईं प्रयोगशाला धाउनु पर्दैन ।
डाक्टर र नर्स भेट्ने व्यवस्था
आफूले खोजेको डाक्टर वा नर्सका लागि एपबाट नाम पठाएपछि उपलब्ध समयअनुसार निश्चित भएको समयको जानकारी तपाईंलाई गरिन्छ ।
सीधा सम्पर्क तथा सहायता
एप्लिकेसन प्रयोग गर्दा सबै प्रक्रिया जटिल लाग्छ भने नपाईंले सीधै अपरेटरसँग कुरा गरेर चाहेको सेवाबारे जानकारी लिन वा सेवा लिन सक्नुहुन्छ । यसले सेवा लिन अझै सहज बनाउँछ ।
  • डकनकमार्फत् तपाईं कम ज्ञान भएका र प्राविधिक विषयमा सहज र सरल तरिकाले सेवा प्राप्त गर्न सक्नुहुन्छ ।
  • डकनक डाक्टरहरू तपाईंको साथमा रहेको मोबाइलसँग जोडिनु भएको छ, केवल केही क्लिक टाढा हुनुहुन्छ ।
  • डकनक जिओलोकेसनमा आधारित एप हो । यहाँका धेरै डाक्टरहरू स्थानीय हुन्छन् । सायद, तपाईंकै छिमेकी पनि हुन सक्छन् ।
  • यो एप डाउनलोड निःशुल्क हुन्छ । डकनकले डाक्टरलाई जागिर वा तलब दिने होइन, उनीहरूले तपाईंले जस्तै डकनक एपमा खाता खोल्नेछन् । डकनक सम्पर्क माध्यम मात्र हो ।
  • काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा डकनकले तपाईंको घरदैलोमा ३० देखि ६० मिनेटभित्रै पुग्ने र सेवासँग जोड्ने जिम्मेवारी लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *