न्याम्स उपकुलपति छनोटप्रति प्रतिष्ठानका डाक्टरको असन्तुष्टि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त उपकुलपति पहिलो चरणको छनोटप्रति असन्तुष्ट चिकित्सकहरुले सिफारिस समितिको निर्णयविरुद्ध आन्दोलन गर्ने भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा विभिन्न संगठनका नेतृत्वकर्ताहरुले विहीबार छुट्टाछुट्टै भेला गरेर छनोट कमिटिको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहेको समितिमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा सदस्य छन् । समितिको २६ भदौको बैठकले ६ जनाको नाम छनोटगरी आगामी ३१ गते अवधारणा प्रस्तुतिका लागि बोलाउने निर्णय गरेको थियो । उनीहरुले शुक्रबारै मन्त्रालयमा पुगेर मन्त्रीलगायत छनोट समितिका सदस्यको ध्यानाकर्षण गराउने बताएका छन् ।
बैठकमा विभागीय प्रमुख, फ्याकल्टी डक्टर्स, सरकारी चिकित्सक संघ र रेजिडेन्ट डक्टर्स एसोसिएसन अफ न्याम्स (-यान)को नेतृत्वको उपस्थिति थियो । उनीहरुले शुक्रबार (आजै) १२ बजे मन्त्रालय पुगेर ज्ञापनपत्र दिने र त्यसपछि थप कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
उनीहरुले उपकुलपति नियुक्ति गर्दा न्याम्सभित्रैबाट गर्नुपर्ने, पारदर्शी मापदण्ड बनाएर बरिष्ठतासमेतलाई ख्याल गरेर नियुक्ती हुनुपर्ने माग अगाडी सारेका छन् ।
उपकुलपति सिफारिस गर्न गठित समितिको आह्वानअनुसार दरखास्त दिएका २२ मध्ये १६ जना न्याम्सका चिकित्सक थिए । पछिल्लोपटक छनोट समितिले प्रारम्भिक चरणमा ६ जनाको नाम छनोट गर्दा न्याम्सका २ जना मात्रै परेपछि उनीहरु सशंकित बनेका छन् ।
गभरमेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले विगतमा जस्तै योपटक पनि उपकूलपति वहालवाला सरकारी चिकित्सक नै हुनुपर्छ भन्ने आफूहरुमा माग भएको बताए । ‘२२ जनाले निवेदन दिएकोमा १६ जना फालिए, छानिएकाहरु पनि अधिकांश सरकारी सेवा बाहिरका चिकित्सक परेका छन्,’ उनले भने, ‘यसले हामीलाई सरकारी चिकित्सकको मनोवल गिराउने षयन्त्र भएको आभाष भएको छ,’ ।
डा.पाण्डेले पहिलो चरणमा फालिएका भनिएका चिकित्सकहरुलाई अनुसन्धान नगरेको, राजनीतिक अवद्धता, अनुभवहीनजस्ता आक्षेप लगाएर बाहिर पारिएकोप्रति समेत आपत्ति जनाए । ‘उहाँहरुको मनोवल गिराउने काम भएको छ,’ उनले भने ।
पाण्डेले न्याम्स सरकारको केन्द्रीय अस्पतालसमेत भएकोले सरकारी सेवामा कार्यरतको मनोवल बढाउनेगरी नियुक्ती गर्नुपर्ने बताए ।
जसमा डा.विधाननिधि पौडेल र डा.ढुण्डीराज पौडेल छन् । छनोटमा परेका अन्य चारमा डा.डिएन शाह त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएका चिकित्सक हुन् ।
त्यसैगरी डा.विश्वनाथ यादव धरानका प्राध्यापक, डा.अजित रायमाझी कान्ति अस्पताल र डा.गेहनाथ बराल प्रसूतिगृहमा कार्यरत छन् । मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिनको समय दिएर सूचनामार्फत् आवेदन मागेको थियो ।

One thought on “न्याम्स उपकुलपति छनोटप्रति प्रतिष्ठानका डाक्टरको असन्तुष्टि

  1. NAMS is autonomous. Bir Hospital is for government doctors. As per rules and regulation Government Doctor should resign to be faculty of NAMS. This is in rule as passed by parliament. Then why only government doctors should be eligible for VC of NAMS ?.

    Junior doctor is director of Bir hospital . He should resign first .He is Congress cadre,
    NAMS VC should be only from doctors of NAMS not government doctor

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय