एमबिबिएस अध्ययनका लागि नगरपालिकाको छात्रवृत्ति

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ २६ गते १८:१६

दैलेखको आठबिसकोट नगरपालिकाले स्थानीय प्रतिभाशाली एक विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि ७५ प्रतिशत रकम छात्रवृत्तिस्वरूप प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिका प्रमुख खड्गप्रसाद उपाध्यायका अनुसार नगरपालिकाको स्थानीय एकाइले सो रकम प्रदान गर्नेछ । नगरपालिकाभित्रै दक्ष जनशक्ति उत्पादनमा यसले सहयोग पुर्याउने आशा उपाध्यायले व्यक्त गरेका छन् ।

नगरपालिकाभरिबाट कक्षा १२ मा उच्च अंक ल्याउन सफल एक विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् । साथै, छात्रवृत्ति लिने विद्यार्थीले अध्ययन पूरा भएपश्चात् स्थानीय तहमा सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । त्यसैगरी, नगरपालिकाले मिडवाइफ अध्ययन र हेल्थ असिस्टेन्ट अध्ययन गर्नका लागि थप २ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । उपाध्यायका अनुसार नगरपालिकाको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनपश्चात् स्थानीय तहमै रोजगारीको अवसर प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय