सरकारको विज्ञप्तिपछि चिकित्सकको विरोध कार्यक्रम स्थगित

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ २५ गते २१:४०

सरकारले मुलुकी ऐन अपराध संहितामा रहेको चिकित्सासम्बन्धी प्राब्धान संसोधन प्रक्रिया सुरु गरेको बताएपछि नेपाल चिकित्सक संघले विभिन्न आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञाप्ति निकालेर चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयबीच गत १८ गते भएको सहमतिअनुसार संसोधन प्रक्रिया अगाडी बढेको बताएपछि संघले यस्तो घोषणा गरेको हो ।
मन्त्रालयबाट विज्ञाप्ति निकालिको केहीबेरपछि संघका महासचिव डा.लोचन कार्कीेले विज्ञाप्ति निकालेर मन्त्रालयले सोमबारै विज्ञाप्ति निकालेर मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १९ इलाजसम्बन्धी कसूरलगायत स्वास्थ्यकर्मीको सुरक्षा सवालमा भएका सहमति कार्यन्वयन अगाडी बढेको भन्दै २६ गतेदेखि घोषित अनिश्चितकालिन बन्दलगायतका कार्यक्रम स्थगित गरेको छ ।
संघका महासचिव कार्कीले दबाबमुलक कार्यक्रम भने यथावत राखेर तत्काल ऐन संसोधन नभए पुनः कडा आन्दोलनमा उत्रिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय