कोलेस्टेरोल : सुसुप्त हत्यारा

कोलेस्टेरोल शरीरमा रगतसँगै बग्ने चिल्लोपदार्थको मात्रा हो । कोलेस्टेरोलले गम्भीर असर नदेखाएसम्म यसको गाम्भीर्यप्रति खासै चासो दिइएको हुँदैन । जब यसले रक्तप्रवाहमा अवरोध गरी छाती दुख्न थाल्छ, यो रक्तचापजस्तै सुसुप्त हत्यारा सावित हुन सक्छ ।
अधिकांश अवस्थामा लक्षणविना पनि कडा तथा साँघुरो रक्तनलीका कारण रक्तसञ्चार अवरुद्ध भई हृदयाघातको जोखिम बढाउने चिकित्सक बताउँछन् । प्रायः मानिस कुनै समस्या नदेखीकन रक्तपरीक्षण गराउँदैनन् । ‘कुनै समस्या देखिएर रक्तपरीक्षण गराउँदा (लिपिड प्रोफाइल) मात्र यसले सीमा नाघिसकेको थाहा हुन्छ,’ गंगालाल हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. अरुण मास्केले भने ।
मोटो शरीर र वयष्क अवस्थाका मानिसले कम्तीमा वर्षको एकपटक रक्तपरीक्षण गराउन मास्केको सुझाब छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२० सम्ममा मुटुरोग मृत्युको प्रमुख कारण हुने घोषणा गरेको छ । चिकित्सकले उच्च कोलेस्टेरोललाई मुटुरोगको प्रमुख कारण मानेका छन् । अबको ८ वर्षपछि प्रतिवर्ष २ करोड ५० लाखको मृत्युको कारण मुटुरोग हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

‘शरीरमा कोलेस्टेरोल आवश्यकभन्दा बढी हुँदा हृदयाघातको प्रमुख कारण बन्छ । कम हुँदा पनि नैराश्य उत्पन्न भएर आत्महत्याको कारण बन्छ,’

मुटुको रक्तनली साँघुरो भएर देखापर्ने समस्या क्रोनरी आर्टरी डिजिजबाट प्रत्येक वर्ष ७० लाखभन्दा बढीको ज्यान जान्छ । मुटुको नसा साँघुरिने प्रमुख कारण उच्च कोलेस्टेरोल हो । परिवर्तित जीवनशैली, अत्यधिक चिल्लो सेवन, व्यायामको कमीजस्ता साझा ‘रिक्स फ्याक्टर’सँगै मोटोपन भएकामा कोलेस्टेरोलको जोखिम बढी हुने डा. मास्के बताउँछन् । त्यसकारण पनि चिकित्सकहरू यसलाई सुसुप्त हत्यारा पनि भन्छन् ।

कोलेस्टेरोल बढी हुँदा रक्तनली साँघुरो र दरो भएर मुटुमा रक्तसञ्चार ढिलो हुन्छ । यसको मात्रा बढी हुँदा नसा र मुटुको धमनीको भित्री भागमा टाँसिन्छ । ‘कोलेस्टेरोल अति उच्च भएको अवस्थामा छाती दुख्छ र श्वास फेर्न गाह्रो हुन्छ,’ डा. मास्के भन्छन् ।
कोलेस्टेरोल शरीरभित्रको चिल्लोपदार्थ हो, जुन चिल्लोपदार्थ, प्रोटिन तथा ग्लुकोज मिलेर बनेको हुन्छ । यसले खानासँगै सेवन गर्ने बोसो वा चिल्लोलाई टुक्र्याउने काम गर्छ । यसले भिटामिन ‘डी’सँग मिलेर महत्वपूर्ण हर्मोनसमेत उत्पादन गर्छ ।

‘शरीरमा कोलेस्टेरोल आवश्यकभन्दा बढी हुँदा हृदयाघातको प्रमुख कारण बन्छ । कम हुँदा पनि नैराश्य उत्पन्न भएर आत्महत्याको कारण बन्छ,’ उनले भने ।
चिकित्सकका अनुसार सबै कोलेस्टेरोल हानिकारक हुँदैनन् । शरीरमा कुल कोलेस्टेरोल, हाई डेन्सिटी लिप्रोपोसन (एचडिएल) र लो डेन्सिटी लिप्रोपोसन (एलडिएल) र बोसोको मात्रा ट्राइग्लाइसाइड हुन्छ । यो शरीरमा २ सय मिलिग्रामभन्दा बढी भए कोलेस्टेरोल हुन्छ ।

आमाबुबालाई हृदयाघात भएका बच्चामा रक्तनली साँघुरो हुने सम्भावना भएकाले उनीहरूले सानै उमेरदेखि मोटोपन नियन्त्रण गर्नुपर्ने, धूमपान गर्न नहुने, सक्रिय जीवनशैली अपनाउनुपर्ने, घिउ, बोसोलगायत चिल्लोपदार्थको सेवन कम गर्नुपर्नेजस्ता सुझाब चिकित्सकको छ ।

३ सय ५० मिलिग्रामभन्दा बढी अथवा १ सय ६० मिलिग्रामभन्दा कम कोलेस्टेरोलको अवस्था खतरनाक मानिन्छ । ७५ प्रतिशत कोलेस्टेरोल कलेजो तथा अन्य कोषले बनाउँछन् भने २५ प्रतिशत खानाबाट प्राप्त हुन्छ । खाना व्यवस्थापन र अन्य सावधानीले कोलेस्टेरोल नियन्त्रण गर्न सकिने डाक्टरको भनाइ छ ।
ठिक्क कोलेस्टेरोलले नयाँ कोषिका बनाउन र स्नायुलाई तातो, चिसो वा अन्य बाहिरी खतराबाट सुरक्षित राख्न र हर्मोन उत्पादन गर्न मद्दत गर्छ । तौल जति बढी भयो शरीरले त्यति नै कोलेस्टेरोल पैदा गर्छ । विज्ञका अनुसार प्रत्येक एक किलोग्राम तौल बढ्दा शरीरको कोलेस्टेरोल झन्डै २ प्वाइन्टले बढ्छ ।
हरियो तरकारी र फलफूल बढी तथा चिल्लो र मासु कम प्रयोग गर्नाले तौल घट्छ ।
पोलिस्याचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक) राम्रो मानिन्छ । विज्ञका अनुसार महिलाको यौन हर्मोन इस्ट्ररोजेनले राम्रो कोलेस्टेरोल बढाउने भएकाले पुरुषमा भन्दा महिलामा राम्रो कोलेस्टेरोलको मात्रा बढी हुन्छ । महिनावारी बन्द भएपछि भने खराब कोलेस्टेरोल तथा ट्राइग्लेसेराइड बढ्ने सम्भावना बढी हुन्छ । आमाबुबालाई हृदयाघात भएका बच्चामा रक्तनली साँघुरो हुने सम्भावना भएकाले उनीहरूले सानै उमेरदेखि मोटोपन नियन्त्रण गर्नुपर्ने, धूमपान गर्न नहुने, सक्रिय जीवनशैली अपनाउनुपर्ने, घिउ, बोसोलगायत चिल्लोपदार्थको सेवन कम गर्नुपर्नेजस्ता सुझाब चिकित्सकको छ ।

कसरी हुन्छ कोलेस्टेरोल ?

शरीरमा विभिन्न प्रकारका खराब कोलेस्टेरोल लो डेन्सिटी लिप्रोपोसन (एलडिएल)को मात्रा नियन्त्रण गनुपर्छ । अर्को हाई डेन्सिटी लिप्रोपोसन (एचडिएल) हो । एलडिएलले रक्तनलीमा कोलेस्टेरोल जम्मा गर्छ भने एचडिएलले रगतबाट कोलेस्टेरोल हटाउन मद्दत गर्छ । रगतमा तैरिने बोसोलाई ट्राइग्लाइसाइड भनिन्छ । हामीले खाएको बढी खाना शरीरमा प्रयोग नभए कार्बोहाइड्रेट, चिल्लोपदार्थ तथा प्रोटिनमा रासायनिक परिवर्तन भएर ट्राइग्लाइसाइड बन्छ । त्यसपछि त्यो थोपा–थोपा जम्मा भई रगतमा सञ्चार हुन्छ ।

खराब कोलेस्टेरोल (एलडिएल) १ सय ६० देखि १ सय ८९ सम्म भए उच्च मानिन्छ । हृदयरोग कम गर्न राम्रो कोलेस्टेरोल (एचडिएल) ६० वा बढी हुनुपर्छ भने ४० भन्दा कम भए मुटुरोगको जोखिम बढ्छ । ट्राइग्लाइसाइडको मात्रा १ सय ५० भन्दा कम भए सामान्य र २ सयदेखि ४ सय ९९ मा उच्च हुन्छ ।

ट्राइग्लाइसाइडलाई बोसोयुक्त कोषले शक्तिका रूपमा प्रयोग गर्छ । खाना नखाएका वेला वा अर्को खाना खाने समयसम्म यसले सञ्चयमार्फत शरीरलाई शक्ति प्रदान गर्छ । मोटोपन, घिउ तथा बोसोको सेवन शारीरिक निष्क्रियता, ध्रूमपान, अत्यधिक मद्यपान तथा अधिक कार्बोहाइड्रेट प्रयोगका कारण ट्राइग्लाइसाइडको मात्रा बढ्छ । जसरी पानीमा तेल मिसिँदैन, त्यसरी नै रगतमा कोलेस्टेरोल मिसिँदैन ।

कोलेस्टेरोल घटाउने उपाय
– बोसो नभएको मासु खाने ।
– घिउमा बनाइएका खाना कम खाने ।
– लसुन खाने ।
– कफी र चुरोट नखाने ।
– काँचै खान मिल्ने तरकारी खाने ।
– तेल, घिउ, मखन, बोसो कम गर्ने ।
– ३ हप्तासम्म दिनभर डेढ कप गेडागुडी खाँदा कोलेस्टेरोल २० प्रतिशतले कम हुन्छ ।
– दिनमा दुईवटा गाजर खाने ।
– व्यायाम गरी शरीरको तौल घटाउने ।
– कलेजो, गिदी, मिर्गौला आदि नखाने ।
– चकलेट तथा आइसव्रिmम नखाने ।
– बढी नुन­चिनी भएका खाना नखाने ।
– रातो मासु नखाने ।
– मकै, भटमास एवं जैतुनको तेल सेवन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय