चुरोट र मदिराको बिक्री वितरणमा गाउँ सरकारको मापदण्ड

गोरखाको गण्डकी गाउँपालिकाले धूमपान तथा मद्यपानलाई व्यवस्थित गर्न निश्चित समय तोकेको छ । गाउँपालिका कार्यालयले सूचना जारी गरी धूमपान तथा मद्यपानलाई व्यवस्थित बनाउने निर्णय गरेको हो । गाउँ सरकारको १८ भदौमा बसेको बैठकले धूमपान तथा मध्यपान प्रयोगलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाको सूचनाअनुसार मदिराजन्य पदार्थको बिक्री–वितरण किराना पसलबाट गर्न नपाइने, त्यसका लागि छुट्टै पसल हुनुपर्ने, सिलप्याक मदिरा बेच्नका लागि सम्बन्धित निकायको इजाजत प्राप्त हुनुपर्ने तथा साँझ ६ बजेदेखि ८ बजेसम्म मात्र मदिरा बिक्री–वितरण गर्न पाइनेलगायत मापदण्ड निर्धारण गरिएको छ ।

गाउँपालिकाको मापदण्डमा विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक महत्वका स्थल वरिपरि मदिराजन्य पदार्थको बिक्री–वितरण गर्न नपाइने तथा १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई यस्तो कार्यमा सामेल गराउन नपाइने उल्लेख छ ।
गाउँ सरकारले रोकलगाएका काम कुनै पनि व्यक्तिले गरेमा उक्त व्यक्ति उपर नियमानुसार कारबाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय