स्वास्थ्यमा एकैपटक १७ सय ३८ को सरुवा (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत १ हजार ७ सय ३८ कर्मचारीको एकैपटक सरुवा गरेको छ । दुई दिनको बीचमा सार्वजनिक भएको सूचीअनुसार ११८ जनाको स्वास्थ्य मन्त्रालयबाट र १ हजार ६ सय ३८ जनाको विभागबाट सरुवा भएको हो ।
मंगलबार अबेर सार्वजनिक भएको सूचीअनुसार चौथोदेखि सातौं तहका यति ठूलो संख्याका कर्मचारी सरुवामा परेका छन् । ठूलो संख्यामा सरुवा हुँदा धेरै सरुवा विवादित बनेका छन् । दरवन्दी नै नभएका ठाउँमा समेत सरुवा गरिएको छ । नेकपा र मधेशी जनाधिकार फोरम निकट कर्मचारी सुगम र आकर्षक ठाउँमा परेका छन् ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरुवाका लागि विभागका महानिर्देशक डा.गुणराज लोहनीलाई अख्तियारी दिएको जनाइएको छ । पछिल्लोपटक विभागको महानिर्देशकको काम दैनिक प्रशासनिक कामकारवाही मात्रै गर्ने रहे पनि महत्वपूर्ण सरुवा निर्णय महानिर्देशकबाट भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *