विना यौनसम्पर्क पनि भंग हुन सक्छ कुमारीत्व

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ १६ गते १५:१४

विवाहपश्चात् सुहागरातमा धेरै युवाले युवती कुमारी रहे–नरहेको यकिन गर्न परम्परागत तरिकाले कुमारीत्व मापन गर्छन् । चिकित्सा विज्ञानमा पनि योनिद्वारमा हुने पातलो छालाको झिल्ली नच्यातिएको अर्थात् योनिच्छेद नभएको अवस्थालाई कौमार्य मानिन्छ ।
नेपालजस्तो पुरुषप्रधान समाजमा पुरुष कौमार्यको कुरा नगर्ने तर युवतीको कुमारीत्वलाई प्रतिष्ठा र बहसको विषय बनाउने गरिन्छ । कतिपय नवविवाहित दम्पतीमा यौनसम्पर्क गर्दा रगत आए–नआएका आधारमा कुमारीत्व परीक्षण गरेर अनविश्वास र असमझदारीसमेत उत्पन्न हुने गरेको छ ।
यौनझिल्ली वा योनिद्वार व्यक्तिगत रूपमा भिन्न हुन्छन् । निकै लचिलोखालको यौनझिल्ली भएकाहरुमा यौनसम्पर्क राखेर पनि झिल्ली नच्यातिएको हुन सक्छ । विवाहपूर्व यौनसम्पर्क राखेका धेरै युवतीले यो कुरा विवाहपछि थाहा हुन्छ कि भन्ने त्राससमेत पाल्ने गरेको पाइन्छ । कतिपयले त भर्जिनिटी रिपेरिङ अर्थात् यसको मर्मतबारेसमेत चिकित्सकसँग जानकारी खोज्ने गरेका छन् ।
पूरै योनिद्वार नढाक्ने त्यस्तो विशेष झिल्ली च्यातिइसकेको अवस्थालाई धेरैले पहिल्यै यौनसम्पर्क राखिसकेको वा कुमारीत्व कायम नरहेको रूपमा अथ्र्याउँछन् ।
यौनसम्पर्कले मात्र नभएर खेलकुद, साइक्लिङ, घोडचढी र व्यायामका क्रममा पनि यौनिद्वार च्यातिएर कुमारीत्व गुम्न सक्छ । डाक्टरहरुका अनुसार यौनझिल्लीको आकार, बनावट, मोटाइ, लचकता व्यक्तिपिच्छे फरक हुन्छ । कौमार्य परीक्षण गर्दा रगत आउनुलाई नै प्रमाण मान्न सकिन्न । यौनझिल्ली जन्मजात नहुन पनि सक्छ भने कतिपयको शारीरिक क्रियाकलाप (खेलकुद, साइक्लिङ, घोडचढी, व्यायाम)को दौरान च्यातिन्छ ।
विज्ञहरुका अनुसार प्याडको सट्टा ट्याम्पुनको प्रयोग, किशोरीमा हस्तमैथुन गर्ने बानी पनि योनिच्छदको कारण बन्न सक्छ ।
चिकित्सा विज्ञानले एकपटक यौनसम्पर्क राख्दा वा अन्य कुनै कारणले च्यातिएको योनिभित्र रहेको रिङ आकारको झिल्ली सर्जरीमार्फत पहिलेकै अवस्थामा फर्काउनसमेत सम्भव बनाएको छ । योनिभित्रको रिङजस्तो झिल्लीलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।

One thought on “विना यौनसम्पर्क पनि भंग हुन सक्छ कुमारीत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय