सांसदहरुको आरोप केसीको मागबारे चिकित्सक संघ नै अस्पष्ट (भिडियो रिपोर्ट)
सांसदहरुले डाक्टर गोविन्द केसीले राखेका मागमा नेपाल चिकित्सक संघको स्पष्ट धारणा नआएको बताएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न सिंहदरबारमा बिहीबार बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनीहरुले गोविन्द केसीले अघि सारेको मागमा संघको स्पष्ट धारणा माग गरेका हुन् । उनीहरुले सरकार र डाक्टर केसीबिचको सहमतिका बुदाहरुमा पनि संघको भनाई समेत माग गरे । चिकित्सा सुधारका बिषयमा संघ मौन बसेको देखिएको र डाक्टर केसी अनसन बस्दामात्र संघले बिषयबस्तुउठान गर्ने गरेको सांसदहरुको आरोप छ । बैठकमा नेकपाका सांसद योगेश भट्टराईले नेपाल चिकित्सक संघ र डाक्टर केसीबीचको फरक, व्यवहारले नछुट्याएको बताउनुभयो ।