४० हजार नर्स बेरोजगार

कुनै समय छात्राका लागि निकै आकर्षक मानिने नर्सिङ शिक्षा पछिल्ला दिनमा बेरोजगार थप्ने बाटो बनेको छ । योजनाविहीन ढंगले जनशक्ति उत्पादन गर्ने तर रोजगारीका लागि नयाँ बजार सिर्जना गर्न नसक्दा सीपयुक्त जनशक्ति पनि बेरोजगार हुने अवस्था आएको हो ।
एकातिर अस्पतालहरूमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार बिरामीको अनुपातमा नर्स पुगेका छैनन् भने अर्कोतिर तयार भएको जनशक्तिले काम पाएको छैन । भोलेनटियरका नाममा ठूलो संख्यामा नर्सले निःशुल्क काम गरिरहनुपरेको छ भने त्यतिकै संख्यामा काम पाएर पनि अत्यन्तै न्यून पारिश्रमिकमा श्रम बेच्नुपरिरहेको छ ।
आवश्यकता र बजार अध्ययन नगरीकनै जनशक्ति उत्पादन हुनु र जथाभावी सम्बन्धनले उत्पादित जनशक्ति गुणस्तरीय नहुनाले पनि नर्सहरू बेरोजगार हुने गरेको बताइन्छ ।

‘नर्सिङको बजार भए पनि त्यसमा सही प्रणाली नभएकाले यस क्षेत्रमा बेरोजगारी समस्या बढ्दै गएको हो,’ तुइतुई भन्छिन्, ‘केही गलत प्रणाली हटाउन सकेको खण्डमा नर्सिङ बेरोजगारी हटाउन सकिन्छ ।’

नेपाल नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार देशभर ८१ हजार ३ सय ३६ लाइसेन्सप्राप्त नर्स छन् । तीमध्ये १२ हजार सरकारी सेवामा, करिब १३ हजार निजी क्षेत्रमा र १० हजारहाराहारी विदेशमा छन् । त्यसबाहेक अधिकांश कामविहीन वा न्यून पारिश्रमिकमा काम गरिरहेका छन् ।

दर्ता भएका मध्ये केहीको मृत्यु भइसकेको वा केही सेवानिवृत्त भइसकेको भए पनि झन्डै ४० हजार नर्स बेरोजगार रहेको काउन्सिलका अधिकारीहरू स्विकार्छन् । नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार मुलुकभर जम्मा २४ हजारहाराहारीमा नर्स कार्यरत छन् ।

उत्पादनको अनुपातमा खपत हुन नसकेका कारण नर्सिङ बेरोजगारी बढेको हो । ‘सरकारले लागू गर्ने भनेको ‘एक विद्यालय, एक नर्स’ अवधारणा लागू गर्न सकेमा नर्सिङ बेरोजगारी केही हदसम्म हटाउन सकिन्छ,’ पोखरेल भन्छिन्, ‘अधिकांश नर्सलाई स्वयंसेवकको रूपमा राखिएको छ । कतिपयलाई थोरै तलबमा राखिएको र पैसा मागेमा उनीहरूलाई जागिरबाटै निकालिदिने गरेको समेत पाइएको छ ।’

एकजना नर्सले ६० जनासम्म बिरामीको रेखदेखमा खटिनुपर्ने हालको अवस्था र ठूलो संख्यामा स्वयंसेवक नर्सका रूपमा काम गराइएको विरोधमा एसोसिएसनले निरन्तर संघर्ष गर्ने पोखरेलले बताइन् ।
नर्सिङ रोजिएको, खोजिएको, रुचाइएको पेसा भएर पनि यस क्षेत्रमा विद्यमान गलत प्रणालीका कारण वर्तमानमा बेरोजगारी समस्या बढेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रोशनीलक्ष्मी तुईतुई बताउँछिन् । ‘नर्सिङको बजार भए पनि त्यसमा सही प्रणाली नभएकाले यस क्षेत्रमा बेरोजगारी समस्या बढ्दै गएको हो,’ तुइतुई भन्छिन्, ‘केही गलत प्रणाली हटाउन सकेको खण्डमा नर्सिङ बेरोजगारी हटाउन सकिन्छ ।’
काउन्सिलका अनुसार लाइसेन्सिङ परीक्षा सुरु भएदेखि (सन् २०१२) १ भदौ ०७५ सम्म ८१ हजार ३ सय ३६ नर्स काउन्सिलमा दर्ता भएका छन् । नेपालमा नर्सिङ पेसा गरिरहेका तर अस्थायी लाइसेन्स लिएका नर्सको संख्या ८ सय ३५ रहेको नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार बिन्दा घिमिरे बताउँछिन् ।

उत्पादनको अनुपातमा खपत हुन नसकेका कारण नर्सिङ बेरोजगारी बढेको हो । ‘सरकारले लागू गर्ने भनेको ‘एक विद्यालय, एक नर्स’ अवधारणा लागू गर्न सकेमा नर्सिङ बेरोजगारी केही हदसम्म हटाउन सकिन्छ,’ पोखरेल भन्छिन्,

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलले अहिलेको अवस्थामा सन् २०३० सम्मलाई पुग्ने नर्सिङ जनशक्ति उत्पादन भइसकेको प्रतिवेदन दिएको थियो । तर, प्रत्येक वर्ष ५ हजारभन्दा बढी नर्स थपिरहेका छन् । यो संख्या अनमी, र बिएससी नर्सिङसमेतको हो । हाल देशभर पिसिएल ११६, पिएसी ४६, बिएन ४०, स्नातकोत्तर तहको पढाइ हुने ८, पिएचडी पढाइ हुने १ (महाराजगन्ज) गरी जम्मा २११ वटा नर्सिङ कलेज सञ्चालनमा छन् ।

प्राविधिक शिक्षा तथा त्यसअन्तर्गतको नर्सिङमा वर्तमानमा बेरोजगारी समस्या व्याप्त छ । उत्पादन बढी हुनु, उत्पादिन जनशक्ति गुणस्तरीय नहुनु, योजनाविनै नर्सिङ कलेजलाई सम्बन्धन दिनुलगायत कारणले नर्सिङ क्षेत्रमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको काउन्सिलकी रजिस्ट्रार घिमिरेको तर्क छ । नर्सहरू स्वयंसेवकका रूपमा काम गर्न बाध्य छन् । सरकारी प्रणालीमा पर्याप्त जनशक्ति नथपिनु, निजीलाई पनि सरकारी मापदण्डअनुसार नर्स राख्न अनिवार्य नगर्नुलगायत कारणले समस्या हल हुन सकेको छैन ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ८ जना बिरामीका लागि एकजना नर्स हुनुपर्छ र आइसियु, पोस्टअपरेभिट वार्डमा १ नर्सले बढीमा २ जना मात्रै बिरामी हेर्नुपर्छ । अहिले धेरै अस्पतालमा १ नर्सले २२ देखि २५ बिरामी हेर्नुपर्छ । थोरै नर्सका भरमा सेवा दिन खोज्दा, बिरामीलाई पर्याप्त केयर नपुग्ने, अनावश्यक रूपमा अस्पतालजन्य संक्रमण बढ्ने, बिरामी र सेवाप्रदायकबीच राम्रो सम्बन्ध र विश्वास कायम हुन नसक्ने अवस्था आउने गरेको छ । यसले स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो असर परिरहेको छ ।

नेपालमा प्रत्येक वर्ष साढे ४ हजारहाराहारीमा नर्स थपिरहेको र १ हजार बाहिरबाट पढेर भित्रिने गरेको काउन्सिलका अधिकारीहरू बताउँछन् । उत्पादित जनशक्तिलाई नेपालमै रोजागारी दिन सरकारले कुनै नीति लिन नसकेको उनीहरूको तर्क छ । संघीयतासँगै स्वास्थ्यसंस्थामा दरबन्दी बढ्ने र उत्पादित जनशक्ति खपत हुने सरकारी अधिकारी बताउँछन् ।

नर्सिङ कलेज सञ्चालनका लागि
४० विद्यार्थी पढाउन १०० बेडको अस्पताल चाहिने नियम छ । ५० शय्याको अस्पताल भए पुग्ने २०६८ अघिको प्रावधानलाई परिर्वतन गरिएको हो । तर, अधिकांश कलेजका अस्पताल नाम मात्रैका छन् । धेरै कलेजले एउटै अस्पतालसँग सम्झौता गरेर शिक्षण अस्पतालका रूपमा राख्ने गरेका छन् । यसले एउटै अस्पतालमा धेरै नर्स इन्टर्नसिपमा जाने हुँदा बिरामी छुनै नपाउने अवस्था छ ।

नेपालमा प्रत्येक वर्ष साढे ४ हजारहाराहारीमा नर्स थपिरहेको र १ हजार बाहिरबाट पढेर भित्रिने गरेको काउन्सिलका अधिकारीहरू बताउँछन् । उत्पादित जनशक्तिलाई नेपालमै रोजागारी दिन सरकारले कुनै नीति लिन नसकेको उनीहरूको तर्क छ ।

बिदेसिने संख्या ठूलो
नेपालमा रोजगारी पाउन छाडेपछि विदेसिने नर्सको संख्या बढ्दो छ । अहिलेसम्म १० हजार ६ सय ८१ जना वैदेशिक रोजगारीमा गइसकेका छन् । कोही नेपालमा अवसर नपाएर बाहिरिएका छन् त कोही थप सुविधाको लोभमा, बिदेसिने संख्या दिन प्रतिदिन बढ्दो छ । यहाँ उत्पादित जनशक्तिले स्वदेशमै अवसर दिनुपर्ने तर्क नर्सहरूको छ । उनीहरू बिदेसिनबाट रोक्ने नीति ल्याउन ढिलो भइसकेको बताउँदै आएका छन् । सरकारले कलेजलाई नर्सिङ पढाउन सम्बन्धन दिनेदेखि नर्सलाई अवसर सिर्जना गर्नेसम्ममा स्वास्थ्य नीति बदल्न सके नेपालमा नर्सका लागि थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिने विज्ञहरू बताउँछन् ।

अस्पतालमा आवश्यकताअनुसार नर्सको दरबन्दी सिर्जना गर्ने तथा योग्यता र क्षमताअनुसारको उचित पारिश्रमिक दिन सकेको खण्डमा नर्सलाई बिदेसिनबाट रोक्न सकिने रजिस्ट्रार घिमिरे बताउँछिन् । ‘नर्सिङ पेसामा पनि शिक्षण गर्नेले राम्रै आम्दानी गर्छन् भने निजी अस्पतालमा काम गर्नेका हकमा यस्तो हुन सक्दैन,’ उनले भनिन्, ‘गुणस्तरमा सन्तुलन मिलाउन नर्सिङ शिक्षाका लागि कलेजले लिने प्रवेश परीक्षामै कडाइ गर्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त योग्य शिक्षक, पुस्तकालयको व्यवस्था, प्रयोगात्मक परीक्षाका लागि ८ विद्यार्थीबराबर एक शिक्षकको व्यवस्था, तथा पिसिएलस्तरमा सबै आधारभूत कुराको ज्ञानसमेत त्यत्तिकै आवश्यक हुन्छ ।’

नर्सिङ क्षेत्रलाई थप विकसित तथा परिमार्जन गर्नका लागि नेपाल नर्सिङ काउन्सिलले विशिष्टीकृत रजिस्ट्रेसन प्रणाली लागू गर्ने तयारी गरेको छ । उक्त प्रस्तावमा सरकारी रूपमा मान्यताप्राप्त अस्पतालमा मात्रै नर्सिङको प्रयोगात्मक परीक्षा गराउने उल्लेख गरिएको परिषद्ले जनाएको छ । जथाभावी सम्बन्धन बाँड्न बन्द गरेर नर्सिङ कलेजको संख्या बढाउनभन्दा भएका कलेजलाई व्यवस्थित बनाउनतिर लाग्न मन्त्रालयलाई विज्ञहरूको सुझाब छ ।

कसरी खोज्ने समाधान ?

नर्सिङको दायरा फराकिलो बन्दै छ । दायरा बढेसँगै नर्सिङमा रोजगारीको अवसरसमेत बढ्दै गएको छ । वर्तमानमा मागभन्दा बढी उत्पादन भए पनि यो अवस्था दीर्घकालीन रूपमा भने रहने देखिँदैन । मुलुक संघीयतामा गइसकेको अवस्थामा नर्सको माग अझै बढ्नेछ । सरकारले सुरु गरेको हरेक विद्यालयमा एकजना नर्स हुनैपर्ने ‘विद्यालय नर्स कार्यक्रम’लाई पूर्ण कार्यान्वयनमा लान सके देशभर करिब ३६ हजार नर्सलाई रोजगारीको अवसर मिल्नेछ ।

स्वास्थ्य मन्त्रालयले विद्यालयमार्फत बालबालिकाको आँखा, मिर्गौलाजस्ता अंगको परीक्षण एवं चेतना बढाउने सोच अगाडि सारेको थियो ।

बाल्यकालदेखि नै स्वस्थ ज्ञान र बानी प्रवद्र्धन गर्न सके मात्रै निरोगी बन्न व्यक्तिको पहल हुन सक्ने भन्दै सरकारले विद्यालयमा स्कुल नर्स अनिवार्य राख्ने कार्यक्रम अगाडि बढाएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग त्यससम्बन्धी सम्झौतासमेत गरेका थिए । यो निर्णय अगाडि बढाउने जिम्मा पाएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले त्यसमा चासो दिएको छैन ।
कार्यक्रमअनुसार सुरुमा निजी विद्यालयमा र क्रमशः सबै विद्यालयमा नर्स राख्ने सरकारको नीतिगत निर्णय छ । यसबाट ७ हजार निजी र अन्य सरकारी विद्यालयमा नर्स उपलब्ध हुनेछन् । स्कुल नर्सले बच्चाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने, विद्यालयमा हुने घाउचोटको प्राथमिक उपचार गर्ने र स्वस्थ खाना प्रवद्र्धनार्थ पहल गर्नेछन् ।

स्वास्थ्य मन्त्रालयले विद्यालयमार्फत बालबालिकाको आँखा, मिर्गौलाजस्ता अंगको परीक्षण एवं चेतना बढाउने सोच अगाडि सारेको थियो । स्कुल नर्सले नियमित पाठ्यक्रममा रहेको स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, परिवारनियोजन, महिनावारी, किशोरावस्थासम्बन्धी समस्या, सरसफाइ, खाना खाने तरिका, कम उमेरमा विवाह, सुरक्षित यौनव्यवहार र गर्भधारणको स्वास्थ्य जोखिमजस्ता स्वास्थ्यसँग सम्बन्धित विषयमा ज्ञान दिनेछन् ।

2 thoughts on “४० हजार नर्स बेरोजगार

  1. सरकारले जिम्मेबारी लिनुपर्यो! खालि का्यकर्तालाई नर्सिङ कलेजको लाइसेन्स बाडेर मात्र सरकारको जिम्बेवारी पुरा हुन्न।
    गगनले ल्याएको स्कूल नर्स अबधारणा लागु गर्न पर्यो। नर्सिङ्ग काउन।सिलले शिक्स्याको गुणस्तर बढाउन ध्यान दिनुपर्यो। जापान सरकारले 25 हजार नेपाली नर्सलाइ रोजगारि दिन तयार भएको थियो, कहा पुग्यो त्यो कुरा?
    हरेक स्थानिय सरकार अन्तरगत एक वडा तीन सामुदायिक नर्स को व्यवस्था गराउन नर्सिङ सङ्गठन् ले आन्दोलन गर्न सकि्न्छ। हामिलाइ यो सङ्ख्या धेरै लागेपनि उचित व्यबस्थापन गर्दा यो सङ्ख्या धेरै होइन जबकि सकेसम्म सबै बिदेसै जान खोजिरजेका छन।
    सान्धरभिक लेख को लागि रोशनि म्यामलाइ धन्यवाद!

  2. School ma rakhne ramro ho. Government hospital n nursing home ma retio anusar ko nurse rakhe ko chhaina vane school ma k ko anibarya garne?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय