खाद्यन्न, दूध र पानी उत्पादक ८ कम्पनीमा सिलबन्दी

लक्ष्मी चौलागाईं
प्रकाशित
२०७५ भदौ १३ गते १८:२२

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुको उत्पादन तथा बिक्री–वितरण गर्ने ८ कम्पनीमा सिलबन्दी गरेको छ । पर्सा, बारा र हेटौँडामा सञ्चालित ती कम्पनीले उत्पादन गरेका खाद्य वस्तु न्यून गुणस्तरका पाइएकाले
सिलबन्दी गरेको विभागले जनाएको छ ।

वीरगन्ज महानगरपालिका–१० मा रहेको आयुष प्रोडक्ट्स, वीरगन्ज–१५ मा रहेको मन्जु फुड एन्ड न्युट्रिसियस उद्योग र बोलबम प्योर ड्रिंकिङ वाटर गरी पर्साका तीन उद्योगमा सिलबन्दी गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

हेटौँडा–८ को वेभरेज प्रालि, हेटौँडा–९ का शुभ वेभरेज प्रालि र नेचुरल वेभरेजमा विभागले सिलबन्दी गरेको हो ।

त्यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ मा रहेको वीरगन्ज फुड इन्डस्ट्रिज प्रालिमा पनि विभागले सिलबन्दी गरेको छ । कम्पनीले पिउनेपानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ को पालना नगरेको विभागले जनाएको छ । बाराकै पर्साेनीमा रहेको मिल्क फुड डेरी प्रडक्ट्सले उत्पादन कक्ष फोहोर र दुर्गन्धित बनाएको, डेरी घ्युमा मिसावट गरेको र खाद्य अनुज्ञापत्र नलिई सञ्चालन गरेको भन्दै विभागले कम्पनीमा सिलबन्दी गरेको छ ।

त्यसैगरी, मकवानपुरका तीन खाद्यान्न उत्पादन कम्पनी सिलबन्दीमा परेका छन् । हेटौँडा–८ को वेभरेज प्रालि, हेटौँडा–९ का शुभ वेभरेज प्रालि र नेचुरल वेभरेजमा विभागले सिलबन्दी गरेको हो । यसअघि पनि विभागले विभिन्न कम्पनीको अनुगमन गरी दोषी पाइएका कम्पनीमा सिलबन्दी गर्दै आएको छ ।

विभागले गरेको एक अनुसन्धानले बजारमा उपलब्ध खाद्य वस्तुमध्ये करिब करिब १४ प्रतिशत मात्रै गुणस्तरहीन तथा मिसावटयुक्त रहेको देखाएको छ । यसको अर्थ १०० खाद्य वस्तुमा ८६ वस्तु खान योग्य छन् भन्ने हो ।

विभागले आगामी दिनमा प्राथमिकताका आधारमा खाद्यान्नको अनुगमन गर्ने योजना बनाएको छ । पानी, दूध, तेललगायत खाद्य वस्तुको गुणस्तर सुधारका साथै होटेल तथा रेस्टुरेन्टको स्तरीकरण गर्ने कामलाई विभागले मिसनका रुपमा अगाडि बढाएको वस्तीको दाबी छ ।

चाडपर्वका समयमा खाद्य वस्तुको माग अन्य समयभन्दा बढी हुने गरेकाले विभागले जति सक्दो छिटो चाडपर्वलक्षित अनुगमन गर्ने तयारी गरिरहेको वस्ती बताउँछन् । चाडपर्वको समयमा खाद्य पदार्थको माग अत्यधिक हुने र यही समयमा कालाबजारी बढी हुने भएकाले विभागले प्रत्येक वर्ष चाडपर्वको मुखमा अनुगमन गर्ने गरेको छ ।

विभागले गरेको एक अनुसन्धानले बजारमा उपलब्ध खाद्य वस्तुमध्ये करिब करिब १४ प्रतिशत मात्रै गुणस्तरहीन तथा मिसावटयुक्त रहेको देखाएको छ । यसको अर्थ १०० खाद्य वस्तुमा ८६ वस्तु खान योग्य छन् भन्ने हो ।

सिलबन्दीमा परेका उद्योगहरुले कमजोर पक्षमा सुधार गरेमा पुनः सञ्चालनमा आउन पाउने कानुनी व्यवस्था छ । तोकिएको मापदण्ड पूरा गरेपश्चात् त्यस्ता उद्योगहरु पुनः सञ्चालनमा आउँछन् । गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीहरुमाथि बढीमा ५ वर्षको कैद सजाय तथा ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय