भदौ १६ देखि देशभरका चिकित्सकले सेवा नदिने

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ १२ गते २०:२८

मुलुकी ऐन अपराधसंहिताको व्यवस्था सच्याउन सरकार संवेदनशील नभएको भन्दै नेपाल चिकित्सक संघले १६ भदौदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
संघले विभिन्न शाखा अध्यक्ष तथा सचिव, अस्पताल निर्देशकलगायतको परामर्शपछि आन्दोलनमा जाने निर्णय गरेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । घोषित कार्यक्रमअनुसार चिकित्सकहरुले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) र एप्रोन काउन्सिलमा बुझाउने श्रेष्ठले बताए । काउन्सिलमा प्रमाणपत्र फिर्ता गरेसँगै सेवा स्वतः अवरुद्ध हुन्छ ।

संघले बन्द नभनीकनै प्रमाणपत्र बुझाउन सदस्यहरुलाई आह्वान गरेको छ । प्रमाणपत्रविना चिकित्सकले सेवाप्रवाह गर्न नसक्ने भएकाले स्वतः सेवा रोकिने संघको बुझाइ छ । संघका अध्यक्ष श्रेष्ठले देशभरका शाखाहरुबाट एप्रोन र लाइसेन्स संकलन भइरहेको समेत जानकारी दिए ।

अघिल्ला आन्दोलनमा बन्दको समर्थन नगर्ने भन्दै अवज्ञा गर्दै आएका नेकपानिकट चिकित्सकहरुले समेत यो आन्दोनलमा साथ दिने अध्यक्ष श्रेष्ठको भनाइ छ । संघले १ भदौदेखि लागू भएको मुलुकी ऐन, मुलुकी अपराधसंहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा तत्काल संशोधनको माग गर्दै आएको छ । यसअघि संघले सरकारको आस्वासनमा १५ भदौसम्मका लागि आन्दोलन स्थगित गरेको थियो ।

One thought on “भदौ १६ देखि देशभरका चिकित्सकले सेवा नदिने

Leave a Reply to Mr.Manoj kuma Thakur Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय