सत्याग्रहका सर्त

डा.जीवन क्षेत्री
प्रकाशित
२०७५ भदौ १० गते ७:४४

‘हामी दुई छाक नखाँदा लल्याकलुलुक हुन्छौँ, तर डा. केसी तीन हप्ता भोकै बसेर पनि जिन्दावाद भनेर जंगिँदै पाखुरा सुर्कन्छन् ।’
अलिकति नाटक र अलिकति अविश्वासपूर्वक नेकपाका एक नेताले हालै एउटा टेलिभिजन अन्तर्वार्तामा भने । साथमा रहेको मैले प्रतिवाद गरिनँ, किनकि यो उनलाई दुई हरफमा बुझाउन सकिने कुरा थिएन र उनी त्यसरी बुझाइन योग्य मानिस पनि थिएनन् ।

तर, आमनागरिकमा पनि डा. गोविन्द केसीका हरेक सत्याग्रहमा यति दिनको भोक बूढो ज्यानले कसरी धान्छ भन्ने प्रश्न उठिरहन्छ । र, हरेकपल्ट कतै ज्यानले नधानेर केही तलमाथि भइहाल्छ कि भनेर चिन्तित मुद्रामा गरिएका दर्जनौँ फोन हामीले उठाउनुपर्छ । ती फोन वार्तामा पनि यो विषयमा विस्तारमा जान सम्भव हुँदैन । त्यसैले यो आमजिज्ञासाका विषयमा यो लेखमा चर्चा गरिनेछ ।
व्यक्तिको ज्यान रातारात हप्तौँको भोक धान्ने बन्न सक्दैन । ज्यानले नधानेसम्म मन बलियो भएर पनि पुग्दैन । त्यसैले हप्तौँको सत्याग्रहका लागि मनका साथसाथै शरीरलाई पनि कठोर अभ्यास वा तालिम दिनुपर्ने हुन्छ ।

डा. केसीका कुरा गर्दा, पहिलो अनशनअघि महिनौँसम्म उहाँले अनशनका लागि अभ्यास गर्नुहुन्थ्यो । त्यसका लागि धेरै दिनसम्म कोकाकोला र पानी मात्रै पिएर बस्ने तथा महिनौँसम्म भातको सट्टा हल्का खाना खाने गर्नुहुन्थ्यो ।

डा. केसीका कुरा गर्दा, पहिलो अनशनअघि महिनौँसम्म उहाँले अनशनका लागि अभ्यास गर्नुहुन्थ्यो । त्यसका लागि धेरै दिनसम्म कोकाकोला र पानी मात्रै पिएर बस्ने तथा महिनौँसम्म भातको सट्टा हल्का खाना खाने गर्नुहुन्थ्यो । त्यसो गर्दा शरीर कम क्यालोरीमा बाँच्न र खानाको सट्टा शरीरमा संगृहीत बोसो र प्रोटिन भण्डारबाट ऊर्जा लिन अभ्यस्त हुन पुग्छ । साथै, त्यो भोकको मानसिक आयाम र खालीपेटमा आउने ग्यास्ट्राइटिसजस्ता समस्यासित जुध्ने र तिनलाई जित्ने अभ्यास पनि हुन्छ ।

तर पनि पहिलो अनशनको चार दिन पुग्दानपुग्दै डा. केसीको ज्यान असाध्यै गलेको थियो । त्यसपछि अनशनको शृंखला अपेक्षित भयो र अनशनहरूको बीचमा पनि उहाँले अभ्यास कायमै राख्नुभयो । शरीर खाना मिल्ने र नमिल्ने चक्रसँग अभ्यस्त हुँदै गयो ।

फलस्वरूप अनशन अवधि लम्बिँदै जाँदा पनि शरीरले धान्दै गयो । तर, त्यसको अर्थ अनशनका क्रममा शारीरिक समस्या नआउने भन्ने पटक्कै थिएन । अहिलेसम्मका अनशनमध्ये सबैभन्दा सकसपूर्ण २०७० पुस २७ देखि माघ १० सम्म चलेको तेस्रो अनशन भएको थियो । त्यतिखेर होस पूरै हराउने अवस्था आउन लाग्दा मात्रै सम्झौता भएर सत्याग्रह तोडिएको थियो ।

अनशनको सबैभन्दा पीडादायी पाटोचाहिँ सलाइन दिनका लागि लगाइने सुई हो । बारम्बार सुईले घोचेपछि घोचेको घाउपिच्छे रक्तनलीमा संक्रमण र इन्फ्ल्यामेसन (थ्रोम्बोफ्लेबाइटिस) हुने गर्छ, जसले असह्य पीडा गराउँछ र सिंगो पाखुरा सुन्निने गर्छ ।

०७३ को आठौँ अनशनतिरबाट चाहिँ मुटुको चालमा अनियमितताको समस्या सुरु भयो । त्यसपछि यो समस्या पटक–पटक देखा परेको थियो र अनशन छाडेपछिको लामो समयसम्म समेत कायम रहने गरेको थियो । अनशनको शृंखला लम्बिएसँगै मुटुको चालमा गम्भीर अनियमितता (एरिद्मिया)को जोखिम झनै बढ्दै गएको छ ।

तर, अनशनको सबैभन्दा पीडादायी पाटोचाहिँ सलाइन दिनका लागि लगाइने सुई हो । बारम्बार सुईले घोचेपछि घोचेको घाउपिच्छे रक्तनलीमा संक्रमण र इन्फ्ल्यामेसन (थ्रोम्बोफ्लेबाइटिस) हुने गर्छ, जसले असह्य पीडा गराउँछ र सिंगो पाखुरा सुन्निने गर्छ । अरू बिरामीमा पनि लामो समय सुई लगायो भने यस्ता समस्या आउँछन्, तर त्यति लामो समयसम्म मुखबाट केही नखाई सुईबाट सलाइन मात्रै लिने बिरामी बिरलै हुने गर्छन् । रक्तनलीको यस्तै जटिलता रोक्नका लागि क्यान्सरका कारण घाँटीबाट निल्न असम्भव भएका बिरामीलाई समेत पेटमा प्वाल पारेर खाद्यनलीको कुनै भागबाट झोल खानेकुरा आपूर्ति गर्ने गरिन्छ ।

त्यसैले सलाइन लिएर बस्ने डा. केसी मात्रै नभई कुनै पनि सत्याग्रही आरामले बाँचिहाल्छन् भन्ने धेरै मानिसको धारणा गलत हो । प्रकृतिले खाना पचाउनका लागि भनेर दिएको खाद्यनलीको विकल्पका रूपमा वैज्ञानिकहरूले नसाबाट दिने जस्तोसुकै पोषक तत्व (त्यसको उच्चतम रूपलाई टिपिएन वा टोटल प्यारेन्टेरल न्युट्रिसन भनिन्छ) आविष्कार गरे पनि त्यो मुखबाट खाने खानासित तुलनायोग्य हुँदैन । बरु आन्द्राबाट अड्कलेर रगतमा सोसिने पदार्थहरू एकैसाथ धेरै मात्रामा रगतमा परे भने त्यसैका कारण मानिसको मृत्यु हुन सक्छ ।

अर्कातिर डा. केसीझैँ सलाइनमा रहेको नुनपानीबाहेक केही नलिने मानिसको शरीरमा त रगतमा हुनुपर्ने दर्जनौँथरि तत्व त्यहाँबाट रित्तिँदै गएपछि शरीरका कोषहरूबाट बाहिरिएर रगतमा मिसिएर निश्चित समय ज्यान धान्न सघाउँछन् । तर त्यो प्रक्रियाको सीमामा पुगेपछि विद्युतीय गतिविधि रहने मुटु र स्नायु प्रणाली गम्भीर जोखिममा पर्छन् र मानिसको ज्यान खतरामा पर्छ ।

उसो भए सत्याग्रह गर्न चाहने जोकसैका लागि शरीरको यस्तो सीमा प्रमुख चुनौती हो त ? होइन । किनभने, प्रकृतिले हामीलाई यस्तो बनाइदिएको छ कि, शरीरको त्यस्तो सीमामा पुग्नुभन्दा धेरै अगाडि मस्तिष्कका भोक र तिर्खा नियन्त्रण गर्ने केन्द्रहरूले मानिसलाई छटपटी हुने अवस्थामा पु¥याइदिन्छन् र मानिसले त्यो अवस्था सहन गर्नै सक्दैन र जसरी पनि खाएरै छाड्छ । जसले कठोर साधनाद्वारा मस्तिष्कका भोक र तिर्खा लाग्ने केन्द्रहरूलाई विचार र विवेक बोक्ने केन्द्रहरूको अधीनस्थ गर्न सकेका छन्, उनीहरूका लागि मात्र त्यस्तो अनशन बस्न सम्भव हुन्छ ।

हिउँद–बर्खा केही नभनी रात–दिन देश–विदेशका कुनाकाप्चामा खट्दा ती यात्राले डा. केसीको शरीर र मनोबल दुवैलाई इस्पातजस्तो बनाइदिएका छन्, झटपट नगल्ने, प्रतिकूलतासित जुध्ने र अभाव झेल्ने ।

उसो भए के साधना र मानसिक सबलता नै डा. केसीको जस्तो सत्याग्रहका लागि काफी छन् त ? छैनन् । डा. केसीकै उदाहरण हेरौँ ः

३० वर्षहाराहारीका हामी तीन युवा मुक्तिनाथतर्फको ठाडो बाटो हुँदै थोराङघाँटी पार गर्दा झन्डै अचेत भएका थियौँ, दुईपटक फर्कने तय गरेर पनि मुस्किलले थोराङ हुँदै मनाङपट्टिको हाइक्याम्पमा पुगेर बसेका थियौँ । त्यस रात टाउको पटपटी दुखेर फुट्लाजस्तो भएर चक्की औषधिले काम नगरेपछि मैले आफैँलाई नदुख्ने औषधिको सुई हान्नुपरेको थियो । तर, ६० वर्ष काटेका डा. केसी अहिले पनि औषधिको भारी बोकेर बिहान मुक्तिनाथबाट हिँड्यो भने सहजै उपल्लो मनाङ पुगेर वास बस्नुहुन्छ, त्यो पनि ज्यानै गलाउने दुई अनशनको बीचको समयमा ।

सगरमाथा आधारशिविर जाँदा त अरूले दुई वा तीन दिनको भनेको बाटो एकै दिनमा पुगेको उहाँको अनुभव छ । अप्रेसनको पालो परेको दिन १२ घण्टासम्म अप्रेसन कक्षमा अनवरत उभिएर निकै बल लगाउनुपर्ने अर्थोपेडिक अप्रेसनहरू गर्नु उहाँको दैनिकी हो ।

हिउँद–बर्खा केही नभनी रात–दिन देश–विदेशका कुनाकाप्चामा खट्दा ती यात्राले डा. केसीको शरीर र मनोबल दुवैलाई इस्पातजस्तो बनाइदिएका छन्, झटपट नगल्ने, प्रतिकूलतासित जुध्ने र अभाव झेल्ने ।

शरीरको यस्तो सबलता र अतुलनीय आत्मबलको मेलविना डा. केसीको जस्तो लामो अनशन बस्नु असम्भव हुन्छ । डा. केसीसित रिस उठेर बदलामा ‘म पनि आमरण अनशन बसिदिन्छु’ भनेर घुक्र्याउनेहरूले विचार पुर्याऊन्, अनशन बस्न सजिलो छैन ।

सत्याग्रहको पहिलो र अन्तिम सर्तचाहिँ सत्यका लागि ज्यान होम्ने इच्छाशक्ति हो । त्योविना न मन सत्याग्रहका लागि तयार हुन्छ, न त शरीर त्यसका लागि सक्षम नै ।

www.jiwankshetry.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय